Air Ticketing in Nepal Contact to Merosindhu.com

पिपलडांडा

पिपलडाँडा

पिपलडाँडा गाविस जिल्ला सदरमुकाबाट नजिकै पर्ने गाविस हो । जिल्ला सदरमुकाबाट १ कोष टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १३.४ वर्ग किलोमिटर छ । गाविसको पूर्वमा चौतारा, पश्चिममा कुन्चोक, उत्तरमा बतासे, स्याउले र दक्षिणमा सानुसिरुबारी गाविस पर्दछ । चौतारा थुम अन्तर्गत पर्ने यस गाविसमा अधिकांश क्षेत्रहरुको बसोबास छ । यस गाविसमा चिसो हावापानी पाइन्छ । यस गाविसमा शिक्षा स्वास्थ्य यातायात खानेपानी विद्यतुको राम्रो सुविधा छ । यस गाविसको प्रमुख कृषि उत्पादन धान मकै तथा कोदो हो । नगदे बालीमा पनि यस गाविसका मानिसहरुको खुबै रुचि भएको पाइन्छ । सिन्धुपाल्चोकमा नै निकै प्रसिद्ध गौरती भीमेश्वर मन्दिर यसै गाविसमा पर्दछ जसले धार्मिक केन्द्रको प्रसिद्धतालाई वर्णन गर्दछ । निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यस गाविसमा २०५८ सालको जनगणनामा कुल ७५४ घरपरिवार मध्ये जनसंख्या ३९०१ थियो ।

प्रतिक्रियाहरु

Ramro lagyo gaurati bhimsen ko barema lekhekoma................

- bishal lama : pipaldanda,gaurati

आफ्नो ठाउँको बारेमा गहिरो जानकारी पाएको सार्है खुसि लाग्यो sindhu.com लाई धेरै धेरै धन्यवाद /

- Bishal Lama : Pipaldanda-7,Gaurati

नगर पालिका भए पछि पनि गा.वि.स. भनि उल्लेख गरि रहने अबत नगरपालिका भनि सम्बाएधन गर्नु पर्‍यो नि

- Rajan Bhandari : sindhupalchok Pipaldanda


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।

verification image, type it in the box

 

सम्वन्धित समाचारहरु