Air Ticketing in Nepal Contact to Merosindhu.com

थकनी

थकनी

थकनी गाविस जिल्लाको पश्चिम भेगमा पर्दछ । जिल्ला सदरमुकामबाट १० कोष दुरी टाढा भएपनि राजधानी काठमाडौबाट नजिकै पर्दछ । यस गाविसले १९.१५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । थकनीको पूर्वमा सिन्धुकोट पश्चिममा काठमाडौ जिल्ला उत्तरमा महांकाल तालामाराङ र दक्षिणमा हैबुङ गाविस पर्दछ ।सिन्धु थुम अन्तर्गत यस गाविसमा औसत हावापानी पाइन्छ । गाविसको अधिकांश भूभागमा टारी फाँट भएका कारण यहाँ मानिसहरु व्यावसायीक कृषिमा व्यस्थ हुने गर्दछन् । व्यावसायीक धान उत्पादन मकै तथा गहुँ उत्पादन यहाँको प्रमुख कृषि उत्पादन हो । यस गाविसमा तामाङ जातिहरुको बाक्लो बसोबास छ ।वि.सं. २०५८ सालको जनगणना अनुसार थकनी गाविसमा ७९४ घरपरिवार मध्ये कुल जनसंख्या ३७८८ छ ।

प्रतिक्रियाहरु

थकनी सबै बासिन्दाहरूको साझा गा.वि.स. हो ।कसैले पनि दाबी नगरोस मेरो हो भनेर ।थकनी बासीको सबैको समान हक,अधिकार,पहुॅच छ कोही कसैले कसैको अधिकार र अभिमतको अवज्ञ नगरियोस ।

- kamal lama : thakani 8 palchen

"जननी जन्मभुमिश्च स्वर्गदपी गरियसी" भनेझै आफ्नो जीवनको प्रारम्भमा प्रथम पटक धर्तीमा पाईला टेक्न सफल र उकाली ओराली भञ्ज्याङ चौतारी,लेक,बेसी,घाॅसपात,गोठालो र विद्ध्यालय आउजाउ गरेको ठाॅऊको स्मरण गर्न चहान्छु। यस गा.वि.स. ले भावी दिनहरूमा उत्तरोतर प्रगतिको कामना गर्दै आम थकनी बासीको सेवा,सुविधा र पहुॅच सबै दृष्टिले सवैको प्रशानिक सेवा लिन सहज होस अनि कसैको व्यक्तिगत स्वार्थलाई स्थान दिई आम गाविस बासीको मौलिक तथा नैसर्गिक अभिमतलाई इन्कार नगरियोस भन्न चहान्छु ।

- कमल लामा : थकनी -8,पाल्चेन,सिन्धुपाल्चोक।

malai 1damai khushi lagyo afno gau thauko janakari pauda dhanyabad hamro yo mero sindhu karyakramlai

- jit bahadur tamang : united arab emites

Thakani vdc ko jankari pauda dherai khusi lagyo.Aafno janma thalo bhayekole Thakan,sano musure ko yaad aaunchha tara ktm ko najik bhaye pani suchanako pahunch jadai com bhaye josto lagchha.

- shiva bdr. bhattarai : Thakani 3 sano musure

ma thakani ko bashinta ho. thakani ma machhe mareko kehi leken kina hola ?

- neema dorje lama : thakani


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।

verification image, type it in the box