Air Ticketing in Nepal Contact to Merosindhu.com

ठोकर्पा

ठोकर्पा

सिन्धुपाल्चोक जिल्लाको ७९ गाउँ विकास समिति मध्ये ठोकर्पा एक चर्चित गाउँ विकास समिति हो । यसको पूर्वमा लिसंखु र काभ्रेपलाञ्चोक जिल्लाको वेखसिम्ले गा‍.वि.स. पर्दछ भने पश्चिममा कालिका गाँउ विकास समिति पर्दछ । उत्तरमा अधिकांश भाग कालिका र केहि भाग सुनखानी गाविस पर्दछ । दक्षिण तर्फ काभ्रेपलाल्चोक जिल्लाको वेखसिम्ले, सिम्थली, चौवास र सापिङ गा.वि.स. पर्दछ । 

भौगोलिक हिसाबले अधिकांश भाग भिरालो छ । समुन्द्र् सतहबाट ७०० मी. देखि १८०० मीटरसम्म उचाइमा फैलिएको यस गाँउ विकास समितिको सवैभन्दा अग्लो स्थान गोगने डाँडा हो । धान गहुँ मकै कोदो फापर आलु लसुन प्याज लगायतका थुप्रै प्रकारका नगदे तथा अन्न बाली उत्पादन हुने यस गाविसको धान खेतीयोग्य फाँटहरुमा महाकालबेसी डुँडेवसी ढाँडेवेसी सिम्लेवेसी पर्दछन् । कृषिमा नै निर्भर अधिकांश जनतालाई वर्षको ९ महिना भन्दा बढी समयलाई आफ्नै कमाइले खान पुग्दछ ।

यहाँ बाहुन क्षेत्री दमाई कामी पहरी तामाङ सार्कीको आदिको बसोवास रहेको छ । हिन्दुहरुको बाहुल्यता रहेको यस गाविसमा बौद्ध तथा इसाईहरुको पनि उपस्थिति राम्रै पाइन्छ । तीनवटा प्राथमिक एक मावि, एक उच्च मावि र एक सामुदायिक क्याम्पस रहेको यस गाविसमा निजी स्तरबाट २ बॊडिङ स्कुल पनि संचालन भइरहेका छन् । २०५८ को जनगणनाअनुसार ६४ प्रतिशत साक्षरता रहेको यस गाविसमा विद्यालय जाने छोराको संख्याभन्दा छोरीको संख्या बढी रहेको ।

जिल्ला प्रमुख आयुर्वेद औषधालय तथा एक उप-स्वास्थ्य चौकी रहेको यस गाउँमा निजीस्तरका ४ भन्दा बढी मेडिकल संचालन भइरहेका छन् ।गाउँ विकास समितिको नौ वडामा विद्युत सेवा पुगेको छ भने धरातलीय उचाइले गर्दा संचारको सुविधामा ताररहित संचारमाध्यम राम्ररी चलेका छन् । सार्वजनिक टेलिफोन सेवाको रुपमा ठोकर्पा-२ मिलडाँडामा दुर-संचारको सार्वजानिक टेलिफोन सेवा उपलब्ध छ ।

चेहेरे ठोकर्पा मोटरबाटो सुनकोशी नदीपारी २०५४ सालदेखि संचालनमा आइरहेको छ । ग्रावेल समेत नभएको धुले १४ किमी बाटो वर्षका ३ महिना बाहेक बाँकी ९ महिना मोटर संचालन हुन्छ। अरनिको यातायात सेवा समितिले काठमाडौबाट ठोकर्पासम्म सिधै बस सेवा संचालनमा ल्याएको छ। गाविसको अधिकांस टोलमा शाखा बाटो खनिएको छ । ठोकर्पालाई राजधानीसँग छोटो दुरीमा यातायात संचालनमा ल्याउन साँगाचोकको सुकुटेमा सुनकोशी नदीमाथि पुल निर्माण भईरहकेको छ।

बाघभैरव, महांकाल थान र स्थानीय देवीका थुप्रै मठमन्दिर रहेको यस गाविसमा सीताको पैतालाको पाइला रहेको विश्वास रहेको ठुलो ढुंगाले कालिका र ठोकर्पालाई छुट्याउँछ । वर्षेनी तीजमा बाघभैरवको मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । धान्यपुर्णिमा, नागपञ्चमी र चण्डीपूर्णिमा गरी वर्षको तीन  पटक मेला लाग्ने महांकाली माइको मन्दिरमा देवीको पुजा हुने गर्दछ । यस मन्दिरमा महिलालाई प्रवेश निषेध गरिएको छ ।

सामुदायिक वनको क्षेत्रमा विश्वमा नै प्रसिद्ध ठोकर्पा हरियो वनले घेरिएको छ । नेपालको पहिलो सामुदायिक वन हेर्न र यसबाट वनसंरक्षणका नयाँ नयाँ  तरिका सिक्न यहाँ थुप्रै ठाउँबाट मानिसहरु आउने गर्दछन् ।

(२०६७ फागुनमा सम्पादित)

प्रतिक्रियाहरु

ठोकर्पा काे बारेमा माथी उल्लेखित कुराहरु मलाइ एकदमै मन पर्याे ।

- हरिराम न्यौपाने : ठोकर्पा-२ सिन्धुपाल्चोक

mathi ullekhit anuchchhed maddhye chautho anuchchhed ma swasthya sambandhi anuchchhedma bigat 5 barsa dekhi nirantar swasthya sambandhi bibidh siwir haru sanchalan gardai aayeko hamro yes JAVEA samudayik swasthya kendra ko pani ullekhit gariyos www.javea-in-nepal.org.uk

- sitaram timalsina(Jack) : thokarpa-3

sachai thokarpa ek ramro thau ho.pakriti ko kaagh ma hamro thokarpa raheko cha.me jamne ko thau mali sarai pyro lacgha ani yo thau ma ma kehi naya garna chahanchu.

- saroj neupane : thokarpa-4 tinchaure


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।

verification image, type it in the box