Air Ticketing in Nepal Contact to Merosindhu.com

राष्ट्रिय समाचार

गुगलको क्रिसमस लोगोमा नेपालको चित्र

2010-12-24 04:05:09 | मेरो सिन्धु

काठमाडौँ- गुगलले क्रिसमसको लागि राखेको नयाँ लोगो गुगल डुडलका १७ वटा अमूर्त चित्रमा नेपालको पनि एउटा चित्र छ। दैनिक करोडौँले इन्टरनेटमा सामाग्री खोज्न प्रयोग गर्ने विश्वको सबैभन्दा चल्तीको सर्च इन्जिन गुगलको होमपेजमा बौद्ध गुम्बाअघि हाँस्दै गाइरहेका तीन महिला देख्न सकिन्छ।

सो चित्रमा क्लिक गरेपछि गुगलले नेपाल खोज्न थाल्छ।

माइकल लोपेजले अन्य चार चित्रकारहरुसँग मिलेर २५० घण्टा लगाएर गुगल डुडलका यी १७ वटा चित्र तयार पारेका हुन्।

चित्रहरुमा जापानको माउन्ट फुजी, चीनको ग्रेटवाल, भारतीय नृत्य शैलि, सहारा मरुभूमि, सिड्नीको हार्बर ब्रिज समेत रहेका छन्।
- nagariknews


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box