Air Ticketing in Nepal Contact to Merosindhu.com

खोज तथा रिपोर्ट

हेलम्बुका स्याउ अब इतिहासमात्र

2010-12-09 23:12:21 | मेरो सिन्धु

राम केसी
हेलम्बु २४ मंसीर
एकताका चर्चाको शिखरमा पुगेको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसको स्याउ रोगका कारण निमिटयान्न भएपछि पहिलेकै अवस्थामा पुर्‍याउन किसान लागिपरे पनि विभिन्न कठिनाइका कारण उनीहरूको मेहनत पुनः असफल हुँदै गइरहेको छ।

प्रतिकूल हावापानी, औषधि उपचारको कमी, उचित हेरचाह र प्राविधिक ज्ञानको अभावले गर्दा किसान असफल हुँदै गइरहेका हुन्।

दुइ दशक अघिसम्म हेलम्बुको स्याउ देशभर चर्चित थियो । तर, उत्पादन हुन थालेको केही वर्षछि स्याउको बोटमा झयाउ लागेपछि त्यसको रोकथाम हुन नसकी सखाप भएको थियो । ऋण गरेर त्यहाँका किसानले भारतको काश्मिरबाट झिकाएका स्याउका बिरुवा छोटो अवधिमै सबै मरेपछि उनीहरू ऋण तिर्नसमेत नसक्दा मर्माहत भएका थिए ।

एकपटक चर्चा कमाएको स्याउ खेतीलाई केही वर्षो विश्रामपछि फेरि जगाउन विगत ६/७ वर्षेखि किसान सक्रिय भएका छन् । किसानले स्याउका लागि चर्चित भारतका मनाली, काश्मिर तथा हिमाञ्चल प्रदेशबाट ल्याएका रोयल गोल्डेन जातका करिब १५ हजार स्याउका बिरुवा लगाएका छन् । त्यसमध्ये तीन हजार बिरुवाका लागि रु एक लाख अनुदान उपलब्ध गराएको गाविसका पर्ूवअध्यक्ष पासाङ शर्ेपा बताउनुहुन्छ ।

स्वदेशी बिरुवाबाट फल नलाग्ने साथै काश्मिरको स्याउ बढी मीठो हुने भएकाले उतैबाट बिरुवा झिकाएको शेर्पाको कथन छ । शेर्पाका अनुसार वडा नं २ को घ्याङ्गुल गाउँमा शतप्रतिशत र वडा नं ६ को मेलाम्चे घ्याङ तथा नाखोते गाउँमा ८० प्रतिशत बिरुवा लगाइएको छ । वडा नं ३ को सेतीघ्याङमा ५० प्रतिशत, वडा नं ४ र ५ को तार्के घ्याङ, वडा नं ७ को र्सकथली र वडा नं ९ मा समेत केही बिरुवा रोपिएका छन् ।

त्यहाँका किसानलाई स्याउको बिरुवा खरिद गर्न दुई वर्षसम्म मेलम्ची खानेपानी आयोजनाको सामाजिक उत्थान कार्यक्रम (सुप)ले पनि रु एक लाख अनुदान दिएको गाविस सचिव नारायणप्रसाद पौडेल बताउनुहुन्छ।

यस वर्षसिमितरुपमा स्याउ उत्पादन भए पनि बिरुवाको अवस्था दयनीय भएको उहाँको भनाइ छ ।

माटोमा अम्लीयपन बढी भएकाले विगत तीन वर्षेखि बिरुवाको पात डढ्ने र पहोलो हुनेजस्ता रोग देखापरेकाले माटो परीक्षणका साथै प्राविधिक आवश्यक रहेको किसानको माग रहेको छ ।

सो गाविसका अधिकांश व्यक्तिहरू गाउँबाट पलायन भएका कारणले पनि स्याउ खेतीलाई असर पुर्‍याएको छ । कतिपय काठमाडौँको बौद्धमा घरजम गरेर बसेका छन् भने प्रायःजसो युवायुवती युरोप, अमेरिका, क्यानाडा तथा खाडी राष्ट्रमा रोजगारीका लागि जाने गरेका छन् । यहाँ गरिब किसान, वृद्धवृद्धा र बालबालिकाको मात्र बसोवास हुने गरेकाले स्याउको बिरुवाले आवश्यक गोडमेल, औषधि उपचार र स्याहार नपाएकाले बिरुवा फस्टाउन नसकेको आशङ्का गरिएको छ ।

सबै विदेश पलायन भएकाले घर फर्केका बेलामा मात्र यहाँका युवायुवती देख्न पाइने डेढ दशकदेखि सो गाविसमा कार्यरत गाविस सचिव पौडेलले आफ्नो अनुभव सुनाउनुहुन्छ ।

किसानले स्याउ खेतीका लागि मरिमेटे पनि बढी पानी पर्ने हुँदा जिल्ला कृषि विकास कार्यालयले सो ठाउँमा स्याउको बिरुवा लगाउन सिफारिस नगरेको प्राविधिक सहायक हेमबहादुर आलेमगरले बताउनुभयो ।

असारदेखि नै निरन्तर पानी परिरहने हुँदा हावापानी उपयुक्त देखिँदैन । त्यसैले स्याउका बोट नफस्टाउने, पात पहोलो हुने र नबढ्ने हुँदा स्याउ लगाउन सिफारिस नगरेको आलेको कथन छ । हावापानीको दृष्टिले सो गाविस आलुखेतीका लागि उपयुक्त भएकाले किसान आलु खेतीतर्फसक्रिय भए फाइदा लिनुका साथै आलुको बीउ उत्पादन केन्द्रको रुपमासमेत विकास गर्न सकिने उहाँको धारणा छ ।

हृयोल्मो भाषामा ‘हे' को अर्थ मुला र ‘लामु’को अर्थ आलु हुन्छ । त्यहाँ पहिलेदेखि नै आलु र मुला बढी फल्ने हुँदा गाउँको नाम हेलम्बु हुँदै कालान्तरमा हेलम्बु रहन गएको कथन रहेको र हाल गाविसको नाम नै हेलम्बु रहेको छ ।

कार्यालयले स्याउको बिरुवा लगाउन सिफारिस नगरे पनि स्थानीय किसानले कीटनाशक औषधि, गोडमेल, मलखादको प्रयोगजस्ता कुरामा सक्रियता देखाएमा केही हदसम्म सुधार हुन सक्ने हुँदा आफ्नो ध्यान त्यतातिर आकषिर्त भएको बाली संरक्षण अधिकृत लोकेन्द्र बोहराले बताउनुभयो । रासस

प्रतिक्रियाहरु

माफ गर्नु होला हयोल्मो भाषामा 'हे' को अर्थ आलु र 'लाभु' को अर्थ मुला हो| 'हे' को अर्थ मुला र 'लामु' को आर्थ आलु होइन|

- chheten hyolmo : helambu chitre


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box