Air Ticketing in Nepal Contact to Merosindhu.com

कथा

सोनामडोल्माको देशभक्ति

2010-12-06 05:46:40 | मेरो सिन्धु

कथाकारः-जयशंकर देमामा खा।.न.पा.-७ माल्टा संखुवासभा
सोनामडोल्माको घर हिमाली जिल्लाको हिमाली एरियामा पर्छ । उनको बुवा चोरी पालन गर्नुहुन्छ । घिउ छुर्पि थाक्पा डोरी सेरगम आदी उनको बुवाको आम्दानी श्रोतहरु हुन ।

यसै आम्दानीको भरमा सोनाम डोल्मालाई उनको बुवाले शहरको राम्रो बोर्डिङ्ग स्कुलमा पढ्न पठाउनु भयो । जसको फलस्वरुप उनले प्रथम श्रेणीमा एस।एल।सी। उत्तिर्ण गरीन । अंग्रेजी मिडियाको राम्रो नाम चलेको स्कुलबाट पास गरेको कारण उनको तुरुन्त अर्को सानो प्राइभेट स्कुलमा प्राथमिक शिक्षिकाको रुपमा नोकरी पाईन । अव उनलाई उनको बाबुले उच्च अध्ययनको लागि खर्च ठेल्नु परेन उनले क्रमशः नियमित रुपमा आ।ई।ए। वि।ए। तथा एम।ए। सम्मको अध्ययन नेपाली विषयमा पिपुल्स क्याम्पस काठमाण्डौबाट गरिन बेला बखत स्कुल कलेजको छुटीको समयमा उनी बराबर आफ्नो जन्मथलो हिमाली गाउँमा फर्कन्थीन् । त्यस समयमा उनी काठमाण्डौको शहरी जीवन पद्धति र गाउँले जीवन पद्धतीलाई दाँजदा उनलाई साच्चै नै मुनामदनको लक्ष्मीप्रसाद देवकोटाको प्रकृति वर्णनूहाँगाको टेको हावाको छेको ढुङ्गको गहारो उनलाई लाग्यो महल भन्दा धनी र पियारो…॥

आदी संझदा उनलाई साच्चिकै यथार्थ अनुभुत हुन्थ्यो तथा उनका उमेरका साथी संगीनीहरु जो चौरी गोठकै धन्दामा लाग्नाले विद्यालयको प्राङ्गण सम्म नदेखेकाहरुले लुगा फुकाई घाममा बसेर निसंङ्कोच भावले दाँतले टोकेर जुम्रा मारेको देख्दा उनलाई अत्यन्य अनौठो लाग्दथ्यो तथापी आत्मीय दिदी बहिनीहरुलाई दोष दिन घिनाउन मन लाग्दैन थियो । मनमनमा संझन्थीन मलाई पनि बुवाले वालकै कालमा काठमाण्डौ शहरको राम्रो बोर्डिङ स्कुलमा पढन नपठाएको भए म पनि त जुम्रा मार्न त्यही विधि अपनाउन रित्तभर हिचकिचाउने थिइन होला । शिक्षा दिक्षाको अभाव गरिवी तथा अति दुर्गम स्थानको बसाईको कारण । गाउँ घरमा बत्ति बाटोघोटो त के कुरा शिक्षाको नाममा एउटा प्राथमिक विद्यालय पनि राम्रो संग चल्न सकेको थिएन विभिन्न कठिनाईका कारण । विद्यार्थीहरु भन्नाले पढ्न उमेरकाहरु चौरी गोठ गाईवाख्रा गोठालो जान बाध्य थिए । साना साना १-२ वर्षे भाई वैनि हेर्ने जिम्मेवारीका साथ कोही कोही कोक्रो बोकेर विद्यालय आइटोपल्थे । कहिले शिक्षक उपस्थित नहुने शिक्षक भएमा पनि विद्यार्थी उपस्थित नहुने यस्तो थियो उनको गाउँमा रहेको प्राथमिक विद्यालयको हालत । त्यसमा पनि उनका साथी संगिनिहरुको पालामा त त्यो विद्यालय पनि उपलब्ध थिएन । उनी आफुलाई त्यो जन्मभूमि व्युझाउने जिम्मेवार व्यक्तिको रुपमा लिन्थीन यो आदर्शलाई व्यवहारमा उतार्न भने उनलाई सजिलो थिएन । उनी शहर बजारको सुविधा उपभोग गर्न वानी परी सेको थिईन । वत्ति बाटोघाटो शिक्षादिक्षा स्वास्थ्य उपचार तथा आधुनिक कम्प्युटको सहायताले दिनानुदिन नयाँ नयाँ कुरा सिक्न छोडेर गाउँमा बसेर गाउँ व्यझाउन संभव थिएन उनीलाई । त्यसैले सोनामडोल्मा मनभरी गाउँघर साथी संगि आमाबुवाको पिडा बोकेर भए पनि शहर फर्कन बाध्य भएकी थिइन् । अव उनको पदोन्नती भै सकेको थियो । सोनामडोल्मा नाम चलेको बोर्डिङ्ग स्कुलको मा।वि। शिक्षिका बनी सकेकी थिइन् । उनलाई सेटल गराएर काठमाण्डौ शहरले एक हिमाल पुत्रीलाई काँखी च्यापी सकेको थियो । यस पाली हिउदे विदामा भने सोनामडोल्माले दार्जिलिङ्मा रहेकी उनकी मजिक सानीआमाको छोरी ज्यामुले दार्जिलिङ्ग आउन पटक पटक गरेको निम्ता मान्ने विचार गरीन् । उनले बहीनी ज्यामुलाई फोन गरी आफु काठमाण्डौबाट पशुपतीनगर आइपुग्ने समय वताईन । नभन्दैउनी पशुपतीनगर पुग्दा बहिनी ज्यामु उनलाई लिन त्यही आईपुगेकी रहिछिन । दिदी वहिनी वसमा चढेर पहाडकी रानी दार्जिलिङ्ग प्रस्थान गरे । दार्जिलिङ्ग नेपाली साहित्यको जन्मथलो अधिकांश साहित्यकारहरुको जननी हेर्ने घुम्ने वर्षौ देखिको सोनामडोल्माको धोको पुराहुन लाग्दै थियो । साढे दुई घण्टाको आनन्दमय पहाडी वसयात्रा पश्चात चौरस्ता दार्जिलिङ्ग स्थित वरपिपल मार्केटको एउटा पक्की साततले विल्डीङको अघाडी बसबाट ओर्लिए उनकी मजिकको घर त्यही रहेछ ।

उनी सानो छदाँ मजिकलाई आगुले सानोवूवा भगाएर इण्डिया लगेको कुरा उनाई धमिलो संझना छ । उहाँहरुले पहिले दार्जिलिङ्ग आईपुग्ने वितिकै त्यतैको चिया कमानमा कुल्ली काम गर्नु भएछ पेट पाल्नको लागि । त्यस पछि अलिअलि पैसा जम्मा गरी एउटा जसर्ी गाई किनि त्यसैको दुध विकि्र गरी साथै आगुले सानोबुवा नजिकै रहेको इलाम जिल्लाबाट गोरु खरिद गरी गोस्खान थापी मासु विक्री गर्दै गरेर विस्तारो विस्तारो यो भव्य महलमा बस्न आइपुग्नु भएको बुझ्न शिक्षित डोल्मामालाई लामो समय लागेन । सोनामको आगू मजिक तथा उहाँहरुको छोराछोरी सबैको भारतको नागरिकता प्रमाण पत्र समेत प्राप्त भै सकेको थियो । उनले दार्जिलिङ्गको भौगोलिक बनोट र आफ्नो जन्मभूमीको भौगोलिक बनोटलाई मनमनै राम्ररी दाँजिन । प्रकृतिले अलिकति पनि ठगेको महशुस भएन उनलाई । बरु त्यस पहाडकी रानीलाई दार्जिलिङ समेत माथ गर्ने थिइन उनकी जन्मभूमी भौगोलिक शुन्दरतामा उनले ७ दिन सम्म मजिकको घर बसेर पहाडीकी रानी दार्जिलिङलाई राम्ररी चिन्ने कोशिस गरीन । त्यस समयमा सोनामडोल्मा गोन्टोक कालिङपोङ तिष्ठा ताक्दाहुमबस्ती सुकिया खसा्रङ टुङ आदी नाम चलेका बजार तथा दार्जिलिङ्ग जिल्लाका अन्य कुनाकानी सबै ठाउँम पुगिन गहिरिएर त्यहाँको जीवन यापन पद्धतिलाई आफ्नो जन्मभूमिसँग तुलना गरिन विभिन्न ठाउँहरुको उचाई हावापानी वनस्पती मनोरमदृश्य केहीमा कम लागेन आफ्नो जन्मभूमी हिमाली एरिया । उनले तिष्ठाको पुल तर्दै गरेको समयमा कवि माधव घिमिरेको राष्ट्रिय गान गाउँछ गित नेपाली ज्योती पंखा उचाली जय जय हे नेपाल सुन्दर शान्त विशाल संझन फगिन । पश्चिम किल्ला कांगडा पूर्वमा तिष्ठा पुगेथ्यौ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौ । साच्चै हो रहेछ यो गित काल्पनिक थिएन् र छैन पनि । किन कि यहाँ सम्मका सबै मानिसहरु नेपाली मुलका मात्र रहेछन् । पछि सुगौलीको सन्धि पश्चात उक्त भूभाग नेपालले गुमाउनु परेको कारण त्यहीका आदिवासी रैथाने नेपाली बासिन्दाहरु एक्कासी भारतीय नागरीक हुनु पुगेको कुरा उनले राम्ररी विश्वास गरीन् पटक पटक इतिहासमा दोहोर् याएर पढेको कुरा विश्वास गर्न गारो तर एक पटकको भ्रमणमा सोनमालाई उक्त माधव घिमिरे गीत साच्चै यथार्थ लाग्यो उनका आगु मजिकको नाममा उहाँहरुको जन्मभूमि नेपालमा अझै पनि जग्गा छ । नागरीकता पनि दुवै जनाको छ नेपालका पनि । त्यसैले सोनामले वहीनी ज्यामूलाई तथा भाईहरुलाई समेत आमावुवाको नागरिकता प्रमाण पत्र भएको कारण नेपालको नागरिकता लिन आग्रह गरिन् तर ज्यामु तथा उनका भाईहरुले ठाडै अस्वीकार गरे । किन सोनामलाई पनि दार्जिलिङ्गको जीवनयापन पद्धतिले साँच्चै नै लोभ्याएको थियो । उनले मनमनै सोचिन । खलङ्गा कागडा तथा देउथलको अंग्रेजसँगको युद्धमा वीर बलभद्र अमरिसंह तथा भक्तिथापाले प्राणको वाजि लगाएर देखाएको देश भक्ति पनि सार्थक लागेन उनलाई । किनभने त्यसै समयमा यदि अंग्रेजहरु विजय भएको भए हाम्रो यो दुर्दशा हुने थिएन कि जस्तो लाग्यो उनलाई । किनकी यस विश्वकी प्रकृति सम्पदाको अनुपम धनी नेपाल आमाले सहीसंरक्षक अभावको कारण दिनानुदिन दुनिया विदेशीहरुबाट वलात्कृत भएर धुरुधुरु रोएर बाँच्नु परिहरेको रहेछ वर्तमानमा जसरी हिन्दु नारीहरुले विवाहमा जग्गे गर्दा बेहुलाले लगाईदिएको सिन्दुरको मानितो संझेर अत्यन्त दुराचारी जड्याहा जुवाडे तथा नपुंशक श्रीमानको ताडना सहेर वालवच्चाहरु पनि आफै एकलौटी पाल्दै रामायण कि सीता अग्नि परीक्षा पास महाभारतकी द्रौपदी अर्जुनसँग मात्र विवाह भएर पनि अरु ४ भाईलाई पनि पति मान्न बाध्य तथा बालकृष्ण समको मुकुन्द इन्दिरा नाटकको प्रमुख पात्र इन्दिराको आदर्श वोकेर ताङना सहिरहेका थिए । के आजकलको नारीले त्यस्तो ताडना सहनभन्दा पारपाचुके चाहदैनन् त्यस्तै नै होइन र सरकार तथा जनताको संम्वन्ध यदि हो भने उत्तिकै उचाई उस्तै हावापानी उस्तै वनस्पति तथा अनुपम प्राकृतिक शौन्दर्यको धनि हिमाली एरियामा सरकारले तोकेको हकबन्दी भन्दा माथी २-३ सय रोपनी जग्गा तथा समान उमेर समान धर्म समान जाति समान भाषा भएका मेरा हिमाल दौँतरीहरुको किन त्यो घोर दुर्दशा तथा १ रोपनी जग्गा वा आधा रोपनी जग्गामा लगाएको इस्कुस र त्यसको तरुलमात्र बेचेर अथवा एउटा मात्र जसर्ी गाई पालेर बस्ने मेरो मजिकका छोराछोरीहरु किन नेपालको नागरिकता प्रमाण लिन तथा वुवाको नाममा रहेको २-३ सय रोपनी जग्गाको लालसा गर्दैनन सोनाम डोल्मालाई कुरा बुझ्न गारो परेन । उनी मनमनै सोच्न थालिन । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी देश भक्ति त मर्दैन चुत्थै देश भएपनि क्रान्तिकारी सधै बन्नु देशद्रोही नबन्नु है आदी जस्ता अनेकानेक देशभक्तिका गाथा चटक्क माया मार्दै ईश्वर सँग मनमनै प्रार्थना गर्न थालिन ।

विधाता यदि तिम्रो अस्तित्व यथार्थ हो भने मेरो हिमालवासी दौतारीहरुको तर्फबाट म प्रभु समक्ष विन्ति गर्दछु कि विस्तारवादी भारतलाई यति शक्तिशालि बन्न बरदान मिलोस की उसलाई नेपाल इण्डीयामा मिलाउन लामो समय अव नलागोस् ताकी उसको इण्डिया नेपाललाई सिक्किम गाभे झैं गाभी हिमाली एरियाको फेदै फेद पूर्व पश्चिम हिमाली पर्यटकीय हाईवे तथा ट्रेनमार्ग संयुक्तरुपमा बनाई विश्व पर्यटकीय स्थल स्वीजरल्याण्डलाई माथ गर्दै विश्व पर्यटकीय बजार भारतलाई बनाउन सफल बनोस् फलस्वरुप मेरा हिमाल दौतरीहरुका भावि सन्ततीहरुले आमा बुवाले दाँतले जुम्रा मारेको कुरा केवल शताब्दीऔं पहिलेको मानव विकास इतिहासको दन्त्य कथा झै संझिउन् ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box