भनिन्छ सकारात्मक सोच लिनुपर्छ । तर जब सतहका परिदृश्य नै नकारात्मक भ्रामक झुट छन् भने के सोच सकारात्मक होला नकारात्मक छ यत्र-तत्र अचेल स्थानीय अखबारका पानामा मनपरी पैसा चन्दाका नाममा असुलेका खबरहरुले ठुलै स्थान पाएका छन् । विभिन्न क्लब समूह राजनीतिक दलहरु हुँदाहुँदै प्रहरी समेतले चन्दा माग्ने गरेको समाचारप्रति के सकारात्मक सोच निर्माण गर्नु खै यतिबेला राजमार्गहरु आतंकित छन् । त्यस बाटो भएर गुज्रने सवारी साधनले पाइलैपिच्छे जस्तो चन्दा दिएर मात्र निर्बाध् चल्न पाएका छन् ।
दसैंको मुख । सबैलाई मेवा मिष्ठान्न अनि मीठो चोखोको लोभ छ । यहि लोभमा दर्ता प्रकि्रया सकेपछि दसैंतिहार पारेर ब्युँतने क्लबहरु समूहहरुदेखि जनधनको सुरक्षा गर्न यातायात व्यवस्थापन गर्न भनेर बर्दी लगाएर पहरा दिने प्रहरी समेतलाई हरामको कमाई गर्न दसैंको चटारो चर्कोसंग लागेको छ । चिठ्ठाको पर्चा भिडाएर वा रसिदको चिर्कटो देखाएर तुल-ब्यानर टाँगेर वा डोरी तेस्र्याएर सवारी साधन रोक्यो र हात पसार् यो । कस्तो प्रचलन मौलायो डरैडर छ माग पूरा गर्नु नै पर्छ फेरि जाने साहुँको त हो नि भनेर सवारी साधनका कर्मचारीले त देलान्-दिन्छन् के गर्नु अन्ततः साहुँमाराले मार्ने त उही सर्वसाधारण उपभोक्तालाई न हो । राज्यको उपस्थिति छैन ! पुलिस आफै धन्दामा लागेको छ प्रशासन नागरिकता प्रमाणित गर्ने गोष्ठी सेमिनार तालिमका आतिथ्यमा चियापान भन्दा अन्त पनि काम छ र भन्ने अवस्थामा छ । राजनीतिक दलका कुरै छाडौं आपुना भ्रातृभगिनी संस्थालाई संलग्न गरायो ुतिमी पनि खाऊ हामीलाई पनि देऊको रणनीतिमा छन् । सरकारी सेवाका सबैखाले अड्डा अिजंगरझैं अघाएपछि खुर्राटा मारेर घुरेको छ -दसैंको मुखमा ठाउँठाउँमा बाटो बिग्रनाले नागरिकले दुःख पाएका छन् । बत्ती नहुनाले सिङ्गो अन्धकारमा बस्न बाध्य हुने भएका छन् । ज्वरोको महामारीले गाउँ नै सोतर भएको छ । बजार भाउको मनपरी कसले हेर्ने कृत्रिम महंगी र कालो बजारीको निगरानी गरेर नागरिकलाई ठगीबाट बचाउने को असरल्ल छन् -गैरराज्यको उदाहरण राज्यको अनुपस्थितिको सबुत प्रमाण ।
प्रमाण नभएको भएता पनि त्यसरी उठाइएको पैसाको निश्चित हिस्सा तालुकवाला उपल्लाहरुले बुझ्ने गर्छन् भन्ने समाचारका पंक्ति पढ्नुपर्ने वास्तविकताले झन् सकारात्मकको ुसु पनि उच्चारण हुँदैन भने सोच ुसोु कताबाट जुटाउनु । हो हो त ! के राजनीतिक दलहरु आपुना भातृ-भगिनी संघसंगठनलाई ुतिमी पनि खाऊ हामीलाई पनि देऊ भन्ने अपेक्षा राख्छन् प्रहरी प्रशासन पनि यस्तै अपेक्षा राख्छ उठेको रकमको निश्चित हिस्साले दसैंलाई ुझुमु अनि ुधुमधडाकु गर्ने गर्छन गर्थे र गर्ने छन् हो यदि हो भने बेइमानीको यो कमाई खानु र बुचोले िलंड खानुको अन्तर के
अज्ञात शक्तिबाट चन्दा नदिए ज्यान मार्ने धम्की खेप्नुपर्ने फेरि नयाँ आतंक चलेको पर्वे पत्रिकादेखि स-साना झुण्डहरु समेत मुखपत्रदेखि पर्चाकारले समेत विज्ञापनको नाममा आतंक मच्चाउँदा सरोकारवाला किन मौन छन् किन आपुनो उपस्थितिको बोध गराउन सकिरहेको छैन । बजार भाउ नियन्त्रण गर्न निरीक्षण गराउनतर्फ किन सजग छैन प्रशासन जिल्लाको संयन्त्रको कामको अनुभूति किन गर्न पाइरहेका छैनन् जिल्लावासी
खुलस्त पत्रिकाको समाचार हुँदै सम्पादकीयसम्ममा प्रहरी प्रशासनदेखि राजनीतिक दलले समेत हात पसारेर हरामको कमाईले मोजमस्ती गर्छन् भनेर किटानी हुँदा चुपचाप सहेर नै बस्ने नागरिक हामी कस्ता ल्वाँठ ! अनि जति बद्नाम भए पनि सुने-नसुनेझैं गरेर टार्ने सम्बन्धित निकाय र व्यक्तिहरु कस्ता स्वाँठ क्या खुब मिलेको । मुलुक -बरा ! दसौं वेत तुहिएर एघारौं बेत ब्याएकी गाई जस्तै भएको छ पारिवारिकतन्त्र राणातन्त्र राजतन्त्र प्रजातन्त्र गणतन्त्र तन्त्रैतन्त्रको सिकंजमा कैद ! यतिबेला पनि बाछो-बाछीको कस्लाई पो बाल वास्ता दूध हो चाहिने दोहोरिरहेका छन् सबै आ-आपुना रफ्तार र तौरतरिकाले । फिकरी के छ र मरिगए पनि । मरिहालेछ भने पनि तिउन् तरकारी बनिहाल्छ । कि कसो त कतै यो त हजम भएन कि ?