- केदार
न्यौपाने
आफ्नो
चिज नराम्रो देख्ने कसैको आँखा हुँदैन । आफ्नो चिजको कमजोरी लुकाउँदै सवल पक्षको मात्र वकालत गर्ने मानविय प्रवृति नै हो । तथापी
मेरो मनमा जे गुञ्जियो मेरो आँखाले जे देख्यो त्यो
शब्द भित्रमा उतार्नु मैले आफ्नो कर्तव्य
सम्झिए।
अत्याधिक संभावना हुँदा हुँदै सिन्धुपाल्चोक विकाशीय दृष्टिले पछाडि परेको छ। यहि भुमिको प्रयोग गर्दै हजारौँ मान्छेले करोडौँ लाखौँ रकम कुम्ल्याएका छन्। तर यहाँका वासिन्दा हेरेका हेर्यै छन् । उनिहरुको दुख दर्द जहाँको त्यँही छ । अनेकौँ विविधताले बनेको सिन्धुपाल्चोकको छुट्टै विगत छ, बेग्लै इतिहास छ र हामी सबैले देखेको भोगेको कटु यथार्थ र तितो वर्तमान पनि छ ।
प्राकृतिक उपहार हिमालको काखबाट बगेको सुनकोसी र भोटेकोशी नदिको लुकामारी र सामिप्यताले मनमा बढो आनन्दको अनुभुती दिलाएको छ। त्यहि सुनकोशी र भोटॆकोशी नदिमा माछा मार्ने माझीहरुका कथा वेदना र मिडा ज्युँका त्युँ छन् । आजसम्म कति माछा मारेर वेचे त्यसको खासै लेखा जोखा नहोला। माछाको आयु जस्तै उनको जीवनको आयुको पनि कुनै ग्यारेन्टि छैन । जिल्लाका कति स्थानमा माछाका परिकार थरीथरी परिकार बनेका छन् । तर नि माझीलाई माछाको साँचो स्वादको अनुभव छैन। दिनभरी माछा मार् यो र बेच्यो । बेलुका साग, सिस्न, गुन्द्रुकसँग २ गाँस ढिडो खायो यै हो माझीदाइको नमिठो वास्तविकता यै माछाको भरमा आफ्नो घर गृहस्थी चलाउनु छ ।
वाबुबाजेदेखिका ऋणको व्याज तिर्नु छ । छोरा छोरीलाई शिक्षा दिक्षा दिएर जिम्मेवार बनाउनु पर्ने कतैव्य पनि छ। बाजे यिनै नदिमा खेल्दा खेल्दै विताए बाबु यै नदिको सुसाई सँगै वुढेसकालको बाटो लागे । छोरो स्कुल छुट्टी र विहान वेलुका यै नदिमा यहि नदिसँग साइनो गास्ने तयारीमा छ । तर जे होस सिन्धुवासी माझी दाइहरुका लागी यी नदीहरुका लागी यी नदि भने भाग्यविधाता भएर उभिएका छन् । यी नदि माझीहरुको लागी जीवन धान्ने बाटो बनेको छ । अर्को तर्फ हिउँद महिनामा सुनकोशी बगरमा वालुवा चाले गिटि कुट्ने कजदुरको वहुसंख्या छ । आफ्नो खेतबारीको उब्जनीले ३ महिना पनी राम्ररी खान नपुग्ने गरिव किसानको सम्त यी नदि साथी बनेका छन् । टन्टलापुर घाममा तपतप पसिना बगाउँदै काम गरिरहेका मजदुरको नुन तेल र एक सरो कपडा जुटाउने साधन बनेका छन् तरपनि उनिहरुको परिश्रमको उचित मुल्य छैन वास्तविक पारिश्रमिक छैन । विच विचमा प्रशस्त दलालहरु छन् । जसले उनिहरुले चालेका वालुवा कुटेका गीटी सस्तो मुल्यमा फुत्काएर राजधानी लगयत शहरका ठेकेदार मार्फत महल बनाउन पुर् याउने गरेका छन् । कतिलाइ शहर वारे अतोपतो नहोला कतिलाई यसको उपयोगीता बारे पनि ज्ञान नहोला तैपनि उनीहरु निरन्तर गिटी कुटिरहेका छन् । बालुवा चालिरहेका छन् । उनिहरुको परिश्रममा संकलीत गिट्टी बालुवाबाट कति महल दरबारहरु बनेका छन् । तर उनिहरुका बास कति बेला भत्कने हो कतिबेला हावाले उडाउने हो थाहा छैन ।
सिन्धु कै भुमिमा गुड्दै दिन दिनै मालवाहक ट्रक यातायातका साधन चिनसँग मितेरी साइनो गाँस्न कम्मर कसेर लागेका छन् । चिन विश्वकै शक्तिशाली र एउटा व्यापारी राष्ट्र बन्दै गएको छ । यस्तो छिमेकि राष्ट्रसँगको एक मात्र वैधानीक नाका भएको कारणले गर्दा पनि सिन्धुपाल्चोकको आन्तरीक विकाशमा यसले टेवा पुर् याउने आशा लिन सकिन्छ। थुप्रै व्यापारी यिनै नाफा प्रयोग गर्दै व्यापार विस्तार गरिरहेका छन् । यद्यपि राजस्व चुहावटको पनि त्यति कै चर्चा छ । नाफा दुरुपयोग गर्नेको संख्या पनि दिनदिनै बढ्ने गरेको छ । शक्तिको आस पासमा हुनेहरुले शक्तिको दुरुपयोग गरिरहेका छन् तर सर्बसाधारणले भने सिमा सूरक्षाकर्मिवाट अभद्र अव्यबहारिक व्यबहारको सामना गरिरहेका छन् । सिन्धुपाल्चोककै तातोपानीमा अवस्थित तातोपानीको मुहानमा आन्तरिक एंवम वह्य पर्यटक प्रवर्धन गर्न सकिन्छ । आन्तरिक वाह्य पर्यटन भित्र्याउन सकियो भने सबै जिल्ला वासिका लागी फलदायी हुनेछ । सुनकोशी भोटेकोशी नदिमा प्रशस्त स्थानमा पनी थुप्रै जलपरियोजना संचालनमा ल्याउन सकिने छ । एक संचालीत जल विद्युत परियोजना सुनकोशी जलविद्युत पनी वेला वेलामा विग्रने गरेकोले समस्या पैदा गराएको छ ।
सुनकोशी जलविद्युत्तबाट थुप्रै स्थानमा झलमल भएतापनि जिल्लाका कतिपय स्थान अझै अन्धकारनै छन् । आफ्नै आँखा अगाडि पल्लो वस्ति झिलीमिली हुँदा वल्लो वस्तिका मानिस दियालो र टुकीमा रात विताइरहेका छन् । कतिपय वस्तिमा मेसिन चल्न नसकेर गाउँनेका साहारा बनेका छन् ढिकि जाँतो र पानि घट्ट । सारा नेपाल लाईनै उज्यालो दिन सक्ने जलविद्युत्त उत्पादन गर्न सक्ने क्षमता हुँदाहुँदै पनी यसको उचित सदुपयोगको अभाबमा त्यतिकै बगेर गइरहेको छ ।
जिल्ला भौगोलीक रुपमा विविधताले बनेको छ । हिमाली वस्तिदेखि राजधानीको निकटता सम्म यसको सिमाना फैलियको छ । हिमालमा उत्पादित जडिबुटि देखि तल्लो भु भागमा उत्पादित विविध नगदेबालिको सहि व्यबस्थापन गर्न सके जिल्लाका जनताको आयस्तरमा सूधार ल्याउन सकिन्थ्यो तर यी सबै कल्पना यथार्थमा परिणत हुने तत्काल सम्भाबना देखिएको छैन । हिमालका जडिबुटि जंगलमै कुहिएका छन् । हिमालमै विलाएका छन् । त्यसको उपयोगीता बारे स्थानीय थुप्रै मानिसमा अनविज्ञता छ । आफ्नै बारि खेतमा उम्रेका जडिबुटिबाट औषधि वन्छ भन्दा पानिस अचम्मित पर्ने गरेका छन् । तर थुप्रै र महंगो मुल्य चुकायर औषधि किनेर खाने प्राय अनगिन्ती बासि र परिवार छन् ।
थुप्रै भाषा भाषीको जातजातीको बसोबास भएको यस जील्लामा भाषिक सहिष्णुता छ । जातिय मिलान छ । हिमालको संरक्षण गर्दै हेलम्बु भैरबकुण्ड जस्ता क्षेत्रमा शेर्पा समुदायको वस्ति बसेको छ । उनिहरुको आफ्नै विगत छ । आफ्नै धर्म परम्परा र संस्कृती छ । जिल्लाको प्राय गाविस मा नेवार तामाङ्ग समुदायको पनी वास छ । परम्परा धान्न जिल्लाभर व्राह्मण समुदाय पनी छन् ।
जिल्लाको थुप्रै स्थानमा धार्मिक पर्यटन प्रबर्धन गर्न सकिने ठाउँ छ । उदाहरणका लागी पाँचपोखरी र भैरबकुण्डलाई लिन सकिन्छ । यी स्थानहरु आन्तरिक माग नभएर वह्य विदेशी पर्यटकको समेत राम्रो र उत्साहको पदमार्गीय गन्तव्य बन्ने गएको छ । तर यसवारेमा न त जिल्ला पर्यटन प्रबद्र्धनको क्षेत्रमा काम गर्नेको चासो छ न त केन्द्रको नै।
जिल्लामा प्रशस्तै रोजगारीका संभावित क्षेत्र हुँदा हुँदै पनि न त यीनको सहि प्रयोग भएका छन् न त सम्भावना लाई कसैले वास्तविकतामा ढाल्ने गरेका छन् । जिल्लाको विकाशमा जनशक्तिको खडेरी छ । सहि दृष्टिकोण बोकेका यूवा र दक्ष जनशक्तिको अभाव छ । बिविध जनबिद्युत्त परियोजना संचालनको तयारीमा छन् । बहु चर्चीत मेलम्चि खानेपानी आयोजना अर्ध अचेत अवस्थामा लडिरहेको छ । जिल्लामा साना साना भवन कुलो नहर र सडक निर्माण गर्न पनी विदेशी निर्माण कम्पनीको मुख ताक्नु पर्ने नमिठो वास्तविकता छ। आफ्नै घर आगनमा रोजगारिको अनगिन्ती सम्भाबना हुँदा हुँदै पनि महँगो व्याजदरमा घर खेत बन्दकि राखेर ऋण लिएर अरव र मलेशियाको गर्मिमा ४० ५० तला माथी जोखिमपूर्ण काम गर्न जानेहरुलाई के भन्ने उनीहरुको पनी आफ्नै कथा व्यथा र समाजका पोको होलान त्यो आफ्नै ठाउँमा छ तर थोरै तलवमा विदेशी माटोमा बगाउने पसिना र गुमाउने रगत आफ्नै माटो र जन्मभूमिमा पोखे केहि मलिलो हुने थियो कि जिल्लामा उमेरका युव युवती नगन्य छन् प्राय १६ वर्ष पुग्ना साथ विदेश जने पैसा कमाएर सुःख जिवन विताउने कल्पना गर्छन अधिकांश यूवा यूवती । तर विदेशमा पनी सोचे जस्तो सजिलो कहाँ छ र पैसा कमाउन । कहिले अलि अलि कमाएका होलान् तर थूप्रैले फर्कदा पिडा दर्द र दुःखका कथा लिएर फर्केका छन् । अव कहिल्यै नफर्कने अठोट लिएर फर्केका छन् । कतिले जिवन उतै विसाएका छन् । अनि अङ्ग भङ्ग भएर आजिवन अपाङ्ग वनेका छन् । कति जिवन भरका लागी जेल परेका छन् । भर्खरैको उदाहरण हेर्ने हो भने पनि डोल्मा शेर्पा गतिलो उदाहरण हुन् ।
विदेश जान नसकेका युवा युवती राजधानी पसेका छन् । जसले गर्दा गाउँ घरमा यूवा यूवतीको संख्या उल्लेख्य छन् भन्दा फरक पर्दैन । सिन्धुपाल्चोकका थुप्रै यूवा यूवती गलैंचा कारखानामा काम गर्ने युवतीहरु झनै नारकिय योजनामा पर्ने गरेका इतिहास सबै सामू छन् । मालिक र सहकर्मिद्धारा यौनशोषणमा पर्ने गरेका छन् भन्न सकिन्छ । सून्दर सून्दर गलैचा बनाउने उनिहरुको दिनचर्या हो तर आफैले वनाएका गलैचामा उनिहरुले शिर टेकाउन पाएको सम्झना छैन । उनिहरुले बुनेका गलैचा सात समुन्द्र पारि लन्डन र वासिङटनका अन्तराष्ट्रिय महलमा सजिएका छन् । सुन्दरताका नमूना वनेका छन् । तर उनिहरुको लागी भने परालका सूकुल र गून्द्री वनेको छ । पाहुना सत्कार र ओछ्याउनको लागि ।
तर सबैले समस्याको माग चर्चा गर्ने भन्दापनी स्पष्ट धारणा र दृष्टिकोणको प्रयोग गर्दै विकास र अग्रगतिको लागी पइला चाल्नुपर्दछ । जसले गर्दा भोलीका पिडिले सूःख र आनन्दको अनूभुती गर्न सक्थ्ये की ?