चौतारा-८ सिन्धुपाल्चोक
वर्षादका रुन्चे बादलहरु फाटिसकेका र फट्ने क्रममा छ मौसम क्रमशःसफा हुदै
गरेको छ र जस्ले आमन्त्रण गरिरहेको छ शरद्कालिन पर्वहरु । नेपालीहरुले लामो
समयसम्म हर्षो उल्लासले मनाउने प्रमुख चाड दशै २०६७ संधारमा उभिएको छ ।
दशैलाई खास गरी असत्य उपर सत्यको जीतका रुपमा अंगिकार गरिदै आएको छ ।
असत्य उपर सत्यको जीत हुनैपर्दछ । यदि त्यसो हुन सकेन भने संसारको गति
उँधोतर्फ ओरालो लाग्छ अराजकताको राज हुन्छ । मुठ्ठीभरका असत्यका धर्मीहरुले
आफ्नो अधिपत्य जमाउने छन् । त्यसो त सत्यको विजय खातिर यो युगमा पनि
स्तुति स्तोत्र ध्यान पाठ-पूजा एवं बलि जस्तो तथाकथित ढुङ्गे मान्यताको
ढोङमा रुमल्लि नै रहेको छ ।हामीले सत्यको दुहाई दिँदै उत्सव पर्व चाड जति
परापूर्व देखि सफलिभूत गराउने चर्चा अनि महिमा गाएता पनि व्यवहारमा असत्यको
जित प्रारब्ध देखि नै गरिब सर्वहारा मजदूरको जीवनवृत्तमाथि परेको थियो र
वर्तमानको समयमा पनि परिरहेको छ । वैभव÷ऐश्वर्य र विलासितामा परापूर्वदेखि
नै सत्य हुनेखाने वर्गको गुलाम बनेको वास्तविकता हामीले रामायण गीता
महाभारत जस्ता ग्रन्थमा समेत पाउँछौं । यति नै बेला संघारमा नै दशैं आएर
केही दिन बास बस्ने तर्खरमा लागिसकेको छ । युगौंदेखिको एउटा परम्परा दशैं ।
समय-पर्यावरण-मौसमका अतिरिक्त पारिवारिक भेटघाटका र आफन्तजनसँगको मिलनका
हिसावले जति सार्थक र औचित्यपूर्ण छ त्यति नै विधिका हिसावले मान्यताका
आधारले ढोंङी विभत्स पाषणयुक्त आस्था केन्द्रित तथा रक्तपातपूर्ण र
अपव्याख्या दग्द छ दशैं । गिनेचुनेका शासकहरुको देखावा र शोषण दुवैबाट
साधारण जीवनयापन गर्ने करोडौं मजदूर किसान गरिबहरु प्रताडित गराउँदै दशैं
बाटो लाग्दा उस्तै निरिहहरुको त बसाईं नै हुन्छ । ढोल बजाउँदै शासकहरु
अजंगको हात्ती सर्वहाराको गोठ झुप्रोमा हुलिदिन्छन् र ऋणै-ऋण बोकाउँदै
शोषितहरु दशैं धपाउँछन् ।
आडम्बर देखासेखी सामाजिक जीवनलाई तत्काल तुरुन्त प्रभाव पार्ने तत्व मध्येको प्रमुख हो । विशेष गरेर साना उमेरका केटाकेटीको कारणले पनि देखासिखीले प्रश्रय पाएको हुन्छ । बेमेलको समाजमा सीमित धनाढ्यहरुको शैली अनुकरण गर्न खोज्नु गरिबहरुको रहरभन्दा बाध्यता बन्छ । त्यही बाध्यताले गर्दा दशैंको अपव्याख्या भएको हुनुपर्छ । स्वाभाविकै के हुन्छ भने पारिवारिक र आफन्तजनसँगको भेटघाट मौसमको अनुकूलता आदिले निम्त्याउने सुखदमा खानेकुरा पनि विशेष नै बन्छ । यस्तै यस्तै विशेषताले विलासिता निम्त्याउँछ औकातको जोहोलाई अर्काको देखावाले जितिदिन्छ र आर्थिक भारले गाँजिदिन्छ । हामी यदाकदा सहजै भन्छौं -ु… पैसा भए हर दिन दशैंु । तर यो भनििदंदा पैसाले खरिद हुने भौतिक वस्तुको सुलभतालाई दर्शाउँछ । सबै हामीहरुको एउटै खाले जीवनधारा छैन । सबै जना परिवारको आफन्तको वरिपरि रहेर कमाई गरिराखेको आनन्द पनि छैन । अनि नेपालका धेरै ठाउँहरु सर्वसुलभ बजार पनि हैनन् । पैसाभए पनि भौतिकवस्तु किन्न नपाइने दूर्गमहरु धेरै छन् । अझै पनि लाखौं लाख परिवारहरु पेटभरि मासुभात खाने दिन गन्ने गर्छन् । यही दशैंका बेलामा चामलको गेडो देख्न नपाउनेहरुको जत्था पनि ठूलै छ । परिवार र आफन्त नभएका बेवारिसेको संख्या पनि गणनीय नै छ । अतः पर्वलाई खाने चाडको रुपमा मात्र हेर्न नहुने देखिन्छ ।प्रयोगमा शक्तिपीठमा पुगेर स्त्री शक्तिको उपसना गरिने यस चाडमा व्यवहारत स्त्रीलाई शेाषण गरिन्छ । मठमा घरमा दुर्गेको मूर्तिलाई नाना शेडषोपचारले पूजा-अर्चना गरिन्छ । त्यही घरमा टोलमा छिमेकमा तथा राष्ट्रमा नारीलाई सवै जसो कामको बोझ र वढावा दिएर शोषण गछौं । घर लिपपोत मसला पिसानी कुटानी गाईवस्तुलाई चारापानी घोइपखाली पकाइ-खुवाई धोइपखाली आदिको चाप नारीलाई । त्यही मापमा पुरुषलाई भने उन्मुक्ति बढी हुन्छ । अक्सर पुरुषहरु वर्षको एक चोटि न हो भन्दै जाँडरक्सी जुवातास आफ्नै प्रकारको कोहोलोमा झुम रहन्छन् । के मनोरंजनका हिसाबले पुरुष केन्द्रित ज्यादा र नारीलाई दशैं दिन दशाका प्रहर हैनन् आमूल राज्य पुर्नसंरचनामालागी परेको मुलुकमा दशैंले दलितहरुलाई वढी उत्पीडित तुल्याएको हुन्छ । काटमार गर्ने हतियार होस् कि नयाँ कपडा सिलाउने काम- कामको असली दाम स्वरुप आज पनि देशका अधिकांश ठाँउमा उनीहरु पुच्छर र गर्दनको वाली उठाएर तिक्त वचन वाण सुन्न वाध्य छन् । समाजमा दलितप्रतिको दृष्टिकोण ुतल्ल्ाा पुस्तालाई ह्याकुलोको चोक्टो र पुच्छरका भागिदारी हुन् दमै÷कामीु भन्ने प्रत्यक्ष र अमानवीय शिक्षा सम्प्रेषित भएकै छ ।
हामी आधुनिक शिक्षित र २१ औं शताव्दिका सचेत मान्छे भन्छौं तर मानवीयतामा आएको र् हासलाई गणना गर्ने हो भने अझै ढुङ्गे युगमा नै छौं । आफू शक्तिशाली बन्ने अभिलाषाले अन्धा भएका ल्वाँठहरुले स्थापित गरेको बलि प्रथा यथावत् नै छ । अवोध पुशलाई रेटेर पत्थरमा आत्मा खोज्नेहरुले शताब्दीको दुहाईलाई कंलकित तुल्याएका छन् । भातलाई भुजा भनेर ज्यूनार गर्नेहरु तर धान र गुन्द्री नदेखेकाहरु मान्छेलाई छि ः गरेर कुकुरलाई चाट्ने समान्तहरुले नयाँ शैलीमा वलिप्रथालाई मजबुद गराएका छन् । कम्प्युटर सेट पुजा होस् कि मोटरसाइकल साइकल कार लगाएतका साधन हुन्लाई; वलि अपर्ण गरेर दर्शाएको आदिमता अनुकरण तर्फ तिब्र छ । आर्थिक होडवाजी चलाएर सत्ता संचालकले जनताको उपेक्षा गरेका छन् । राज्यकोषबाट भत्ता खाने र पसिना सुकिसके पछि पनि पसिनाले मूल्य नपाउनेहरु बीचको बजारी दरभाउ एउटै छ । पैसा तिर्न सक्नेहरुले गर्दा अक्कासिएको दरभाउ राजनीतिक दलहरुलाई चन्दा दिएर वलिया र संरक्षित रहेका व्यापारीको प्रगती उन्नती मात्र मुखरित गर्ने पक्का छ यस पल्टको दशैंले पनि !
मूल चुरो राजनीति भन्छन् तर न त देश दशैं भनेर रमाउन सक्ने क्षणमा छ न त नागरिक । अर्थतन्त्र टाठ पल्टेको स्थिति छ शिक्षक लगायतका कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्थामा सरकार छैन । प्रधानमन्त्रीको विषयदेखि क्यान्टोलमेन्टका सेना हुदै समग्र शान्ति प्रकृया अनि नयाँ संविधानको कुरा गर्दा त के अब कुनै दिन दशैं भएर पनि आउला र नेपालीका आगनमा भने झै को छ । महङ्गी र कालो बजारीको शिकार भएका छन् सर्व-साधारण । घर भत्काएर गुँढ बनाउने सभ्यता तर्फ उन्मुख सामाजिक जीवनले परिवारको प्रेम र समर्पणमा समेत संदिग्धता थोपरेको छ । अन्ध सिलसिला अन्योलको-अस्थिर राजनीति आँगनको चाड र तेलको भुटुन हालेर पेटभरी भटमासको मस्यौरा र भात खान नपाउने नागरिक । आखिर कहिले सम्म सत्यको जितको सन्देश भन्दै असत्यले बाजि मारी रहन्छ चिन्तन पो थाल्ने हो कि !