टीका सुवेदी
साक्षी छ हाम्रो इतिहास मुक्ति किहं डुबेन
ठोकेर भन्न मिल्छ हार हुँदै हुँदैन ।
उद्यृत गीतलाई सम्बोधन गर्दै के किटेरै भन्न सक्छौं भने कसैले विचारलाई गाल्न सक्दैन र आस्था ढाल्न पनि । कलमलाई सशक्त हतियार बनाएर राष्ट्रिय मुक्तिको निम्ति रणसंग्राममा होमिएको पत्रकार परिवर्तनका निम्ति अविरल कलमका डोबहरु जन्माइरहन्छ र जन्माउँछ स्वर्णिम इतिहास । पत्रकार अन्याय अत्याचार दमन शोषणको निम्ति पहाड भएर उभिन्छ र छरपष्ट परिदिन्छ जालहरीका लाखौं जालहरु तथा काला कर्तुतहरु । घटना परिघटनालाई गहिराईमा पुगेर आम पाठकसामू समाचारका रुपबाट समर्पण गर्छ । अँध्यारोमा अल्मलिएकालाई उज्यालो पारिदिने पत्रकार आफु तटस्थ बस्दै अरुलाई हिँडाउन चाहन्छ । कुनाकाप्चाका सामग्री सन्दर्भलाई आमपाठक वा दर्शकसामू ल्याएर पस्कँदा साँच्चै तेस्रो आँखाको भूमिका निर्वाह गरेझैं हुन्छ पत्रकारले ।
सन्दर्भलाई जिल्लाको पत्रकारिताबारे बहस चलाऊँ । सिन्धुपत्रकारिताको कालखण्डमा अनेकौं कालरात्री पार गर् यो । बरु आपुनो बलिदान स्वीकार गरे तर आत्मसमर्पणको हात उचालेनन् काचन र ज्ञानेन्द्रले । घाँटी रेट्न दिए छातीमा गोली थापे तर कदाचित झुकेनन् पि्रय पत्रकार मित्रहरु । तिनै पत्रकारको रगतमा हुर्किरहेको सिन्धुपत्रकारिता गौरवपूर्ण इतिहास अगाडि बढाउने सिलसिला चलेकै छ । फैलिँदो छ पत्रकार योद्धाहरुको उत्साह र थपिँदैछ पेशाकर्मीहरुको संख्या ।
तर विडम्बना ! आजको पत्रकारिता गम्भीर मोडमा उभिएको छ । खरो पल्टेको साचारकर्मीहरुलाई । ज्यानको बाजी थापेर पत्रकारिता पेशालाई खुकुरीको धारमा हिँडाइराखेका छन् । हुन त यो पेशा यस्तै हो ुहुने । आँखाको कसिङ्गरको रुपमा आपुूलाई उभ्याउँदै निरन्तर समाचारको श्रृङ्खला जोडिरहन्छ पत्रकार । गहन अध्ययनपश्चात् सत्यतालाई सर्वत्र पुर् याउने पत्रकारमाथि दमन चुलिँदो छ । किन गरिन्छ पत्रकारलाई दमन के पत्रकारले गलतै गरेर हो कि वास्तविकता ओकल्यो भनेर । यहाँ राजनीतिक दमन नै फुलेको छ । र चलेको छ कित्ताकाटमा पत्रकारिता । दुर्भाग्य भन्नै पर्छ हामीमा राजनीतिक विल्ला छ । र त्यसैलाई प्रमुख बनाएर समाचारमा पक्ष विपक्षको फैसला गर्छ पार्टीहरु र छेडिन्छ कार्यकर्तामा को पत्रकारले कसको बिल्ला भिरेको छ भनेर । पत्रकारले सर्वपक्ष रुपमा लेखे पनि राजनीतिक सदस्यताको आधारमा परिभाषा गर्ने नेताहरु नै हुन आम श्रमजीवि पत्रकारलाई दमन गर्ने । नागरिक हो उसले देशको बारेमा चिन्ता रहँदा मन लागेको पार्टीलाई भोट खसाल्नु कुनै अपराध होइन । अपराध यो हो आपुनो पक्षमा मात्रै लेखोस् भन्ने ।
आज जिल्लाको पत्रकारितामा शीत युद्धको थालनी भएको छ जो अन्ततः दुर्घटनाको शिकार बन्नेछ । सायद यसैको फाइदा लुट्दैछन् दोषीहरु । एउटा समाचार निस्क्यो भने त्यसलाई खेमा लगाइन्छ र राजनीतिक ढाकछोप गर्छन् राजनीतिक गर्छु भन्नेहरुले । सायद यही हो कि जिल्लामा वास्तविक राजनीतिक छाती राख्ने नेता नै जन्मिएनन् जसले जिल्लाको राजनीतिक अवस्था माइनसमा झर्दैछ ।
सन्दर्भ पत्रकारिताकै । जब समाचार प्रकाशित हुन्छ तर सम्बन्धित पक्ष कानमा तेल हालेर बस्छ । जिल्लामा यस्ता भन्दै सरम लाग्ने कार्यालय छ उसको विरुद्ध समाचार आएको पाँच दिनसम्म कार्यालय प्रमुख तथा कर्मचारीलाई पत्तै हुँदैन । सदरमुकाममा रहेका कार्यालयको यो हविगतले के दसा्रउँछ भने हप्तामा ६ वटा पत्रिका प्रकाशितको कुनै तुक छैन । किनकि उसलाई जिल्लाका पत्रिकाको कुनै अर्थ ठान्दैन । किन मिडियालाई यति घृणा गर्छन् कार्यालयहरु । कसको दोष हो यो साचारकर्मीको कि सम्बन्धित सरोकारवालाको । किन लाचार छ प्रशासन मिडियाको कुरालाई लात मार्छ । फेरि यो भनिरहँदा गरेकै छैन भन्ने होइन तर जति गर्नु पर्ने हैसियत राख्छ प्रशासन त्यसैको आधीसम्म नै स्केल चढेको छैन । पत्रकारको काम गलत कुराको पर्दाफास गर्नु हो तर संघसंस्थाको काम गलत व्यक्तिलाई उच्च ओहदाको फुली भिराउनु रहेको छ । पत्रकारले गलत प्रमाणित गरिदियो भने ।
पत्रकारले जति लेखे पनि माखो मार्दैन यहाँ किनकि प्रशासन निरीह छ सम्बन्धित पक्षहरु बहिरा छन् । किन पत्रकारिताकर्मीहरुले गलतै लेख्दा रहेछन् त सुन्दै नसुन्ने कार्यालयहरुले ! होला केही साचारकर्मी मित्रलाई पत्रकारिताको अपुरो ज्ञानका कारण गलत समाचार सम्प्रेषण तथा कि्रयाकलापमा सामेल बने होलान् त्यसको अर्थ सबै साचारकर्मीहरुको र् याङ एउटै पार्नु मुर्खता होइन र । वास्तविकता तथा तथ्यसहितको सबुत प्रमाणलाई त सुन्नैपर्ने होइन र पत्रकारिताकै पेशामा डेढ दशकदेखि होमिनुभएका पत्रकारहरुकै अभिभावक मानिने राम केसी भन्छन् ुदण्डहीनताका कारण नै हो हाम्रो कुरा सुन्दैनु । उनले सिधै प्रशासनलाई औंलो ठड्याउँदै भने जनताको पसिना खाएर न्यायको निम्ति लड्ने भनी कसम खाएको प्रशासन किन हेलचत्रुयाईं गर्छ कार्वाही गर्न । हामी ज्यानको बाजी लगाएर समाचार लेख्छौं तर दोषी खुलेआम हिँड्दा कसरी भन्न सकिन्छ लेखेर न्याय पाइन्छ भनेर ।
यसै सन्दर्भलाई जोड्दै अर्का पत्रकार दिनेश थापा भन्छन् -ुहामीले मुद्दा उठाउँछौं तर सम्बन्धित पक्षले सुन्दै सुन्दैन । पत्रिकामा आएका अबैध रुपमा साचालन भएका मेटीकल क्रसरले बिगारेको वातावरणबारे आवाज निरन्तर उठाइदिँदा लत्याइदियो हाम्रो आवाजलाई सम्बन्धित पक्षले र निरीह बन्यॊ प्रशासन । नत्र किन समात्दैन वन मुद्दालगायत आठ÷नौ वटा मुद्दा परेका नोसा्रङलाई । ऊ खुलेआम चौतारा आउँछ तर प्रशासन नतमस्तक छ । सन्दर्भमा यति मात्रै होइन शिक्षामा भएको अनियमिततालाई सुधार गर्नपट्टि कहिल्यै लागेन शिक्षा कार्यालय । समाचार लेख्नु नलेख्नुको अर्थ देख्दैनन् साचारकर्मीहरु । लेखे पनि कार्वाही नै हुँदैन । आखिर पत्रकार दुश्मन बनिरहन्छ । जिल्ला नेताहरुले काट्ने मार्ने लिड्को लाउने धम्की आइरहन्छ । पत्रकारले न्यायिक मुद्दाहरु उठाउँदा । अर्का पत्रकार सुरेश कसजू भन्छन् -ुमान्छेमा समवेदना भन्ने चिजै छैन । त्यसको स्वरुप हो पत्रकारले लेखे पनि कसैले सुन्नेवाला छैन । कारण के हो अब लाग्छ २ मा एक हुनै पर्छ । कि पत्रकारलाई कार्वाही गर नेल भिराउ जेल चलाऊ होइन भने दोषीलाई कार्वाही गर्ने सम्बन्धित पक्षले हिक्मत राख्नै पर्छ । पत्रकारिता पेशालाई मर्यादित बनाउँदै लैजानु र सबै साचारकर्मीलाई समेट्दै संस्थागत रुपमा विकास गर्नु नेपाल पत्रकार महासंघको भूमिका हो र प्रकि्रया पुगेकाहरुलाई सदस्यता प्रदान गर्नु पनि । अब पत्रकार महासंघले सम्पूर्ण नयाँ पुराना पत्रकारहरुलाई उचित प्रशिक्षण र अनुशासन बारे जानकारी दिँदै एक गढ भएर सडकमा कलम बोकेर जुट्नुपर्ने आवश्यकता छ किनकि जिल्ला राजनीतिक गलत आचार गुण्डागर्दी दण्डहीनताले सीमा नाघ्दैछ र फेरि तानाशाही व्यवस्था निर्माण हुँदैछ ।
इतिहासका धाराहरु काफी छ पत्रकारको कलमबाट सफल भएका आन्दोलनहरु । परिवर्तित भएका राज्य संरचनाहरु र चेतनाको विकास भएका झुपडहिरु ।