Air Ticketing in Nepal Contact to Merosindhu.com

अन्तर्वार्ता

नेपाली माटोमै पसिना बगाउनुपर्छ, दुःख पाउन विदेश नजाऔं

2010-09-23 12:46:15 | मेरो सिन्धु

सिन्धुपाल्चोक जिल्लाको कृषि तथा शिक्षामा महत्वपूर्ण योगदान दिदै आईरहेको र ग्रामीणस्तरमा आफ्ना कार्यक्रमहरु स‌चालन गर्दै आईरहको एउटा सामाजिक स‌स्था हो टुकी संघ सुनकोशी। विभिन्न तालिम तथा सुधारका कार्यक्रम तथा सहयोगका माध्यमबाट विपन्न र ग्रामिण जनताको जीवन उन्नतिमा रमाईरहेको यसै सस्थाका अध्यक्ष पोष्टबहादुर खड्का सँग मेरो सिन्धुका लेखनाथ नेपालले गरेको कुराकानी

तपाईं टुकी संघको अध्यक्ष बन्नुभएको कति भयो ?

म २०६६ माघ १७ गतेबाट अध्यक्ष बनेको हुँ । निर्वाचन प्रक्रियाबाट यस संस्थामा अध्यक्ष छान्ने प्रक्रिया छ । यस संस्थाको अध्यक्षको तीन वर्षको कार्यकाल हुन्छ ।

अहिले टुकी संघले के-कस्ता कार्यक्रमहरु ल्याएको छ ?

अहिले टुकी संघ शिक्षा सम्बन्धी कार्यक्रम चलाइरहेको छ । बालबालिकालाई आधारभूत शिक्षा विद्यालयलाई भौतिक सहयोगको कार्यक्रम लिएको छ । बालबालिकाहरुलाई विद्यालयमा गाली नगरी नपिटी कसरी गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्ने विषयमा कार्यक्रमहरु ल्याइएको छ । त्यस्तै गाउँमा विद्यालय जान नसकेका र टाढा विद्यालय हुने ठाउँहरुमा बाल कक्षा साचालन गरिरहेको छ । बालकक्षामा एक-दुई वर्ष पढेपछि उनीहरुलाई विद्यालय जाने वातावरण सिर्जना गरिन्छ । कुनै पनि बालबालिका शिक्षाबाट विाचत नहोस् भनेर यस संस्थाले शैक्षिक कार्यक्रम साचालन गरेको छ ।

टुकी संघले किसानहरुका लागि के कस्ता कार्यक्रमहरु ल्याएको छ नि ?

टुकी संघ सुनकोशी किसानकै हित गर्न २०४९ सालमा स्थापना भएको संस्था हो । अहिले हाम्रो संस्थाका ४८० टुकी सदस्यहरु छन् । ती सदस्यहरुमार्फत गाउँमा कृषिको कार्यक्रमहरु लाने गरिएको छ । करेसाबारी तरकारी खेती बेमौसमी तरकारी खेती पशुपालनमा बाख्रा वितरण गर्ने काम गरेको छ । कृषिमा हामीले प्राङ्गारिक खेती प्रणालीलाई अपनाएका छौं । कृषिमा रासायनिक मलको प्रयोगले जलवायु परिवर्तन तथा मानव जातिलाई विभिन्न असर पार्ने हुनाले परम्परा अनुसारको खेतीलाई सुधार गरेर बाली लगाउन किसानलाई सिकाउँछौं । यसका लागि पहिले गोठ सुधार गरेर बाली लगाउन किसानलाई सिकाउँछौं । यसका लागि पहिले गोठ सुधार गर्न सिकाउँछौं । कम्पोष्ट मललाई कसरी घामबाट बचाउने र त्यसको तत्वलाई कसरी बचाउने भन्ने सिकाउँछौं । गाईवस्तुको मलमूत्रलाई रासायनिक मलको सट्टा कुन बालीमा कसरी प्रयोग गर्ने भन्ने कुरा सिकाउँछौं । टोल गाउँ वडामा नमूनाको रुपमा सिकाउँछौं ।

किसानहरुलाई तालिममार्फत यी कुरा सिकाउनुहुन्छ ?

हाम्रो संस्थाको विभिन्न ठाउँमा शाखा सम्पर्क कार्यहरु छन् । विभिन्न ठाउँमा कृषि प्राविधिकहरु पनि छन् प्राविधिकहरुले समुदायमा रसायनको सट्टा प्राङ्गारिक मलको प्रयोग गर्न उत्साहित गरिन्छ । रासायनिक मलका प्रयोगबाट हुने बेफाइदाहरुबारे जानकारी गराउँछौं ।

टुकी संघबाट किसानले के-कस्ता लाभ लिएका छन् ?

टुकी संघबाट किसानले पर्याप्त लाभ लिएका छन् । उदाहरणका रुपमा तातोपानीको एक एकल महिलालाई हेर्न सकिन्छ । ती महिलाको सानो काठको छाप्रो घर थियो । उनले टुकी संघको सल्लाहमा काउलीबाट व्यवसाय सुरु गरिन् -उधारो बिउमा । असारमा बिउ राखेर असोजमा सात हजारको काउली बेचिन् । त्यसकै प्रेरणा चािहं व्यवसायबाट अहिले करिब १० लाखको पक्की घर बनाएकी छिन् । त्यस टोलमा ती एकल महिलाले सुरु गरेको यो तरकारी व्यवसाय अहिले सबैले अपनाएका छन् र पर्याप्त आम्दानी गरेका छन् ।

 तपाईं किसानसँग सम्बन्धित एउटा गैरसरकारी संस्थाको अध्यक्ष हुनुहुन्छ किसानको के कस्ता समस्या पाउनुभएको छ ?

अहिले किसानहरुको मूल समस्या भनेको बिउको समस्या हो । भारतबाट विभिन्न बालीका हाइबि्रट बिउ आएको छ । हाइबि्रट बिउ अनुकूल मिल्यो भने फल्न पनि सक्छ अनुकूल नभए नफल्न पनि सक्छ । हाइबि्रट बिउ रोपेर फलेको खण्डमा पनि किसानले त्यसलाई जोगाएर राख्न सक्दैनन् । साउनमा भाँचेको मकै मंसिरसम्ममा किरा लागेर सकिन्छ । यसलाई हामी आफैले पनि बिउ उत्पादन गर्ने गरेका छौं । स्वदेशी बिउले घामपानी खप्छ भने विदेशीको भर पर्नु पर्दैन । अर्कोतर्फ किसानले आपुनो उत्पादनको सही मूल्य पाएका छैनन् । अहिले नेपाली बजार दलालको हातमा छ । अहिले उपभोक्ता महङ्गो मूल्य तिर्न बाध्य छन् भने किसानले उचित मूल्य पाउँदैनन् ।

किसानको समस्या हल गर्न कॆ गर्नु पर्छ जस्तो लाग्छ ?

किसानको समस्या हल गर्न सर्वप्रथम बाली बिमा गर्ने काम गर्नुपर्छ । किसानलाई विदेशको बिउभन्दा स्वेदशको बिउ उपलब्ध गराउनु पर्छ । विदेशी बिउको भर पर्न थालियो भने कुनै पनि बेला भोकमरी चल्न सक्छ । बालीमा स्थानीय बिउ सकिएको खण्डमा नेपालको खाद्यान्न विदेशीको हातमा पूर्ण रुपले जान्छ । तसर्थ सरकारले भारतबाट आउने अन्धाधुन्ध हाइबि्रट बिउलाई रोक्नुपर्छ ।

 थप कुरा केही भन्नु छ कि ?

हामीले अहिले बालशिक्षा र बाल सुरक्षा योजनाको कार्यक्रम ल्याएका छौं । टुकी संघ सुनकोशीको उद्देश्य भनेको शिक्षा स्वास्थ्य कृषि र निर्माणको क्षेत्रमा काम गर्ने उद्देश्य हो । अहिले कृषिक्षेत्रमा रासायनिक मलको प्रयोगले कालो भटमास मास ज्यानमारा ुखुसा्रनीलगायतका केही कोषेबालीहरु बिउ लोप भइसकेको छ । हाम्रो हावापानीमा उत्पादन हुने बालीलाई घृणा गरेर विदेशको बिउलाई राम्रो भन्ने पद्दतिलाई छाड्नुपर्छ । नेपाली युवाले विदेशी भूमिमा गएर श्रम बेच्नुको सट्टा नेपाली माटोमै पसिना बगाउनुपर्छ । विदेशमा पुग्ने खर्चले नेपालमै उद्यम व्यवसाय थाल्नुपर्छ । अथाह सम्भावना बोकेको कृषि क्षेत्रलाई छोडेर दुःख पाउन विदेश नजाऔं भन्न चाहन्छु ।

प्रतिक्रियाहरु

कृषि सबै भन्दा महत्वपूर्ण पेशा भयकोले कृषि क्षेत्रमा प्राथमिकता दियामा खाद्यान्नको आयात गर्नु पर्दैनथ्यो

- Pramod Giri : Panchkhal - 1 Kavre

what types of work have been doing by this instiution??

- subash bhandari : petku 8 bandhan

टुकी संघ को बजेट कति हो र जागिरमा चाही किन नातागोता मात्रै यसरि बिकाश हुन्छ त ?

- rabindra bhandari : sindhupalchowck

tukiko program very good but budget kati ho kul

- rabindra bhandari : petku-bandhan

नमस्कार टुकी सघ लाई यस संघ ले राम्रो राम्रो कामको सुरुवात गरोस .गरिब किसानलाई धेरै भन्दा धेरै लाभ होस् हामी जस्ता युबाहरु बिदेशीको दासहुनु नपरोस र यस खाडी मुलुकको गर्मीमा काम गर्न नपरोस धन्यवाद

- dhruba thapa : sindhupalchok batase7kitine

अध्यक्ष बन्नु भएकोमा खड्काज्युलाइ बधाइ । सिन्धुमा टुकी संघले अझै धेरै प्रगति गरोस् ।

- नारायण बस्नेत : धुस्कुन २ सिन्धुपाल्चोक


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box