Air Ticketing in Nepal Contact to Merosindhu.com

सिने संसार

प्रिमियर भयो 'दीप शिखा'

2010-09-10 01:48:24 | मेरो सिन्धु

  काठमाण्डौ, २४ भदौ

हिरोइनले लेखेको र निर्देशक नरेश पौडेलले बनाएको चलचित्र "दीपशिखा"  बिहिबार साँझ प्रिमियर गरिएको छ ।  काठमाण्डौको कमलपोखरी स्थित कुमारी सिनेमा घरमा विभिन्न चलचचित्रकर्मीको माँझ सो चलचित्रको प्रिमियर गरिएको हो ।

प्रिमियरमा एमाले नेता रघुजी पन्त, बरिष्ठ हास्यकलाकार द्धोय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य, नायिका करिश्मा मानन्धर उनका पति विनोद, त्यस्तै दर्जनको संख्यामा नायकहरूले प्रिमियरमा सहभागीता जनाएका थिए ।

दर्जन नायक उपस्थित भएको सो जमघटमा नायिकाहरू संख्या भने जम्मा तीन जना मात्र थियो । करिश्मा मानन्धर र "दीप शिखा"  की नायिका अरूणिमा लम्साल र चलचित्र "फष्टलभ" की नायिका निशा अधिकारी बाहेक अन्य नायिकाहरूको उपस्थिति देखिएको थिएन  ।

अन्य चलचित्रको प्रिमियर भन्दा केही फरक नभए पनि  दीपशिखाको प्रिमियरमा दर्जनौको संख्यामा नायकहरू

ले आफ्नो  उपस्थिति जनाएका थिए । निकै अघिका नायक शिव श्रेष्ठ, भुवन केसी, लगायत अहिलेका जल्दा बल्दा नायक  आर्यन सिग्देल, राजबल्लभ कोइराला वीरेन श्रेष्ठ, मुकेश ढकाल, सुवास थापा, हसन खान साथै सोही चलचित्रका नायक द्धोय जीवन लुइटेल र निरज बराल प्रिमियरमा उपस्थित हुदा कुमारी हल हिरो मय बनेको थियो ।

३ घण्टा ५७ मिनेट लामो यो चलचित्र शुक्रबार देखि देशव्यापी प्रदर्शनमा आउदै छ । काठमाण्डौका आधा दर्जन हलमा प्रदर्शन हुने यो चलचित्रको वितरक भने डिजिटल सिनेमा नेपाल रहेको छ ।

लामो भएपनि त्रिकोणात्मक प्रेम कथामा आधार बनाएर निर्माण गरिएको यस चलचित्रको प्रिमियरपछी अधिकाशं सञ्चारकर्मी र कलाकारले चलचित्रले राम्रो ब्यापार गर्न सक्ने आकलन काटेका थिए ।

- filmykhabar.com


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box