खाएका ति कसमहरु तोद्दै छौ रे तिमी
अर्कैसग दिल् चित्त जोद्दै छौ रे तिमी !
दुई मन दुई मुटु एकै भयो भन्थ्योउ हामी
मुटु चुँडाइ त्यो मन अन्तै जोद्दै छौ रे तिमी !
सगै गरेउ कथिन यात्रा जिबनका ति मोडहरुमा
दोबाटोमा एक्लाई मलाई छोड्दै छौ रे तिमी !
जिन्दगीको बगैचामा फुलाएका ति फूललाई भाँची
पराइको दिल्को बारी गोद्दै छौ रे तिमी !
स्वार्थले उब्जाएको अबिश्वासको जालमा परी
विश्वाशको घर हाम्रो फोद्दैछौ रे तिमी !!!
- रामशरण थापा,बतासे-१,सिन्धुपाल्चोक, हाल-अबुधबी यू ए इ