लेख रचना

भैरवकुण्डयात्रा र चोरीको शिकार भएका पत्रकारहरु

2010-08-31 10:20:44 | राजन न्यौपाने

यो मान्छे यस्तो स्वभावको छ, यसको बानी ब्यवहार यस्तो होला भनेर कसैलाई देख्ने बित्तिकै वा पहिलो भेटमा नै भन्न सक्नुहुन्छ तपाईँ ? अनुहार जीउडाल लवाई तथा बोलीको भरमा मात्र मान्छे चिन्न कठिन पर्दो रहेछ। छोटो समयमा नै कसैलाई विश्वास दिँदा समाजमा टाठाबाठामा गनिएका हामी ठूलै क्षति तथा कष्टमा परेको घटनाका बारेमा केही बताउदै छु म।

चोरी गर्ने दिवाक पाख्रीन

कुरा भदौ ६ गतेको हो। भैरवकुण्ड यात्रामा निस्केका हामी सामान्य चिनाजानीकै भरमा उसैमाथि विश्वास गर्दा आफ्नै जिल्लाबासीबाट ठगिन अझ भनौ लुटिएका छौ।

काठमाडौंबाट आफ्नो जिल्लाको धार्मिक तथा पर्यटकिय महत्वको भैरवकुण्ड यात्राका बारेमा सजाएका थुप्रै सपना यसरी चकनाचुर भए कि अहिले पनि पत्याउनै गाह्रो परिरहेको छ। भैरवकुण्डका बारेमा ठूलै रिपोर्ट तयार गर्ने र जिल्लाको पर्यटन विकासमा अझ भनौ सकारले मनाउने भनेको नेपाल पर्यटन बर्ष २०११ लाई सफल पार्नका निमित्त बनाउने भनिएको हाम्रो भैरवकुण्ड बृतचित्र पनि यो चोरीका कारण अधुरो नै रह्यो।

एनबेक्स माउन्टेन टेलिभिजनका लागि सिन्धुपाल्चोक प्रतिनिधि तथा सिन्धुपोष्ट साप्ताहिकका टिका सुवेदी, मेचीकाली डटकम का कुन्दन पराजुली, मेरोसिन्धु डटकमका राजन न्यौपाने सुजन दाहाल र केदार न्यौपाने सहितको पाँच जनाको टोलीमा सहयात्री बनेको केही समयमा नै जिल्लाको गुम्वाथान घर बताउने एक युवकले सँगै सुतेको अवस्थामा राती नै चोरी गरी फरार भएको घटना अरुका लागि पाठ हुनसक्छ र पिडित पक्षका लागि चोर पक्राउ पर्ने माध्यम पनि।

साहसिक तथा रोमाञ्चक ४२०० मीटर उचाईको भैरवकुण्ड यात्राको पिडादायी चोरीको घटना यस्तो छ।

पदयात्रा प्रारम्भ हुने स्थान अरनिको राजमार्गको १०८ किमी स्थित फुल्पिङकट्टी गाविसको लार्सामा भेटिएको अन्दाजी १७/१८ बर्षको मंगोलियन अनुहारको केटाले चोरी गरेको हो। यसअघि नै २ पटक भैरवकुण्ड पुगिसकेको त्यस केटाले हाम्रो टोलीमा सहज रुपमा घुस्ने मौका पायो किनकी यो यात्रा हाम्रो लागि नितान्त नयाँ तथा समयका हिसाबले ढिला पनि भईसकेको थियो। एउटै ठाँउमा पुग्ने भएकाले र यस अघि पनि यात्रा गरिसकेको साथीसँगै जान तयार हुनुले हामीले उसमाथि साथीको व्यबहार गर्नु स्वभाविक पनि हो।

दिवाक पाख्रिन नाम बताउने त्यस ब्यक्तिले नारायणगढबाट घर फर्कको र भैरबकुण्ड पनि पुग्ने र त्यतैबाट घरजाने कुरा गरको थियो। जलबिरेको मोटरबाटो पहिरोले अबरुद्ध हुँदा लार्सा दुगनागढी बगाम हुँदै घर जान सकिने कुरा पनि बताएकोले त्यसको घर लिस्तीको गुम्बा नभई गुम्बा गाविस हुनसक्ने बुझिन्छ। उसले आफ्नो घर चनौटेबाट २ घण्टा जतिमा पुग्ने पनि बताएको थियो। करिब २ घण्टा हिडेपछि हामी दुगुना गाँउ पुग्यो। दुगुना सुन्दर शेर्पा बस्ती हो। हामी पदयात्राका क्रममा पेइङ गेस्टका रुपमा बस्न मिल्ने माया शेर्पाको घरमा त्यसै केटाको सल्लाहले बास बस्यौ। बेलुकाको खाना खाएर हामी थाकेकोले सुत्यौ पनि। दुर्भाग्य हाम्रो यात्रामा सहभागी बनेको त्यो केटा हाम्रो झोला, क्यामेरा,खानेकुरा, कपडा तथा लगाएको जुत्तासमेत सबै चोरेर राती नै भागेछ। सामान चोरीएको बिहानमात्र थाहा भयो र प्रहरीलाई खबर गर्ने प्रयास गरियो। दुगुना आसपासमा नेटवर्कको खराबीका कारण टेलिफोन तथा मोबाईलले काम नगर्दा बिहान १० बजेतिर मात्र प्रहरीलाई खबर पुग्यो। भैरबकुण्ड सम्म बास बसेको घरबेटीले दिएका थोत्रा जुत्ता तथा बचेका केही कपडाको भरमा हामी भैरबकुण्डसम्मको यात्रा कष्टका साथ पुरा गरी फर्केका छौ।

साथीका हिसाबमा खिचिएका उसका फोटोहरुले प्रहरी तथा अन्य मानिसलाई चोरी गर्ने त्यस मानिसलाई चिन्न र पत्ता लगाउन सजिलो पर्नेछ भन्न‍े विश्वास छ।

सिन्धुपाल्चोकका युवाहरु यसरी विकृत बाटोमा हिडिरहने हो भने हामी आफूलाई जिल्लाबासी भएकोमा घृणा लाग्ने स्थितिसम्म आउने छ। यसरी अरुका चोरी डकैतीका समाचार लेख्नेहरु नै चोरीको बिषय बनेको यस स्थितिमा आम पाठकहरुले पनि यस परिस्थितिबाट केही पाठ सिक्नुहुनेछ र तस्वीर तथा नामका आधारमा चोरी गर्नेलाई पक्राउ गर्न मद्दत पुग्नेछ भन्ने आशा छ। तपाईले चोरीमा संलग्न दिवाक पाख्रिन नामको त्यस व्यक्तिका बारेमा जानकारी छ वा पाउनुभयो भने नजिकैको प्रहरी वा टिका सुबेदी ९८४१९८९०८७ वा राजन न्यौपाने ९८४१४०८७२० अथवा जिल्लाका जो कोहि पत्रकारहरुलाई खबर गर्न सक्नुहुनेछ।

सम्बन्ध अघि बढाउनु पहिला राम्ररी सोच्नु र हरेक मानिसमाथि सहज विश्वास नगर्नु नै बर्तमान देशको परिस्थिति अनुरुप सबैका लागि कल्याण हुने देखिन्छ।

प्रतिक्रियाहरु

बडा दुख लग्यो फेरी पनि यस्तो घटना नदोहोरियोश भनि सम्पूर्ण सिन्धुबाशिलाई आग्रह गर्दछु !

- Naresh Kumar Lama : saudi arabia

किन यस्ता छन् जिल्लाबाशीहरु अनि कसरि चल्छ ......

- रबिन श्रेष्ठ चंचल : कदमबास-९ सिन्धुपाल्चोक

म र मेरो सिन्धुपाल्चोक भनेर ठाडो शिर पर्ने दिन कहिले आउला................

- Deepa Shrestha : Tauthali, Sindhupalchok

सिन्धुपाल्चोकमा प्रायजसो यस्तै घटनाहरु सुनिन्छन जसले जिल्लाको बदनाम भैरहेको छ , सम्बन्धित निकायको समयमा नै ध्यान जाओश .......................

- Prakash Shrestha : Tauthali, Sindhupalchok

बडा दुख लाग्यो!

- Rajendra Aryal : Thakani -2, Sindhupalchowk


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box