चौतारा, १४ भदौ
नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकको सभापतिमा पुनः मोहनबहादुर बस्नेत विजयी भएका छन् । आइतबार राति सकिएको मतगणनाअनुसार बस्नेतले ४ सय ४ मत ल्याएर आफ्ना
प्रतिद्वन्द्वी भूपेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् । गएको साउन २७
गते कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि आइतबार नेपाली काङ्ग्रेसको जिल्ला
अबिधेशन भएको थियो ।
यसैबीच नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सभापति तारानाथ दाहालले नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । । सदरमुकाम चौतारामा पत्रकार सम्मेलन गरेर सभापति दाहालले यहि असोज १ गतेदेखि राजधानीमा हुने नेपाली काङ्ग्रेसको १२ औँ महाधिवेशनका लागि केन्द्रीय सदस्यमा आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकबाट उम्मेदवारी घोषणा गरेका हुन् ।