स्थानिय समाचार

अझैँ सुचारु हुन सकेन खरी ढुङ्गा उद्योग

2010-08-26 02:01:30 | मेरो सिन्धु

बाबुराम शर्मा
खरिढुङ्गा , ८ साउन
दोलखाको लाकुरीडाँडा गाउँ विकास समिति-७ मा स्थापना भएको ८० वर्षे आयोजना भनिएको नेपाल ओेरिन्ड म्याग्नेसाइट कम्पनी खुलेको १० वर्ष नबित्दै बन्द भएको छ । उत्पादित वस्तुले उचित बजार नपाएको तथा लगानीकर्ताबीच विवादसमेत भएकाले उद्योग बन्द हुन पुगेको बताइन्छ ।

तीन अर्ब ५९ करोडको लगानीमा २०३६ सालदेखि सञ्चालनमा आएको उद्योगमा नेपाल सरकारको ७५ प्रतिशत, भारतीय कम्पनी उडिसा एन्डस्टि्रज लिमिटेडको साढे बाह्र प्रतिशत र नेपाली लगानीकर्ता मोहनगोपाल खेतानको साढे बाह्र प्रतिशत लगानी रहेको छ । भारतीय लगानीकर्ताले आˆनो लगानीको शेयर तीन करोड ७५ लाख फिर्ता मागेको र नेपाल सरकारले भने चुक्ता गरिसकेको जनाएको छ । नेपाल सरकारले उद्योगमा बढी शेयर लगानी गर्ने मोहनगोपाल खेतानलाई उद्योग सञ्चालन गर्न लिएको थियो तर उहाँको देहवसान भएकाले कार्य अगाडि बढ्न नसकेको बताइन्छ ।

त्यहाँको म्याग्नेसाइट तथा खरी प्रशोधनको लागि लामोसाँगुसम्म पुर्‍याउन २०४० सालमा १६ करोडमा ८७ वटा रोप वे निर्माण गरिएकोमा ती रोपवेहरू सञ्चालन गरेको एक हप्ता नबित्दै बिगि्रएपछि थन्किाएका छन् । मर्मत गर्नुको सट्टामा कम्पनीले महँगोमा टि्रपरमार्फत खरी अेासार्ने गरेको छ । जापानबाट ल्याएका रोप-वे सामान भारतको कोल्कातामा ल्याएर साटेर नक्कली सामान ल्याएका कारण बिगि्रएको हो । सामान साटेर एकदुई व्यक्ति र कम्पनी मोटाए होलान् तर सिङ्गो राष्ट्रलाई नै डुबाएको स्थानीय खानी सरोकार समिति संयोजक वेदबहादुर केसीले आरोप लगाउनुभएको छ ।

यो उद्योगमा रोव-वे मात्र होइन खानी क्षेत्रमा निर्माण गरिएका अन्य भौतिक संरचनाहरू पनि बेवारिसे भएका छन् । करोडौंका सामानहरू खिया लागेर बिगि्रएका अवस्थामा छन् । खानी परिसरमा चार डोजर, १२ टि्रपर र होल खोप्ने तीनवटा मेसिन अलपत्र अवस्थामा देखिन्छन् ।

उद्योगका भौतिक संरचनामध्ये एक नम्बर कोलोनीमा रहेका भवनहरू नेपाली सेनाको बर्दबहादुर गण बसेको छ । मुख्य साइट कार्यालय परिसरमा थोत्रा गाडीहरू राखिएका छन् । आजभोलि चार/पाँच जना चौकीदार मात्र त्यहाँ भेटिन्छन् । उद्योग सञ्चालनमा रहँदा पाँच सय कर्मचारी तथा दुई हजार मजदुर रहेकामा व्यवस्था मिलाउन अहिले ४४ जना सुरक्षाका लागिसहित ६८ कर्मचारी रहेका छन् । कतिपय भौतिक संरचना भग्नावशेषमा परिणत भएका छन् । द्वन्द्वका क्रममा माओवादीले सवारी साधन र केही भवनमा आगजानी गरेका थिए । तत्कालीन सरकारले ओरिन्ड म्याग्नेसाइटलाई २०५९ सालमा रुग्ण उद्योग घोषणा गरेको थियो । हाल कम्पनीमा सुरक्षाका लागि ४४ जनासहित ६८ जना कर्मचारी कार्यरत छन् ।

स्थानीयहरूका अनुसार २०५८ सम्म खानीबाट म्याग्नेसाइट निकालिएको थियो । यो अवधिमा लाखौं टन म्याग्नेसाइट र सोही परिमाणमा खरी उत्खनन गरी नमुना परीक्षणकै नाममा विदेश निर्यात गरिएको थियो । अझै पनि खानीमा एक हजार आठ सय टन म्याग्नेसाइट रहेको अनुसन्धानकर्ताले बताएका छन् । तर ३० वर्ष बितिसक्दासमेत व्यवस्थित रूपमा खानी सञ्चालन गर्नेतर्फ सरकार र सम्बन्धित निकायको चासो नगएको स्थानीयवासीको गुनासो रहेको छ । सरकारले कम्पनीलाई खरी र म्याग्नेसाइट उत्खनन गर्ने अधिकार दिएको छ ।

कुनै पनि खानी परीक्षणको अवधि कति हुन्छ ? एक/ दुई वर्ष, पाँच वर्ष । तर यहाँको नेपाल ओरिन्ड म्याग्नेसाइट खानी ३१ वर्षसम्म नमुना परीक्षणकै नाममा लाखौँ टन खरी तथा म्याग्नेसाइट लगेर सरकारलाई पनि झुक्याइरहेको छ । तर यसको गुणस्तर कस्तो रहृयो भन्ने बारे कसैलाई पत्तोसमेत नभएको स्थानीय खानी सरोकार समितिका संयोजक केसीको दुखेसो छ । यो खानीका बारेमा स्थानीय निकाय त बेखबर छँदैछ, उद्योग मन्त्रालय र खानी विभागलाई पनि पत्तो छैन । तर खानीबाट खरी निरन्तर नमुना परीक्षणकै नाममा उत्खनन भइरहेको छ ।

लाँकुरीडाँडा गाविस र त्यस आसपासमा ३८ वर्ष अघि पत्ता लागेको खानी २०३६ सालमा स्थापना गरिएको थियो । उद्योगले स्थानीयवासीलाई छ सय रोपनी जग्गाको मुआब्जा तिरे पनि जबर्जस्ती चार हजारभन्दा बढी क्षेत्रफलबाट अव्यवस्थित रूपमा म्याग्नेसाइट, खरी निकालिएको छ । ती खनिज पदार्थ उत्खनन गर्दा निस्किएको माटो जथाभावी ˆयाँक्दा भू-क्षय भई खानी आसपासका सयौं नागरिकहरू प्ा्रभावित भइरहेका छन् भने कयौं खेतबारीविहीन भएका छन् । कतिपय घरबारी छाडेर हिँड्न बाध्य भएका छन् ।

कम्पनीले पछिल्लो चरणमा अधिग्रहण गरेको जग्गाको मुआब्जा जग्गाधनीले पाउन सकेका छैनन् । खानी पीडित सरोकार समितिका अध्यक्ष केसीका अनुसार उद्योग स्थापना हुनु पूर्व खरी ढुङ्गामा बसोबास गर्दै आएका ७० घरपरिवारको छ सय रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी दुई हजार पाँच सयका दरले दिइएको थियो । पछि अधिग्रहण भएको तीन हजार चार सय जग्गाको मुआब्जा नपाएको स्थानीयवासी बताउँछन् । जग्गाको मुआब्जाको विषयमा पटकपटक जिल्ला प्रशासन कार्यालय र नापी कार्यालयमा धाउँदासमेत केही पाउन नसकेको उनीहरूको गुनासो रहेको छ । बहुमूल्य खनिज रहेको जग्गा कवाडीकै मूल्यमा गएकाले स्थानीयवासी अहिले आफैं समस्याग्रस्त अवस्थामा परेका छन् ।

उद्योगभन्दा केही तल बसोबास गर्दै आएका स्थानीयवासी उद्योगबाट फालिएको माटोले खेतीयोग्य जमिन पुरिनुका साथै पहिरोबाटसमेत विस्थापित भएका छन् । स्थानीय फुर्वा तमाङ भन्नुहुन्छ, केही घरहरू त बस्नै नहुने भएका छन् । हाम्रो समस्या हेरिदिने कोही भएन ।

कम्पनीका निर्देशक भट्टराईका अनुसार होल खोप्ने तीनवटा मेसिन द्वन्द्वकालमा जलेकाले माटो व्यवस्थापन गर्न समस्या परेको छ । खरी निकाल्दा निस्केको माटो व्यवस्थापन गर्न नसक्दा भू-क्षय हुने भएकाले एक वर्षदेखि खरी निकाल्न पनि बन्द गरिएको छ ।

म्याग्नेसाइट उद्योगबाट लाँकुरीडाँडा गाविसको-७, बोच गाविसको-१, मागापौवा गाविसको-४, भीमेश्वर नगरपालिकाको-५ र सिन्धुपाल्चोक जिल्लाको जेठल गाविसका जनता प्रभावित भएका छन् । कम्पनी स्थापना गर्दा स्थानीयवासीहरूका लागि शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता कुरामा सहयोग गर्ने प्रतिबद्धता गरिएको भए पनि ती कुरा पूरा हुनुको सट्टा उल्टै दुःख पाएको स्थानीय नजरमान तामाङ गुनासो गर्नुहुन्छ ।
-गोरखापत्र

प्रतिक्रियाहरु

नमस्ते सबै सिन्धु परिवारमा ................. धेरै राम्रो समाचार प्रकाशन गर्नु भएको मा हामी सबै आभारी छोउ अनि please keep it up

- Abshar Shakya : Bagdad Iraq


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box