तोया दाहाल, कुवेत, ९ भदौ
नेपाली दुतावास कुवैतले बुधबार एक विज्ञप्ति प्रकाशित गरी हराएकी महिला खोजीका
लागि सुचना जारी गरेको छ । २००६ मा रोजगारीको शिलशिलामा दिल्ली हुदै कुवैत
आएकी सिम्पल काभ्रे स्थित बेसरी २ सिन्धुपाल्चोक घर भएकी महिला समाई
लमिनी हराईरहेको जनाएको छ । हराएकी महिलाको छोरा कुमार तामाङ्गले
दुताबासमा गुहाँर मागे पछि दुतावासले यसरी सार्वजनिक महत्व र चासोको विषय
बनाएर सुचना जारी गरेको हो ।
सुचनामा कसैले ती महिलालाई देखे वा
भेटेको भए निज महिलाको छोरा कुमारको टेली फोन नं ६५६०२३७४ र ६५६५४४२७ मा वा
दुतावासको टेलीफोन नं २५२४३२५४ तथा २५२४३२५७ मा खवर गर्न अनुरोध गरेको छ ।
हराएकी महिलाको पासर्पोट न २६९०६० रहेको सुचनामा उल्लेख छ ।
- nepalkuwait.com