प्रवासी समाचार

यूएईमा दुई महिला शारीरिक तथा मानसिक यातनाको शिकार

2010-08-21 10:40:37 | मेरो सिन्धु

४५ जना नेपाली बिचल्लीमा परेको समाचार यूएईमा नेपालीहरूबीच चर्चामा रहेकै बेला शारजाहको एक स्थानीय नागरिकको घरमा हाउसमेडको रूपमा काम गर्ने दुई नेपाली महिला भागेर सहयोगका लागि समाजसेवीहरूलाई गुहारेकी छन् ।

सुनिता तामाङ नाम गरेकी समान नाम र थरका दुवै युवती गत पाँच महिनाबाट एक इमाराती नागरिकको घरमा काम गर्दै आएकी थिइन् ।

सिन्धुपाल्चोक मेलम्चीकी १९ वर्षीया सुनिता तामाङका अनुसार घर माल्किनले उनीहरूलाई पटकपटक मानसिक यातना दिंदै आएकी र आफूले पाउने तलब पनि नदिएकीले घर छोडेर भाग्न बाध्य भएकिछिन् । १४ महिनाअघि मात्र साउदी अरबबाट फर्केकी सुनिता नेपाली महिलाहरूलाई अरबतिर नआएको बेस भन्छिन् ।

त्यस्तै दोलखा दुधपोखरीकी १६ वर्षीया सुनिता तामाङ (िघसिङ) आफ्नो भिनाजुले चिनेको आशा तामाङ भन्ने म्यानपावर एजेन्टमार्फत् यूएई आएकी हुन् । उनलाई घर माल्किनले घरमा पालेको खरायोलाई विष खुवाएर मारेको आरोप लगाएर शारीरिक यातना दिएको बताउँछिन् ।

एउटै घरमा काम गर्ने यी युवतीहरूलाई घर माल्किनले लगभग चार महिनाबाट तलब नदिई दिनरात काममा लगाएको बताउँछन् दुबै । दुबै घर माल्किनको हप्की र हेपाइले शारीरिक र मानसिक दुबै रूपमा पीडित छन् ।

सिन्धुपाल्चोककी सुनिता तामाङ भन्छिन्, "घर माल्किनले कम्प्युटर बिगारिस् भनेर मेरो तीन महिनाको तलब कट्टा गरिन् ।" "कहिले गिलास फुटेको भनेर तलब काटि्छन्, कहिले भाँडाकुँडा फोहर पारी मेरो बच्चाको स्वास्थ्य बिगारिस् भनेर तलब काटि्छन् त्यो घर माल्किन्  । र, पटकपटक मलाई कुटपीट गरेकिछिन्" भन्छिन् दोलखाकी सुनिता तामाङ ।

गए बुधबार घर माल्किन घरमा नरहेको मौका छोपी दुबै सुनिता घर छोडेर शारजाहको अञ्जान सडकमा दगुर्छिन् सहाराको खोजीमा । त्यो घरको नजिकै काम गर्ने एकजना नेपालीले कलिलो उमेरका दुई युवतीलाई भयभित मुद्रामा हिंडिरहेको देख्छन्, सोधपूछ गर्छन् र पुर्‍याउँछन् उनीहरूलाई नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष शंकर ज्ञवालीकहाँ । पत्रकार ज्ञवालीले गैर आवासीय नेपाली संघ यूएईका उपाध्यक्ष शेषनारायण झामार्फत् बरदुबईस्थित नेपाली रेष्टुरेन्टकी सञ्चालिकाको घरमा बास बसाउँछन् । ज्ञवाली भन्छन्, "नेपाली महिलाहरू जताततै बिचल्लीमा परेको देखिन्छ । यी दुई महिलालाई नेपाली दूतावासमा पठाएर उद्धार गर्ने बन्दोबस्त मिलाइएको छ । नेपाली महिला समाज यूएईले यस कार्यमा चासो लिएको छ । दूतावाससँग कुराकानी भएको छ । यिनीहरूलाई दूतावासको महिला उद्धारकक्षमा राखेर नेपाल फिर्ता पठाउने चाँजो मिलाइने छ ।"

महिलाहरूलाई एजेन्टले ठग्ने गरेको भनिन्छ । तर, यी दुई महिलाले एजेन्टमाथि कुनै दोष लगाएका छैनन् । "एजेन्टले उनीहरूको उद्धारका लागि घर माल्किनलाई पटकपटक फोन गरेको भएता पनि माल्किनले फोन उठाइनन्", भन्छन् पीडित तामाङ युवतीहरू ।

तर १६ वर्षे युवतीलाई नेपालमा स्थानीय अधिकारीले १८ वर्षको उमेर बनाई राहदानी बनाएको यो उदाहरण कानूनलाई पचेको छ त ? कलिलो उमेरका यी महिलाहरूको पीडाको दोषी को त ?

Source:NepalDubai

प्रतिक्रियाहरु

के गर्नु हामी नेपाली को कर्म जता गयापानी नेपाली लै सबैले हेप्छन अनि क गर्नु बिचार यिनीहरु जस्तै कति नेपाली चेली हरु खाडीको मुलुकमा आफ्नो शरीर बेच्न बाध्य वयाकन छन् यसोको लागि नेपाल सरकार ले केहि गर्नु आबस्यक छ

- sagar : Sindhupalchok,thulosiruwari-9daduwa hal dubai


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box