बाह्रबिसे २ भदौ,
अमेरिकी डलरसहित ५ जनालाई आज सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसेबाट खासा जाँदै गरेको बा १ च ६११२ नम्बरको कारमा सवार उनिहरुलाई २ लाख ७० हजार ३ सय अमेरिकी डलरसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
चेक जाँचको क्रममा रामेछाप घर भएका पूर्णबहादुर मगरको झोलामा डलर फेला परेपछि कारमा सवार दुई जना चिनिया नागरिकसहित अन्य तीन जना नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मगरसहित, सिन्धुपाल्चोक घर भएका कार चालक भिमसेन श्रेष्ठ र काठमाडौँ घर भएका कृष्ण थापा तथा अन्य २ जना चिनिया नागरिक रहेका छन् ।