सिपाघाट १ साउन
इन्द्रावती नदी क्षेत्रको वातारण संरक्षण गर्न स्थानीय बासिन्दाले प्रशासनसँग माग गरेका छन् ।
नदीकिनारामा आवश्यकभन्दा बढी क्रसर उद्योग सञ्चालन हुँदा वातावरणमा असर
परेको भन्दै स्थानीय बासिन्दाले आन्दोलनको चेतावनी दिएका छन् ।
महादेवस्थान र गैरबिसौना देउपुरका बासिन्दाले इन्द्रावती संरक्षण समिति गठन गरेर क्रसर उद्योग हटाउन माग गरेका हुन् । उनीहरूले इन्द्रावती नदीको वातावरण संरक्षणका लागि नीति बनाउनुपर्ने, नदीको सीमांकन वैज्ञानिक ढंगले गर्नुपर्ने, टि्रपरका लागि वैकल्पिक मार्गको व्यवस्थापन गर्नुपर्नेलगायतका मागसमेत राखेका छन् । स्थानीय बासिन्दाले सिपाघाटदेखि महादेवस्थासम्म सञ्चालनमा रहेका आठ क्रसर उद्योगका कारण नदी गहिरिँदै गएको र आसपासका क्षेत्रमा भूक्षयको खतरा रहेको पनि बताएका छन् ।