राष्ट्रिय समाचार

अश्लिल फोटो खिच्ने फोटो स्टुडियोका सञ्चालक पक्राउ

2010-08-14 22:48:40 | मेरो सिन्धु

माधब अर्याल
पाल्पा, २९ श्रावण
अश्लिल फोटो खिच्ने तानसेन स्थित एक फोटो स्टुडियोका सञ्चालक शनिवार पक्राउ परेका छन् । तानसेनकै एक विद्यालयमा कक्षा १० पढ्ने एक छात्राको अश्लिल तस्विर खिचेर फेसबुकमा राखेको आरोपमा बडिज्ञानटोलका प्रतिभा फोटो स्टुडियोका सञ्चालक दुर्गालाल श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनलाई स्टुडियोमा फोटो खिचाउन आउदा अश्लिल फोटो खिचेको आरोप छ । १७ वर्षीय स्कुले छात्राको स्तन र संवेदनशिल अंग देखि अश्लिल तस्विर खिचेको आरोप छ । खिचिएकिा तस्वीर फेसवुक मार्फत् सार्वजनिक भएपछि प्रहरीले उक्त तस्वीरलाई अध्यन गरेको थियो ।

श्रेष्ठले आफुले उक्त तस्वीर खिचेपनि फेसबुकमा भने नराखेको प्रहरीलाई बताएका छन् । उक्त तस्वीर तानसेनका युवाहरुको मोवाईलमा छ्यापछ्याप्ती देखिएका छन् ।

बसपार्कमा रहेको कलर ल्याबले आफूबाट ती तस्विर लगेको उनले बताए । प्रहरीले कलर ल्याबका सञ्चालकलाई नियन्त्रणमा लिई छानबिन प्रक्रिया अघि बढाउने बतायो । छात्राका आफन्तले दोषीलाई कारवाही गर्न माग गर्दै प्रहरीमा लिखित उजुरी दिएका छन् ।

प्रहरी नायव उपरिक्षक पवन कुमार गिरीले दोषीलाई कानुन बमोजिम कारवाहि गरिने बताए । फोटो स्टुडियो संचालकलाई प्रारम्भिक अनुसन्धानको लागि नियन्त्रणमा लिएको उनले बताए ।

- ekantipur

प्रतिक्रियाहरु

अरु जिल्लाको खबर पढ्न पौनुपानी राम्रै कुरा हो कम्तिमा फोटो स्टुडियो संचालाकता सचेत हुन्छा त्यो केटिसंग केहि रिसिबी हुनुपर्छा त्यसैले फोटो अनिमेसन गरेर उसको बेइजत गरेको हो.

- Sanumaya lama : Sindhupalchok,Attarpur-9

थिस इस सो अश्मेदफुल.

- nishant luitel : biratnagar-11 amartol

हाल नेपाल मा पनि पश्चिमी मुलुक को हावाले छोयको छ .बिकृति फैलनु को कारण मोबइल .अनि अलि हाम्रो चेलीबेटी को लापरबाही पनि होजस्तो लाग्छ !

- Raj Dhungana : abudhabi UAE

+बास्तब होला पनि किन कि नेपाल मा तेस्ता घटना घटेको छ! किन भने मोबइल र कमेरा को कारण ले गर्दा हो!

- bikash : sindhupalchok

सिता जी समाचार भने को सबै नेपाल को हुनुपर्छ ता कि कुन जिल्ला मा के भको रहेछ भन्ने थाहा हुनेछ सिन्धु बासी ले

- बाल कृष्ण ठकुरी : फुल्पिङ डाँडा 6 गुर्धुम काभ्रे

तानसेन को समाचार मेरो सिन्धु मा पनि . ओक समाचार आउनु नराम्रो होइन तर जिल्ला को समाचार नभयर त होइन्?

- sita thapa : sangachok-7


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box