राष्ट्रिय समाचार

एसएलसी पुरक परीक्षा सुरु

2010-08-14 22:15:20 | मेरो सिन्धु

मकर श्रेष्ठ
भक्तपुर, ३० साउन
२०६७ को एसएलसीमा दुई बिषयमा अनुतिर्ण विद्यार्थीले आइतबारदेखि पुरक परीक्षा दिदै छन् । आइतबार अंग्रेजी बिषयको परीक्षा भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उप नियन्त्रक अम्बिका रेग्मीले अङग्रेजी बिषयमा पचपन्न हजार एक सय १८ परीक्षार्थी सहभागी रहेको जानकारी दिए ।

सबै बिषयमा पुरक परिक्षा दिने एक लाख तीन हजार सात सय ११ विद्यार्थीका लागि दुई सय ३४ सेन्टर तोकिएको उनले बताए । सबै भन्दा धेरै  अग्रेजी, त्यसपछि  गणितमा ४६ हजार ६ सय २० जना, विज्ञानमा २७ हजार एक सय चार जना छन् । आजदेखि सुरु भएको परीक्षा ६ गतेसम्म चल्नेछ । बिदाको दिन पनि  परिक्षा हुने रेग्मीले बताए । परीक्षा दिने सबै भन्दा बढी कैलालीमा ३ हजार ९ सय ७६ र सबै भन्दा कम मुस्ताङमा १५ जना सहभागि छन् ।   


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box