जिल्ला विकास समिति सिन्धुपाल्चोकले जिल्लाको समग्र गतिविधि समेटिएको पुस्तक सिन्धुपालचोक जिल्ला पाश्र्वृ चित्र २०६७ हालै प्रकाशन गरेको छ । यहि साउन १८ गते एक समारोहका बीच प्रमुख जिल्ला अधिकारी श्री हरिकृष्ण उपाध्यायले उत्तः पुस्तक सांर्वजनिक गनुर्भएको थियो । पुस्तक र्सार्वजनिकिकरण गर्दै प्रमुख जिल्ला अधिकारीले यो पार्श्वचित्रले जिल्लाकोबारेमा जान्न चाहने सबैलाई फाइदा पुग्ने बताउनु भयो । कार्यक्रममा स्थानीय विकास अधिकारीले जिल्ला विकास समितिले लामो समय पश्चात प्रकाशन गरेको यस पुस्तक बहुउपयोगी बन्न सक्ने धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा पुस्तकमा समेटिएको विषयवस्तुको बारेमा सूचना अधिकृत राजेन्द्रप्रसाद प्याकुरेलले प्रकाश पार्नु भएको थियो ।
२ सय ६० पेजमा संग्रहित यस पुस्तकको पहिलो भागमा पार्श्व चित्र परिचय, दोश्रो भागमा जिल्लाको संक्षिप्त परिचय, तेस्रो भागमा जनसंख्या, भाषा, धर्म, जातजाति, महिला, अपाङ्ग, त्यसै गरी चौथो भागमा कृषि, पशुपालन तथा रोजगार पाचौं भागमा उद्योग, वन तथा भू-संरक्षण, छैठौ भागमा शिक्षा तथा स्वास्थ्य, सातौ भागमा उर्जा तथा जलस्रोत समेटिएको छ । त्यसैगरी आठौं वित्तीय तथा सहकारी संस्था, नोवौ भागमा यातायात, सूचना तथा सञ्चार, दशौं भागमा जिल्लामा कार्यरत् विभिन्न संघ, संस्थाहरु, एघारौं भागमा जिल्लास्थित पर्ूव तथा वर्तमान जनप्रतिनिधिहरु, बाह्रौं भागमा निर्वाचन विवरण एवम् कार्यालयहरु समेटिएको छ । त्यसैगरी तेह्रौं भागमा साहित्य, कला, संस्कृति, मनोरञ्जन तथा व्यक्ति/व्यक्तित्व, चौधौं भागमा शान्ति सुरक्षा, न्याय सेवा र मानवअधिकार, पन्ध्रौ भागमा विविध विषयहरु समेटिएको छ । विकास सम्भावना र चुनौतिहरु समेत समेटिएको यस पुस्तकमा १२ वटा श्रोत नक्शाहरु समेटिएको छ ।
पुस्तक जिल्ला विकास समिति, सूचना तथा प्रकाशन शाखाबाट उपलब्ध गर्न सकिनेछ । पुस्तकको संस्थागत रु. ५०० र व्यक्तिगत रु. २५० शुल्क निर्धारण गरिएको छ ।