चौतारा २७ साउन
नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला अधिवेशन चौतारामा भईरहेको
छ। जिल्लाका ७९ गाविसहरुबाट चुनिएर आएका ७४० प्रतिनिधिहरुले अध्यक्ष, सचिव
तथा कोषाध्यक्ष गरी तीन जना छान्दैछन्।
अध्यक्ष पदमा मोहन बहादुर बस्नेत, भुपेन्द्र थापा र विकास लामा भिड्दै छन् भने सचिव पदका लागि चेत प्रसाद घोरासैनी, कृष्ण प्रसाद न्यौपाने, मधुसुदन सिग्देल र भिष्मप्रसाद भण्डारी चुनावी मैदानमा छन्।
कोषाध्यक्ष पदका लागि देवेन्द्र ब खत्री, हर्क बहादुर तामाङ र कुमार श्रेष्ठको उमेदवारी रहेको छ। संस्थापन र देउवा खेमामा विभाजित यो अधिवेशनमा मोहन बस्नेत र भुपेन्द्र थापाका बीचमा हुने प्रतिस्पर्धालाई जिल्लामा महत्वका साथ हेरीएको छ। जिल्ला समितिका अन्य सदस्यहरु तीनै निर्वाचन क्षेत्रबाट छानिइसकेका छन्।