Air Ticketing in Nepal Contact to Merosindhu.com

सिने संसार

अष्ट्रेलियामा एकैसाथ तीन नेपाली चलचित्र

2010-08-09 04:03:19 | मेरो सिन्धु

पेशल लुइँटेल / मेलवर्न, अष्ट्रेलिया
काठमाडौ, २३ श्रावण
अष्ट्रेलियाका सिनेमाघरहरुमा एकैसाथ तीनवटा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । ग्रेटर युनियन सिनेमा हल अन्तर्गत पर्थ मेलवर्न र क्यानबेराबाट एकैसाथ नेपाली चलचित्र प्रदर्शन गरिन लागिएको ग्रेटर युनियनले जनाएको छ ।

१२ अगष्ट बिहिबारबाट प्रदर्शन हुने ती  नेपाली चलचित्रमा बिकास आचार्यद्धारा निर्देशित नाइ नभन्नु ल पर्थबाट, निरक पौडेलद्धारा निर्देशित कुशुमे रुमाल मेलवर्नबाट र संजय श्रीनिवासद्धारा निर्देशित गड लिभ्स इन दि हिमालयज क्यानबेराबाट प्रदर्शन हुने भएको छ ।

अष्ट्रेलियाका बिभिन्न शहरहरुमा रहेका ग्रेटर युनियन सिनेमा अन्तर्गतका हलहरुमा उक्त तीन चलचित्र दैनिक चार शोमा केही सातासम्म प्रदर्शन हुने भएको हो । अगष्ट १२ तारिख बिहिबारबाट दैनिक रुपमा प्रदर्शन हुने नाइ नभन्नु ल पर्थमा दुइ सातासम्म चल्ने छ । त्यस्तै सोही दिनबाट मेलवर्नमा कुशुमे रुमाल र  क्यानबेरामा गड लिभ्स इन दि हिमालयज प्रदर्शन हुनेछन् ।

यी तीन नेपाली चलचित्रलाई सोलाङ्चर नामक व्यवसायीक कम्पनीले अष्ट्रेलियामा प्रदर्शनका लागि ल्याएको हो । नेपाली सिनेमालाई बिदेशी बजारमा व्यवसायीक विस्तार गर्ने उदेश्यले यस कार्यको थालनी गरेको कम्पनीका डाइरेक्टर रन्जन बैद्यले बताए । उनले भने, 'विदेशमा बस्ने नेपालीहरुका निम्ति मनोरन्जन पनि हुने र नेपाली फिल्मले बिदेशी बजारमा स्थान पनि लिनसक्ने देखेर यस कामको शुरुवात गरेका हौं  ।' सोलाङ्चरले नेपाली दर्शकहरुले रुचाएमा महिनाको एक नेपाली सिनेमा देखाउने लक्ष्य बोकेको छ ।

अष्ट्रेलियाका प्रमुख शहर मेलवर्न, सिड्नि, ब्रिसबेन, क्यानबेरा, एडिलेड तथा पर्थमा नेपालीहरुको बसोबास बढी पाइन्छ । यीनै शहरहरुमा नेपाली फिल्म पालैपालो एक देखी तीन सातासम्म चलाउने सोलाङ्चरले जनाइएको छ । अष्ट्रेलियामा ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान रहेको छ । 

ekantipur.com


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box