चौतारा, साउन २०
नेपाली कांग्रेसको बाह्रौं महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु चयन हुनेक्रम देशैभर जारी
छ। सिन्धुपाल्चोक जिल्लाको तीनै निर्वाचन क्षेत्रबाट १२ जनाको
दरले केन्द्रीय प्रतिनिधिहरु चयन भएका छन् ।
निर्वाचन क्षेत्र नं १ बाट काशिराज बस्नेत सभापति, मोहनबहादुर बस्नेत, प्रेमध्वज लामा, हरिशरण श्रेष्ठ विष्णुबहादुर खत्री, साङ्बु शेर्पा, बलेदव तिमल्सिना, पद्म तामाङ, कुलबहादुर बिक, सूर्य लामा, उर्मिला लामा, राधा भण्डारी प्रतिनिधिमा निर्वाचित भएका छन् भने क्षेत्र नं २ बाट सभापति भुपेन्द्रबहादुर थापा, राजेन्द्रमान ताल्चाभँडेल, विकास लामा, वीरबहादुर तामाङ, श्री लामा, जगबहादुर तामाङ, सुदर्शन आचार्य प्रतिनिधिमा निर्वाचित भएका छन्।
क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनेहरुमा बद्री चौलागाई सभापति, निमाग्याल्जेन शेर्पा, पासाङ दोङ, तारानाथ दाहाल, छिरिङ हेल्मो, पासाङ तेङ्बो, कान्छी भण्डारी, गंगा चापागाई, ज्यानबहादुर तामाङ, लक्ष्मण बराइली, कर्मातोप्चे लामा रहेका छन्।