लेख रचना

नत्र बामपन्थीहरुको तुप्क्याँनमा क्षय हुने छ काँग्रेस

2010-07-30 02:02:03 | अमित घिमिरे

अमित घिमिरे
सुविधाभोगी भएर राजधानीमुखी भएर युवा र विद्यार्थी अनि अग्रजहरुलाई संवोधन गर्न नसकेर काँग्रेस सिन्धुमा मात्र नभै सिगों देशमा अलप प्रायः भैरहेका छन् । राजसी जीवन भोग सत्ता लालसाको लालचले र सधै एकै व्यक्तिको एकाधीकारका कारण नेपाली काँग्रेसलाई जनता कार्यकर्ताबाट पर-पर लगेको निश्चय हो । नीतिगत मामलामा बाघ वुढो भई राख्ने अनि व्यवाहारगत रुपमा जहिले पनि स्याल तन्नेरी बन्ने महारोगले घर गरेको छ-काँग्रेस भित्र । त्यसैले अग्रज काँग्रेसी कार्यकर्ता केन्द्र भन्दा वाहिर स्याल तन्नेरीको ओतमा केन्द्रमा बाघ बुढोको छाँयामा अनि टुरिष्ट काँग्रेसको ओभमा सधै सुस्ताई नै रहे । अगुवा अग्रजलाई सम्बोधन नहुनुले यस कुरालाई यकिन गराउँछ । परम्परागत भन्दा पृथक सोच राख्नेहरुको कदर पनि काँग्रेसले गर्न जानेन् जस्तो लाग्छ । जस्को परिमाण दुई चिराको विभक्ति भयो । मतको कदर नहँुदा फरक मत अलग हुनु स्वभाविकै हो । नमथेको अवस्थामा मात्र दहि जमेर बसेको हुन्छ । मथे पछि घृत घ्यू त सधै पाखा लागिहाल्छ नि । यो नियति काँग्रेसले भोग्यो फलस्वरुप ००७ को भन्दा ०१७ ०४७ ०५१ ०५४ को भन्दा ०६४ को काँग्रसको समुच्चा पहिचान परिर्वर्तित हुदै हुदै गहिरहेको हो । पाटीको एकता सैद्धान्तिक भएता पनि भावनात्मक नभएको वास्तविक सत्यलाई हत्केलाले सूर्य छेके जस्तो गर्नुभएन । हामी एक भैसक्यौ भनेर डिङ् हाक्नेहरु झन् वढी पुर्वाग्राही भएर भावनात्मकरुपमा कि त लघुताभाषले द्रवित वनेका छन् कि त दम्भले अभिमानी समीक्षकहरु यस्तै भन्थ्ये । यो कुराको पुष्टि यति बेला काँग्रेसको अधिवेशनको कोकोहोलोले सावित गरिदिएको समीक्षकहरु भन्न थालेका छन् । गृह काँग्रेसको सिन्धु काँग्रेसको एकीकरण पछिको नजरा देखेर लाग्छ- चर्किएर जोडेको वा भ्वाङ्ग परेको भित्तामा सुन्दर चित्र वा क्यालेण्डरले त्यो तुष छोपे जस्तो । परन्तु जसरी भित्ता पछाडिको चर्काइ दाग वा भ्वाङ्गलाई चित्र र क्यालेण्डरले छोप्छ मात्र त्यसरी जव सम्म सैद्धान्तिक एकताले भावनात्मक पहलुलाइ जित्दैन तव सम्म छोप-छापको वाहिर देख्नेलाई देखाउन; देखावाकालागि छिपाउन गरिएको असफल प्रयत्न मात्र हुनेछ भन्ने कुराको उजागर सभापतिको उम्मेद्वार दावीबाट प्रष्ट भएको छ ।

केन्द्रले २ पटक भन्दा बढी पनि सभापति हुन पाउने प्रवधान राखेपछि सिन्धु काँग्रेसमा ध्रुविकरणको जोड बढेको हो । केन्द्रीय समितिको पछिल्लो विधान संशोधनले सर्वसम्मत् सम्भावनाको आवरणमा बस्नेतको मनमा पदीय लोलुपता जागेकोले उनले सभापतिको दावा गरेका हुन् असलमा बस्नेत बिरुद्ध काँग्रेसभित्र असंन्तुष्टको झुण्ड झुण्ड छन् भन्नेहरुको संङ्ख्या संगै मोहन दाइ बेगर पार्टी चलाउन सक्ने को भन्ने कार्यकर्ता पनि छन् । र अनि अब मोहन दाइले अभिभावकीय भूमिकामा रहनु पर्छ ७३डद्दटण्स अर्को स्वर पनि छ भन्ने यति बेलाको समीक्षक टीप्पणी हो । त्यस्तै फुटपछि पनि संस्थापन पक्षमा रहेर नेतृत्व गरेका नरम पन्थीका नेताबीचमा भन्दा पनि कार्यकर्ता नजिक रहने मानिएका भुपेन्द्र थापा युवा तथा जातिय आधारस्तम्भ भएका मानिएका युवा नेता त्रय विकास लामा हरिशरण श्रेष्ठ निमा ग्याल्जेन शेर्पा बीचको टकराव चर्चामा छ । यसरी दावेदारीता ५ व्यक्तिको भएता पनि अन्नत मैदानमा बस्नेत र थापाको भिडन्त पर्ने स्वयम् काँग्रेस स्रोतको ठहर रहेको छ । तर काँग्रेका खातिर बस्नेत र थापाबीच होस् वा तेस्रो-चौथो-पाँचौबीचको टकराव होस यति बेला घाटा मात्र छ । जिल्लामा काँग्रेसको स्थानलाई र स्थितिलाई मनन् गर्दा अपसी एकता पार्टी जीवनकालागि र अस्थित्वकालागि अपरिहार्य रहेको छ । अतः उनीहरुले टबरावको स्थितिलाई निषेध गर्नु पर्ने देखिन्छ । खासगरी संविधानसभाको चुनाव पछि र त्यस अगाडि पार्टी विभाजनको तुष अनि माओवादी उदयका कारण बचेखुचेको क्षेत्र १ बाट पनि पाखा पारिएको एवम् राष्ट्रमा तेस्रो स्थानमा स्थानकृत भएको काँग्रेसको श्रावण १७ बाट २७ मा सरेको अधिवेशनले र त्यस पछिको कोकोहोलोले उस्लाई जिल्लामा तेजवान तुल्याउँछ वा तेजहीन त्यो पनि उस्कै नेता कार्यकर्ताहरुको विवेकमा निर्भर छ ।

विगतमा विद्यार्थी युवावर्गलाई संगठीत गरेर लैजान नसकेको सिन्धु काँग्रेस तरुण दस्ता सम्म आइपुग्दा निश्चितरुपले जुझारु भएको छ । तर त्यो उत्साहलाई ध्रुवीकृत गरेर कमजोर तुल्याइयो भने काँग्रेस खतरामा पर्ने हुन्छ । अभिभावकीय भूमिका गर्नु पर्नेहरुले विभाजनको तुष मेट्नेदेखि लिएर जिल्लाको प्रतिनिधित्व केन्द्रीय कमिटि सम्म पुर् याउने एकीकृत रणनीतिमा गए भने पुनः काँग्रेस नब्यूँतेला भन्न सकिन्न ।

सतहको वास्तविकतालाई ह्दयंम गरी सिन्धु काँग्रेसले सहमतीयरुपमा मिलेर जानुको राम्रो अर्को विकल्प छैन । यदि यसो गरियो भने उस्को शाख यथावत् रहन्छ । कार्यकर्तामुखी भएर उनीहरुको विवेकलाई नशबन्धी गरेर ह्वीप लगाइएन भने ुखल्तीका मान्छेु को दम्भ अंगिकार गरिएन भने केही आशाका प्ररम्भिकता शुरु होला । हैन लोकतान्त्रिक प्रकृयाको हवला दिदै टाउको गनेर आफ्नै सह-योद्धाको कद काटेर आफ्नो तथाकथित उचाँइ बढाउने तर्फ नेता झुण्ड गुट-गुट बनेर तमासे बने भने जिल्लामा काँग्रेस वामपन्थीहरुको तुप्क्याँनमा िठंगुरी रहने छ । त्यसरी; जसरी ठूलो र विशाल वृक्षमुनिको ओतमा तुप्क्याँनमा झार क्षय भएको हुन्छ ।

तसर्थः विगत-आगत सबैको आत्मसमीक्षा िसंहावलोकन गरेर पुरै पारदर्शीताका साथ सबैलाई आफ्नो राय-सुझाव भनाई सुनुवाइको मौका दिएर आवश्यकताको सिद्धान्त त्याग समर्पण सुदूर नाफा-घाटाको रणनीति तय गरी मजबुतीको शिखर तर्फ लागोस् । फगत पदीय लोलाुपतामा लुप्त भएर विवेकको आँधो बन्दै विग्रहको कहर भित्रने मोड नआओस् जिल्ला काँग्रेसको ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box