स्थानिय समाचार

यार्चागुम्बा सङ्कलनबाट राम्रो आम्दानी

2010-07-26 22:21:01 | मेरो सिन्धु

चौतारा १० साउन
सिन्धुपाल्चोक जिल्लाको उच्च हिमाली क्षेत्रका बासिन्दाहरुले यार्चागुम्बा सङ्कलनबाट राम्रो आम्दानी गर्न थालेका छन् । लाङ्टाङ् राष्ट्रिय निकुज क्षेत्रको पेमातल, गुम्बासेत आङले, स्यावल, ज्यूङ, ठूलो नेफम, सानो नेफम, नागपोखरी र भैरवकुण्ड लगायतका ठाउँहरुमा यार्चागुम्बा सङ्कलन गर्ने गरेका छन् । 

यार्चागुम्बा संकलनबाट एक जनाले दैनिक ३० हजार रुपैयासम्म आम्दानी गर्ने गरेको गुम्बा गाविसका जरबहादुर तामाङले बताउनु भयो । गाउँमै प्रति किलो १ लाख रुपैया पाउने भएपछि जिल्लाका गुम्बा गोल्चे लिस्ती भोताङ लगायतका गाविसका बासिन्दाहरु गाउँ नै छाडेर लेकाली क्षेत्रमा जाने गरेको गुम्बा गाविसका स्थानीयवासी विष्णुलाल तामाङको भनाई छ । 

असारको पहिलो हप्ताबाट भदौ महिनासम्म सङ्ंकलन गरेको यार्चागुम्बाबाट वार्षिक २ देखि ३ करोड रुपैया हिमाली क्षेत्रका नागरिकहरुले आम्दानी गर्ने गरेको स्थानीय बासिन्दाहरु बताउँ छन् । तर नेपाली व्यापारीहरु पहिल्याउन नसक्दा यार्चागुम्बा चीनको खासा निर्यात गर्ने व्यापारीहरुले ठग्ने गरेका छन् ।

प्रतिक्रियाहरु

राम्रो हो

- Rajendra Aryal : Thakani -2, Sindhupalchowk


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box