स्थानिय समाचार

बालिका बलात्कारको आरोपमा युवक गिरफ्तार

2010-07-20 20:44:46 | मेरो सिन्धु

साँगाचोक साउन ५ गते
जिल्लाको साँगाचोक गाविस- ५ का २६ वर्षीय लोकबहादुर पुरीलाई ०६७ साउन २ गते सोही ठाँउकी भतिजी नाता पर्ने १० वर्षीया एक बालिकालाई घरमा लगी जबरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ ।

 घरमा पत्नी माइत गएको बेला एक्लै भएकोले साथी पठाइदिनु पर्‍यो भनी असार ३० गतेको बेलुका घरमा लगेर जबरजस्ती गरेको बालिकाका बुवाले बताए । भोलिपल्ट छोरीको स्वास्थ्य अवस्था नराम्रो जस्तो लागेर सोधपुछ गर्दा घटनाबारे थाहा भएको उनले बताए । सो दिन सोधपुछ र सरसल्लाहमै बितेपछि उजुरी दर्ता गर्न नपाएको उनले भने ।

 असार ३२ गते चौतारा अस्पतालमा छोरीको स्वास्थ्य जाँच गराएर साउन १ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको बालिकाका बुवाले जनाए ।

 पीडित बालिका हाल आफ्नै घरमा बसेकी छन् । बालिकाको स्वास्थ्य सामान्य भएको पीडितका बाबुले बताए । पीडक लोकबहादुर गिरीलाई भने साउन २ गते घरैबाट प्रहरीले गिरफ्तार गरी अनुसन्धानको लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर एकनारायण कोइरालाले बताए । inseconline

प्रतिक्रियाहरु

एदी यो घटना साँचो र साबित भयो भने यो अभियौकता लोक बहादुर पुरीलाई कुनै कडा भन्दा कडा कारबाही भएन भने सिन्धिपल्चोक्को न्यायेधिश्ले आफ्नो पुर्खा गएको थान्को बाटो रोजे हुन्छा. ता को यो कारबाही देखेर कुनै दुस्ताको फेरी एस्तो घटना घटाउने आँट न आओस.

- Rabindra lal shrestha : Sangachok,Sindhupalchok (kuwait)

k ho ni yasto ta nepali ta sachaikai kukur nai ho ki k ko . uddash lama now in malaysia

- uddsah lama : sindhupalchok

uneducated, people he is not a man ,he is a gabru like a gobar. 1 ta keti bechne dirstic ma num. One 6 sindhu. Tas mathi balatkar ko sikar vairahaka 6n hamra chali haru. Balatkar ko thau ma khahi chamatkar gharo bhani sindhu ko nam sindhupalchok ta rahan6. Tasaila sochou sathi haru .......,hal goa,india.

- Buddhi dhoj g.c : sindhupalchok

ajae pani baltakar ko sikar parnu vaneko hamro desh ma kanun ko dayara bali yo nahunu ho

- vaskar shrestha : hal patan


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box