प्रवासी समाचार

न्यूयोर्कमा सिन्धुभेला सम्पन्न

2010-07-18 22:17:45 | मेरो सिन्धु

तेम्बा दोङ्बा ह्योल्मो
न्यू योर्क
आफ्नो मातृभूमि तथा गृहजिल्ला सिन्धुपाल्चोकबाट धेरै टाडा अमेरिका जस्तो ठाँउमा आएर नयाँ ठाँउको नौलो बातावरणमा कठिन जीवनयापनको बावजुत पनि आफ्नो मातृभूमि तथा गृहजिल्लाको विकासमा केही टेवा पुर्याउन सकिन्छ कि भन्ने पवित्र उदेश्य लिएर सिन्धु यु एस ए वेल फेर सोसाईटीको जन्म भएको थियो । संस्था जन्म भएको छोटो समयअवधीमै यस सिन्धु यु एस ए वेल फेर सोसाईटीको तदर्श समितिले गतव्ग July 11th, 2010 को  दिन सिन्धु भेला कार्यक्रमको आयोजना गरिएको थियो ।

संयुक्त राज्य अमेरिकाको विभिन्न स्टेटमा बसोबास गरिरहेका सिन्धुपाल्चोक जिल्लाबासीहरुलाई एक अर्कासंग परिचय गराउने र वर्षको एक पटक मात्र भए पनि सम्पूर्ण अमेरिकामा रहेका सिन्धुबासीहरुलाई एकै ठाँउमा भेला गराई जिल्लाको विकासको निम्ति छलफल तथा अन्तरकि्रया कार्यक्रमको आयोजना गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरेको आयोजकले बताए ।

सो भेलामा उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा अतिथिहरुलाई आशन ग्रहन बाट सुरु गरिएको कार्यक्रमलाई अगाडी बढाउने क्रममा सोसाईटीको तर्दशसमितिका संयोजक एवं पूर्व जि.वि.स. सदस्य श्री वंशलाल तामाङले संस्था गठन गर्नुको उदेश्य र संस्थाको औचित्यको बारे मा प्रकाश पार्नु भएको थियो । मन्तव्यको क्रममा तामाङ सोसाईटीका संस्थापक अध्यक्ष एवं जनजाति महासंघ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष श्री सुबास लामाले संस्था स्थाप्न भएकोमा हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको लागि कामना गर्नु भएको थियो । ह्योल्मो सोसाईटी अफ अमेरिकाका अध्यक्ष श्री पेम्बा शेर्पा ह्योल्मोले प्रवासमा रहेतापनि आफ्नो जम्नथलोको लागि केही गर्न सके धेरै राम्रो हुन बताए ।

यसै गरी सिन्धुपाल्चोक क्षेत्र नं। १ का श्री रतन लामाले धरै नसके पनि २ ३ घण्टाको पारिश्रमिक मात्र आफ्नो ठाँउको लागि सहयोग गर्न सके पनि धेरै ठूलो सहयोग पुग्ने बताए । कार्यक्रममा जेनिस शेर्पा गुरुङ जेठी तामाङ रामचन्द्र श्रेष्ठ वर्षा मोक्तन र सिन्धुपाल्चोक जिल्ला गोल्छे गा.वि.स. का हाल सैनिक सल्लाहकारको रुपमा कार्यरत कर्णेल पूर्ण सिल्वाल लगायतका व्यक्तिनत्वहरुले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रमको सभापतित्व गर्नु भएका सोसाईटीका संयोजक श्री वंशलाल तामाङलॆ औपचारिक कार्यक्रमको विसर्जन गर्नु भएको थियो । उक्त कार्यक्रममा सिन्धु यु एस ए वेल फेर सोसाईटीका सदस्य सचिब श्री छिरीङ तोप्के लामा ह्योल्मोले आफ्नो स्वागत मन्तव्यबाट उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गनु भएको थिया कार्यक्रमको अर्को चरणमा छोटो अन्तरकि्रया कार्यक्रम पनि गरिेको थियो र अन्तमा गायक तिलक श्रेष्ठको संगितिक प्रस्तुति तथा अन्य मनोराजन कार्यक्रम र डि जेका साथ सिन्धु भेलाकोसमापन गरिएको थियो । कार्यक्रम संचालन श्री साङदोर्जे शेर्पाले गर्नु भएको थियो भने क्षेत्र नं। ३ का संयोजक श्री दावा ल्होबा ह्योल्मोले धन्यबाद दिनु भएको थियो । dcnepal.com

प्रतिक्रियाहरु

धेरै टाढा भएर पनि आफ्नो मात्रीभुमि लाई सम्झनामा राखेर यस्ता कार्यक्रमहरु गरेको भन्ने सुन्न पाउदा खुशी लाग्यो .

- kabita : langarche-6

A commendable initiative.Keep it up.

- Punya Neupane : Pipaldanda,Sindhupalchowk

धेरै राम्रो नेपालीले जन्म भुमीलाई भुनेका छैन रहेछ भन्ने कुरा स्पस्ट भयो धन्यबाद यु. यस. य. न्युयोर्कबढीलाई. thanks agen....

- akhbar lama. : ghorthali sindhupalchok nepal.


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box