मलेसिया, ३२ असार
जोहोरवारुको
देशाचेम्वरलाङमा रहेको ज्यायीवीन कम्पनीमा कार्यरत आमचोक-७ इलामका २९
वषिर्य इन्द्र वहादुर खड्काले आत्महत्या गरेका छन् । छ वर्षअगाडि फस्ट
ग्रोथ मेनपावर शान्तिनगरवाट रोजगारीको शिलशिलामा मलेसिया आएका खड्काले काम
गर्ने कम्पनीमै झुण्डिएर आत्महत्या गरेका हुन् ।
वेलुका ८ वजे कम्पनीमा छिरेका उनले कम्पनी भित्रै करीव साढे ९ वजेतिर आत्महत्या गरेको बताइएको छ । उनको शवलाई पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ ।
पोष्टमार्टम पश्चात शव नेपाल पर्ठाईदिने कम्पनीले जनाएको छ । खड्का विवाहीत भएको पारिवारिक श्रोतवाट थाहा भएको छ । ekantipur