दोहा, अषाढ १७
सिन्धुपाल्चोक युवा सिर्जना समूह कतारकोे हालै सम्पन्न साधारणसभाले दसैंको
अबसर पारेर जिल्लाको साँगाचोकस्थित जन जागृति उच्च माविमा इलाका स्तरीय
हाजिरिजवाफ प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
बिमल गिरिको सभापतित्वमा भएको भेलामा सचिव प्रेम योन्जनले वाषिर्क प्रतिवेदन तथा कोषाध्यक्ष सूर्य तामाङले समितिको वाषिर्क आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
समूहको बैठकमा लामो समयसम्म अनुपस्थित हुने कार्यसमितिका सदस्यलाई हटाई सभाले नयाँ सदस्य मनोनयन गरेको सह-सचिव इन्द्रमणि नेपालले बताए ।