लेख रचना

युवालाई औजार र गुण्डा बनाइरहेको छ राज्य सत्ता

2010-06-18 22:31:40 | अमित घिमिरे

चौतारा-८ सिन्धुपाल्चोक
लोकतन्त्र र गणतन्त्रको अभ्यूदय पछि राज्य थप िहंस्रक र बगडे बनेको छ । मानिसको मासु खाने सर्वहाराहरुको खुन प्यूँने र पसिनाको अवमूल्यन गर्दै वधशालाको नियतिमा मुलुकलाई लैजाने होडबाजी छ । खास गरी न्युन वर्गिय नागरिकहरु मारमा परेका छन् । अराजक मुलुकमा गुण्डाराज चलाईएको छ । त्यस्का थुप्रै दलिल र नजिरहरु हामी माझ छ । विहारी शैलीको प्रयोगहरु मुलुकमा भैरहेका छन् । उदारणार्थ विकास निर्माणको ठेक्काहरुमा हुने गरेको वा भएको त्राहीलाई राज्यकोष उपरको डकैतलाई लिन सकिन्छ । देशका कर्णधार आशाका स्तम्भ लक्का जवान युवाहरुलाई धाप मारेर ुजाओ परेको हामी व्यहोरौंलाु भन्ने राजनीतिक संरक्षणले-सयौको संङ्ख्यामा एकत्र युवहरुले मच्चाउने त्राही भय युक्त हुने गरेको छ ।

यहाँ निर दोष ती युवाहरुको छैन । उनीहरु औजार वनाइए । उनीहरुलाई औजार वनाउने; जिम्मेवार भनिएका दलहरु राजनीतिक शक्तिहरु केही कुसर्ीधारीहरु-वर्दीधारीहरुनै हुन् । कस्तो खाले संस्कार सिकाइरहेका छन् कस्तो खाले संरक्षण दिइरहेका छन् आफ्नै घरमा आगो झोस्ने र त्यो आगोमा उनैलाई पोट्रोल खन्याउन लगाउने बाटो तर्फ मति र पथ भ्रष्ट गराइरहेका छन् !

यो कुरा ती युवाहरुले पनि बुझ्नु पर्ने हो । देश विकासको देश निर्माणको खातिर आएको रकम-राज्यकोषमा राजनीतिक एवम् वर्दीधारी कुसर्ीधारीको साँठगाँठ र संरक्षणमा डकैत गरेर घण्टाभरमा पिएर मिनेट भरमा पिसाब गरेर सिद्धाउँदा देशले के पाउँछ र केके गुमाउँछ पुस्ताले के पाउँछन् । अहिले पाखुरी र तिघ्राको मासी दह्रो छ । के यहि लतले जीवन गुजारा होला र भोलि घरवार-विहेवारी होला । जायजन्म होला- सन्तानले वा सन्तानलाई कसैले ुबाबा के काम गर्नु हुन्छु भनेर सोधिदिँदा पत्नी वा कोही मान्यजनले प्रश्न गर्दा के जवाफ दिने ु मेरो बाबा मेरो पति वा मेरो फलानो आफन्तजन राजनीतिक दलका लठैंत हुन् । आम जनताको भलाइ र विकास निर्माणको रकममा डकैत गर्छन र भट्टीमा छिरेर मनपरी धोक्छन्-लफडा गर्छन अन्नत नयाँ नेपालको सारा सपना मुतेर सिद्धाउँछन्ु के त्यतिबेलाको कल्पना छैन

तमाम् युवक साथी हो-तपाईहरुलाई औजार बनाइरहेका छन् । तपाईहरुको समृद्ध जीवनलाई आगो सल्काइरहेका छन् । कमिशनमा विलासी जीवन बाँचेकाहरु राजनीति पसल चलाउँनेहरुको लहै-लहैमा लागेर आफ्नो भविष्यत्को बलि नचडाँउनुहास् । तपाईहरुलाई- तपाईहरु ओझेल पर्ने वित्तिकै उनै भन्छन् भातेहरु हाम्रा गुण्डाहरु । गुण्डामा रुपान्तरण गर्छन । खलनायक बनाउँछन् । तर असलमा गुण्डा उनै राजनीतिक बगडे कमिशन खोरी -कुसर्ीधारी वर्दीधारीहरु नै हुन् । तपाईहरुको कद काटेर आफ्नो उचाई बढाइरहेका छन् ।

राज्य शिक्षाको नाममा कागजको प्रलाप वितरण गरिरहेको छ । भूटेर वीज छर्ने काम गरिरहेको छ । उस्को सर्वोपरी चासो भनेको युवा शक्तिलाई औजारमा रुपान्तरण गरेर देशलाई अराजक बनाई आफ्नो सत्ताआयु लब्याउनु मात्र भएको यकिन हुदै गएको छ लोकतान्त्रिक गणतन्त्रको अभ्यास । नागरिक आफ्नो रगत पसिनाले िसंचेर नयाँ नेपालको सपना साचय गरिराख्ने र राज्य त्यसलाई तुहाँउदै जाने । विकास निर्माणका लागि आएको रकममा दलाली गरेर खुले आम डकैत गरेर- सपनाहरुको स्वतन्त्रता र सार्वभौमिताको हत्या गरिरहेका छन् ।

जनताको हितार्थ जनताद्वारा संकलित रकमले जनताको पक्षमा निमार्ण हुने पुल-पुलेसा बाटो पानी पधेँरो लगायतका भौतिक पूर्वाधारको निर्माण गर्न छुट्टाएको लाखौ रकम पिसव फेरेर सिद्धिन्छ । लाखौ रकम तह-तह अनुसार वाढ्दै कमिशन खुवाउँदै-खुवाउँदैको चुहावट पछि लक्षित वर्ग सम्म आउँदा त ुआउनु पर्ने गैंडा-आइपुग्यो घुनु हुने गरेको छ ।

जन्मेदेखि पाउमा चट्टी नपरेकाहरु चरचर्ती पैतला फूटेर रक्तश्राव भएका खुट्टाहरु नाङ्गा आङ्हरु भोको मजदुर भोको सर्वहारा भोको भुईमान्छे हुँदा मात्र खाने वर्गहरुलाई लोकतान्त्रिक गणतन्त्रले दिने भनेको उनीहरुको रगत पसिना उपरको डकैती मात्र हो तेलको भूटुन हाल्न विसे्रकाहरु गोवर गुइँठा बालेर उज्यालो पाउनेहरु आज अहिले खाए भरेभोलि के खानु भनेर खाँदा-खाँदै सुर्ताउनेहरुको लागि यो देश हो - हैन

यदी यो राष्ट्र ती वर्गको पनि हो भने बन्द गर्नुहोस् गर्न लगाउनुहोस् यस्ता डकैतहरु । यी मात्र हैनन् । यो त देखिने डकैत हो । नदेखिने गरी गरिने डकैत पनि बन्द गर्नुस । गुण्डाराजको अन्त्य गर्नुस । कर्मचारीतन्त्र चोर बाटो देखाउने राजनीतिक दलका हाइतेहुइतेहरु जोरजुलुम र तथानाम शक्ति देखाउँदै देश लुट्ने संस्कारको तत्काल अन्त्य गर्नुहोस् । अपनत्व होस् हुँदा खाने वर्गलाई पनि- कि यो मुलुक मेरो पनि हो । मेरो पसिना रगतले िसंचेको राज्यमा जेजे हुन्छ हाम्रो हीतमा हुन्छ भन्ने अनुभूत दिलाउनुहोस् ।

सतहमा घटिरहेका घटनाक्रममा लोकतान्त्रिक गणतन्त्र पनि क्रमश दग्ध हुँदै छ । अपहरण चन्दा असुली वम विष्फोटन सामान्य हुँदै जघन्य बन्दै गएको छ । यही मौकामा दूलोभित्र पसेका साँपहरु मूर्दा शान्तिको पदचाप थाहा पाएपछि सल्वलाउन थालेका छन् । यस संगीन घडीमा देशको यो ब्रम्हलुटले उनीहरुलाई थप उत्साहित र प्रेरित गरेको छ । जस्को प्रमाण आएदिन हाम्रो भोगाइ हो । विहारी शैलीको गणतन्त्रको गाँड झुण्डाएर नेपाललाई कहाँ पुर् याउँने हो अवस्था अज्ञात भएको हुँदा- अव गरीव मजदुर सर्वहाराले धावा बोल्नु पर्ने क्षण आइसकेको छ सो को जिम्मेवारी युवा शक्तिमा छ अतः सवै युवा शक्तिले बुझ्न जरुरी छ औजार भएर हैन अवतार भएर नयाँ नेपाल बनाउनु छ ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box