Air Ticketing in Nepal Contact to Merosindhu.com

अरनिको राजमार्ग दिनभर ठप्प

धुलिखेलमा आइतबार साँझ एउटा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएपछि उत्पन्न विवादले सोमबार साँझसम्म अरनिको राजमार्ग पूर्णरूपमा ठप्प भयो।

माओवादीका कार्यकर्ताले बनेपाको प्रहरी पोष्टमा आगो लगाए

बनेपा, काभ्रे ।
नेकपा(माओवादी)का कार्यकर्ताहरुको बनेपास्थित ट्राफिक प्रहरीसँग विवाद भएपछि बिहीबार ट्राफिक कार्यालय नजिकै रहेको प्रहरी पोस्टमा माओवादीका कार्यकर्ताले आगो लगाएका छन् ।

डोल्माको रिहाईका लागि पहल हुँदै ।

कुवेतको अदालतले हत्याको आरोपमा मृत्युदण्डको कार्वाही सुनाईएकी डोल्मा शेर्पाको उद्वारका लागि सरकारले पहल गरिरहेको बताईएको छ ।

सहभोज कार्यक्रम सम्पन्न।

बलेफी, सिन्धुपाल्चोक।
विन्ञ्याल सामुदायिक अध्ययन केन्द्रको आयोजनामा शनिवार बृहत सहभोज कार्यक्रम बलेफी स्थित गुम्वा परिसरमा सम्पन्न भयो । विभिन्न धर्म, जातजातिका बीचमा समान व्यवहार गर्ने र समाजबाट मानिस मानिस बीचको विभेदलाई हटाउने प्रयास स्वरुप सो सहभोजको आयोजना गरिएको हो ।

डोल्माको जीवन रक्षाको लागि अनुरोध

पाँच महिनाअघि ज्यान मारेको अभियोगमा कुवेती अदालतले मृत्युदण्डको सजाय सुनाएकी गुम्बा गाविस-८ क्याङसिङ निवासी २४ वर्षीया श्रीमती डोल्मा शेर्पाको जीवन रक्षाको लागि परिवारजनले अपिल गरेका छन्।

जिल्लाका विशिष्ठ व्यक्तिहरु सम्मानित ।

चौतारा स्थित जिल्लाकै पुरानो शिक्षण संस्था श्री कृण रत्नगंगा उच्च माध्यामिक विद्यालयको ६१ औ‍ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित समारोहमा जिल्लाका विशिष्ठ व्यक्तिहरुलाई सम्मान गरियो ।

वनभोज कार्यक्रम सम्पन्न ।

सिन्धुपाल्चोकबाट काठमाण्डौ आई बिभिन्न पेशामा लागेका सिन्धुवासीहरुको वनभोज कार्यक्रम शनिवार सूर्यविनायकमा सम्पन्न भयो ।

प्रजिअको कार्यकक्षमा नै बिहे ।

प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलको कार्यकक्षमा बिहीबार साँझ विना पुरोहित, विना यज्ञ साथै घर र माइतीपक्षका आफन्त पनि कोही नभई एक जोडीको विबाह सम्पन्न भयो ।

ठोकर्पाको गाँउ परिषद् सम्पन्न ।

ठोकर्पा गाँउ विकास समितिको गाँउ परिषद् बैठक षौष ११ गते मंगलबार सम्पन्न भयो । कुल १० लाखको बजेट पारित गर्दै परिषद्‌ सम्पन्न भएको हो ।

एकैसाथ १३ युवतीले सगरमाथा आरोहण गर्ने

अवसर पाए महिला पनि पुरुषभन्दा कम छैनन् भने उक्तिलाई चरितार्थ गर्न आगामी वसन्त ऋतुमा एकैसाथ १३ युवतीले सगरमाथा आरोहण गर्ने भएका छन्।