तातोपानी गाविस वढा नं ६ यार्मासिङ्गमा निर्मित दुगुनागढी ऐतिहासीक र पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण मानिन्छ । नेपाल तिब्बत सिमानाको मितेरिपुलबाट साढेँ चार कि मी पूर्व लार्चा भन्ने ठाँउबाट करिब एक घण्टाको उकालो हिँडेपछि उक्त गढीमा पुग्न सकिन्छ ।
विस १९१२ सालमा तत्कालीन प्रधानमन्त्रि श्री ३ जङ्गबहादुर राणाको निर्देशन बमोजिम नेपाली सेनाले यो गडि निर्माण गरेको हो । नेपाल भोट युद्धका बेलामा कालीप्रसाद शेर र गोरखनाथ गणले संयुक्त रुपमा यो गढी निर्माण गरेका थीए । यो गढी निर्माणको तजबिज लफ्टिनेन्ट कर्णेल पहलमान सिँह बस्नेत र निर्माण कार्यको रेखदेख जनरल धीरशम्शेरले गरेका थिए । भोटसँगको युद्धमा नेपालीले यसै गडिको प्रयोग बाट सफलता हासिल गरेको प्राप्त शिलालेखमा उल्लेख गरिएको छ । सानो र ठुलो गरी दुईवटा किल्ला रहेको त्यहाँ आवत जावत गर्न पर्खाल निर्माण गरी सुरक्षित बाटोसमेत निर्माण गरिएको छ । शत्रुसँग लड्न सजीलो हुनेगरी भौगोलीक हिसाबलेसमेग उक्त गढी उचित ठाउँमा निर्माण भएको देखिन्छ । यहाँबाट तिब्बतको खासाबजार नजिकै देखिन्छ । उच्च स्थानमा भएकोले शत्रु आएको टाढैबाट देखिन्छ । भोटसँगको युद्धमा नेपाली सेनाले तिब्बतको खासाबजारमा यसै गडिबाट तोप हानेर क्षति पुर् याएको भनाइ छ । गढिको बनोअट हेर्दा शत्रुसँग बच्न पनि सो गढि निकै उपयोगी छ । यस गढिको शिलामा यस प्रकार लेखिएको छ वि।स। १९१२ साल मंसिर महिनामा श्री जनरल वीरशम्शेर जंग कँुवर राजाजीबाट मर्जी भै दुगुना बस्दा श्री लेफ्टिनेन्ट कर्णेल पहलमानिसंहले तजबिज गरि ३ पल्टनसमेत किल्लाको नाप बाहिरि फेरो हात १० मी। फेरी हात ५६१ प्रगलो हात १० मि। फेरि हात ५०० मुची ४ माह हात १९ भित्री मैदान पूर्वपश्चिमतर्फ १११ हात भित्री मैदान उत्तर दक्षिण १६ पूर्वपश्चिम ६२ गार् हो ढोका दक्षिणतर्फ बाहिरीमा ढोका र जम्मा जग्गाको गढि ५७७ रहेको देखिन्छ । सम्वत् १९१२ भित्र पौस सुदी १ रोज ३ देखी चैत्रभरी रोज ३ सम्म ।
सत्रुको कि्रयाकलाप हेर्न र आक्रमण गर्न सजिलो हुनेगरी बनाएको यो गढीको बनावट वास्तवमै वैज्ञानिक र आधुनिक पाराको देखिन्छ । गढिको हालको क्षेत्रफल नियाल्दा ठुलो गढीको लम्बाई उत्तर दक्षिण ८१ मी। पूर्व पश्चिम ७७ मी। रहेको छ । गार् होको उचाई १।२० मि। चौडाई २।५० मि। र १ मीटरको पेटि छ । गढीको उत्तरतर्फ एक सय ८२ मी दुरीमा सानो गढि रहेको छ । यसको क्षत्रफल पूर्व पश्चिम ४५ मी। चौडाई उत्तर दक्षिण २७ मी। रहेको छ । गारो १।५० मी। उचाइ र २ मी। को चौडाइ रहेको छ । शिलामा उल्लेख भए अनुसार चार महिना लगाएर गढीको निर्माण गरिएको थियो ।