जिल्लाको फटकसिला गाविसमा जन्मिएका नवराज घोरासैनी पिता कृष्णप्रसाद घोरासैनी र माता ललिदेवि घोरासैनीका सुपुत्र हुन् । काँठे भाकामा गीत गाउने गायकका रुपमा चर्चित उनेले २०४९ बाट सांगितिक क्षेत्रमा पाईला राखेका हुन्। नेपाली सांगितिक क्षेत्रमा पहिलो गीति एल्बम पियारीबाट यात्रा थालेका घोरासैनीले हाल सम्म ५० वटा भन्दा वढि एल्वम निकालिसकेका छन्। गायक घोरासैनीको घुम्ती नीर भेट भयो र मोवाईलमा फोन गर गिति एल्वमलाई बढी चर्चित मानिन्छ ।
उनलाई जिल्लामा रहेका थुप्रै लोक दोहोरी गायक मध्य हालसम्म यस क्षेत्रलाई निरन्तरता दिने जिल्लाकै चर्चित लोक दोहोरी गायकको रुपमा चिन्न सकिन्छ ।