Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थान परिचय

मुडे बजार

2010-06-13 06:40:27 | मेरो सिन्धु

यो बजार काठमाडौबाट करिब १०० किलोमिटर दुरीमा रहेको उच्च पहाडी भुभागमा अवस्थित बजार मध्यकै पहिलो र एकमात्र राजमार्गीय बजार हो । समुन्द्री  सतहबाट करिब ७५०० फिट उचाईमा रहेको क्षेत्र नं १ अन्तर्गत पर्ने यो बजार जेठल गाविस को वडा नं ८ मा पर्दछ । यो बजार रहेको स्थानबाट करिब १ कि.मी को दुरीमा सिन्धुपाल्चोक र दोलखा जिल्ला अझ भनौ वागमति र जनकपुर अञ्चलको सिमाना रहेकोले सिमावर्ती बजारको रुपमा पनि लिन सकिन्छ ।

अरनिको बस सेवा समितिको रुट अन्तर्गत बस सञ्चालन हुनुपुर्व नै स्थानिय बजारको रुपमा रहदै आएको यो बजार काठमाडौ जिरि गुड्ने सवारी यात्रीहरुको खाजा नास्ता र खाना खाने स्थानको रुपमा परिचित हुँदै आएको छ । खरिबाट तयार पारिएको विभिन्न सामान पाईने यो वजारमा सबै किसिमको सरसामान समेत पाईने भएकाले दोलखा जिल्लाको केहि गाविस का बासिन्दाहरुले समेत स्थानिय बजारको रुपमा उपयोग गर्दै आएका छन् । वर्षायाममा पानी परेको समयमा मुटु कमाउने गरि जाडो हुँने यस स्थानमा मकै फापर गहुँ तोरी भएतापनि हाल यहाका कृषकहरुले मुख्य बालिको रुपमा आलु खेती पनि गरेको पाइन्छ ।

प्रतिक्रियाहरु

मुडे बजारको बारेमा पढ्न पाउँदा धेरै खुशी लागेको छ । अबको दिनहरुमा पनि यस्ता स्थानहरुको बारेमा अझ धेरै पढ्न पाउँछौं भन्ने पूर्ण आशा लिएका छौँ । मुडे बजारको बारेमा यती धेरै जानकारी मेरो सिन्धु बाट गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद ।

- मन कुमारी लामा : जेठल -८, मुडे

मुडे बजार को बारेमा पदना पाउदा धेरै dherai खुसि लग्यो किनकि हाम्रो छिमेकी ग बि स अनि रमाइलो सुन्दर ठाउँ जे होस् लेखन छोटो भय पनि राम्रो छ

- kanchha lama : thulopakhar 1 lamatol sindhupalchowk

khusi lagyo .................... such a lovely,,,,,destination place

- Wangjyu lama : thulopakhar-1

nice to read about mude bazzaar

- anu lama : ggokarna

आज मलाई मेरो सानो र सुन्दर बजारको बारेमा पदन पाउदा सारै खुशी लागेको छ/ अरु पनि येस्तोंई धेरै सूचनाहरु पदन पाए धेरै राम्रो हुन्थ्यो माथिको लेखन सारै राम्रो छ जसले लेखेको भए पनि धेरै धेरै धन्नेबाद

- Kushal Shrestha (Hira) : Jethal-8 Mude bazar

मुडे बजार को बारेमा पदना पाएकोमा खुशी लग्यो .. अझा बादी सूचना हरु जान्न पाए राम्रो hunthyo

- Rajendra Kumar Lama : Mude Bazzar


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box