Air Ticketing in Nepal Contact to Merosindhu.com

कविता

गजल हुन सकिन

2010-06-07 23:13:11 | मेरो सिन्धु

- बसन्त कुमार श्रेष्ठ
मन्दिरमा सजाउनको लागि म फूल हुन सकिन ।
दोबाटोको सुचनावाचक म तुल हुन सकिन ।। 

मनको वागमा न बसन्त छायो न शिशिर
गन्तब्यमा यात्रु डोराउने म पुल हुन सकिन ।। 

मेरो माया सधै चोखो र एकातर्फि रहिरहे
तिमीलाई घोच्ने तिखो म सुल हुन सकिन ।। 

प्यासी धर्ती,प्यासी म र सारा जगत भए
तिर्खाएर उनी आइन म मुल हुन सकिन ।।

गगनमा उड्ने रहरहरु जमिनमा नै रहे
सोझो "क्षितिज"म दुषितको हुल हुन सकिन ।। 

रचनाकाल 2010.05.21
जेठल गा बि स वडा न ९,सिन्धुपाल्चोक

प्रतिक्रियाहरु

गजल एकदम राम्रो लग्यो मलाई

- shankar achhami : barbhanjyang 8 tanahun


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box