साँगाचोक स्थित जनजागृति माविका पूर्व प्राधानाध्यापक सापकोटाले शिक्षण पेशा छोडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका थिए। २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि उनी पराजित भएका थिए।
२०३० सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका सापकोटा २०५१ सालदेखि नेकपा माओवादी पार्टीको केन्द्रीय सदस्य भएका हुन्। माओवादी सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोलीका सदस्य समेत रहेका सापकोटाले १५ वर्ष सम्म शिक्षण पेशा अपनाएका थिए।
सिन्धुपाल्चोक क्षेत्र नं २ बाट संविधान सभा निर्वाचनमा निर्वाचित एकिकृत नेकपा माओवादीका संविधान सभा सदस्य अग्निप्रसाद सापकोटा संविधान सभा निर्वाचनमा आफ्ना प्रतिश्प्रधिलाई धेरै मतान्तरले जित्ने १० जनामा सभासद मध्येका एक हुन्। नेपाली राजनितिमा स्पष्ट वक्ताको रुपमा पनि सापकोटालाई लिने गरिन्छ।
प्रतिक्रियाहरु agni sir hajurko kathmanduko gharma aayera hajursaga bhetna man lageko thiyo kripayo hajursaga bhetna milchha hola yedi milchha bhane ...............
- ramkrishna parajuli (safal) : hgumthang,8
सिन्धुपाल्चोक जिल्लाको कुबिण्डे गा.बि.स. मा जन्मनु भएका एकिकृत ने.क.पा.(माओवादी) का पोलिटब्युरो सदस्य अग्नि प्रसाद सापकोटा(कमरेड कञ्चन) नेपाल सरकारका सूचना तथा संचारमन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै उहाँको कार्यकालको पूर्ण सफलताको कामना गर्दछु । २१ औं शताब्दीको युग सूचना प्रबिधिको युग भएकोले माननीय सूचना तथा संचामन्त्रीले समग्र नेपालको सूचना संचारको साथै सिन्धुपाल्चोकको सूचना संचारको बिकासमा पनि महत्वपूर्ण योगदान दिनुहुने छ भन्ने अपेक्षा गर्दछु । सर्बहारा वर्गको अग्रदस्ता एकिकृत ने.क.पा.(माओवादी) का पोलिटब्युरो सदस्य हुनुका नाताले समग्र बिकासका काममा नातावाद, कृपावाद, क्षेत्रीयतावाद आदि पक्षपातपूर्ण ब्यवहार नगरी निरन्तर जनताको सेवामा लाग्नुहुने अपेक्षा गर्दछु ।
धनन्जय शर्मा(रमेश)
कुबिण्डे ९, सिन्धुपाल्चोक
sharma_ramesh2011@yahoo.com
- Dhananjaya Sharma "Ramesh" : Kubinde 9, Sindhupalchik
नेपाली क्रान्ति को लागि दिनु भयको योगदान सारै ठुलो छ. निरन्तर राजनीतिमा लाग्दै वर्ग संगर्शकोको बाटो मा लागन आहुदा दिन मा पनि अनुरोद गर्दछु
- Kedar Neupane (Bichar) : thokarpa 08 ,
सर्बहारा वर्गको अग्रदस्ता हाम्रो महान तथा गौरबशाली पार्टीका पोलिटब्युरो सदस्य अग्नि प्रसाद सापकोटा 'क. कन्चन' वर्गसंघर्सको भट्टीमा खारिएर आउनु भएका राजनैतिक नेता हुनुहुन्छ | अग्नि प्रसाद सापकोटा सिन्धुपाल्चोक जिल्लाको मात्र नभएर सर्बहारा वर्गका नेता हुनुहुन्छ | उहाले सिन्धुपाल्चोक जिल्लाको समब्रिद्दी र बिकाशका लागि महत्वपूर्ण भूमिका निर्बाह गर्नुहुन्छ भन्ने आशा गरेको छु |
- Dhananjaya Sharma"Ramesh" : Kubinde 9 Simpani, Sindhupalchok
सिन्धुपाल्चोक जिल्लाका राजनैतीक नेताहरु अग्नी सापकोटा र सरेश नेपालको जीवनी पढ्न पाएकोमा असाध्यै खुशी लाग्यो | जिल्लाका अन्य राजनेताका साथै देश र जनताको मुक्तिको निमित्त बलिदान दिनुहुने महान सहिदहरुको जीवनी पनि राख्नु भए असाध्यै राम्रो हुने थियो | मेरो सिन्धु डट कमलाई हार्दिक धन्यवाद !
- Dhananjaya Sharma"Ramesh" : Kubinde 9 Simpani, Sindhupalchok
तपाइँले जिल्ल्लावासीकाे मन हँसाउनु पछर् यही नै राजनीती जीत हाे ।
- Chandra Prasad Neupane : Sindhupalchok, Phulpingkt-3
comrade Lal salam !!!!!!!!!!!!!
I am really appreacites that you were born in Sindhupalchok district and this is proud to be Sindhupalchoke because of such kind of powerful in mind as you.Hope you will play more role on this nation for develop as soon as possible & hope that all you will take more responsibilities for our nation.
Mr.Agni Prasad Sapkota have a best of luck for the further ..............
and happy Bijaya Dasami to you
- Nabin Kumar Gubhaju : Baghdad Iraq (Present)
सिन्धुपाल्चोक जिल्ला प्रकृतिक सौन्दर्य ले भरिपूर्ण जिल्ला हो यहाँ पर्यटक को विकास गर्न सके सिन्धुपाल्चोक जिल्ला को मात्र नभई समग्र राष्ट्र को उन्नति हुन सक्छ यसैले तपाई जस्तो सफल र त्यागी नेता ले यो कम सफल रुपले गर्न सक्नु होस् भनेर हार्दिक सुभकामना दिन चाहन्छु कृष्ण भट्टराई मांखा-६
- krishna bhattarai : mankha-6 chimling beshi
भौगोलिक रुपमा नेपालको सिङ्गो मानचित्र भित्र सिन्धुपाल्चोक जिल्ला ठुलो भएता पनि
राजनीतिक रुपमा अथवा राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने सवालमा आगाडी आउँन सकेको छैन / स्थाई सरकारको रुपमा चिनिने नेपालको निजामती सेवामा पनि यस जिल्लाले उच्च स्तरको जनशक्ति दिन सकेको देखिदैन / लामो समयसम्म सामन्तबढको क्रिडा भूमिका रुपमा रहेको यस जिल्ला राजधानी बाट नजिकै भयता पनि हरेक किसिमको चेतनास्तरबाट तलनै रहेको पाइन्छ / यस्ता बिबिध समस्याकाहरुका बिचमा आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर राष्ट्रिय राजनीतिमा आफुलाई उभ्याउन सफल मित्र अग्निप्रसाद सापकोटाजी जीलाई मेरो धेरै धेरै बधाई छ / यहाले सिन्धुपाल्चोक लाई मात्र नभएर सिङ्गो देशलाई केहि दिन सक्नु हुनेछ भन्ने आशा राखेकोछु / तपाई सिन्धुपाल्चोक जिल्लाको इज्जत तथा धरोहर हो भनेर हामी सिन्धुवासी गौरव गर्दछौ /
नारायणप्रसाद ढकाल
बाँसवारी-४, ढकालथोक
- नारायणप्रसाद ढकाल : बाँसवारी-४, ढकालथोक