Air Ticketing in Nepal Contact to Merosindhu.com

सिने संसार

माग्नेबुढा र धुर्मुसको संविधान शोक

2010-05-28 01:55:11 | मेरो सिन्धु

साप्ताहिक समाचार
मेरी बास्सैका हास्य कलाकारद्वय केदार घिमिरे (माग्नेबुढा) र सीताराम कट्टेल (धुर्मुस) ले तोकिएको मितिमा संविधान नबन्ने निश्चित भएपछि कपाल दाह्री खौरी संविधानको शोक मनाएका छन् ।

जेठ १४ भित्र संविधान बनाउन दबाब दिने उद्देश्यले एक वर्षअघि माग्ने बुढाले संविधान नबनेसम्म दाह्री-कपाल नकाट्ने प्रतिबद्धता गरेका थिए, तर सांस्कृतिक कार्यक्रमको सिलसिलामा इजरायल जाँदा दिल्ली अध्यागमनले आतंकवादीको आशंकामा उनलाई रोकेपछि बाध्य भएर दाह्री काटे पनि त्यसपछि कपाललाई भनें निरन्तरता दिएका थिए । एक वर्षदेखिको कपाल र ६ महिनादेखिको दाह्रीका कारण उनी पछिल्लो समयमा जोगीजस्तै देखिन्थे ।

इजरायलबाट फर्किएपछि उनलाई उनका जोडी धुर्मुसले पनि माग्नेबुढाको अभियानमा ऐक्यबद्धता जनाएका थिए । यो जोडीका अतिरिक्त बान्द्रे -सुरज चापागाईं) र सुन्तली -कुन्जना घिमिरे) ले मंगलबार धुर्मुस निवास खुमलटारमा कपाल मुन्डन गरी टाउकामा सेतो टालो बाँधेर शोक मनाए । शोकको क्रममा उनीहरूले एक छाक खाना छोडेका थिए । बान्द्रेले धुर्मुस र माग्नेबुढाले केस खौरन्जेल एउटा खुट्टा उचालेर जनआन्दोलनका घाइतेहरूको पीडाबोध गरेका थिए । 'संविधान बनाउन पठाएका ६ सय १ सभासद्ले जनताको पसिनाले तिरेको अरबांै करबाट तलबभत्ता, सेवा सुविधा लिनेभन्दा अरू केही सोचेनन'् माग्ने बुढाले आक्रोशित भावमा भने, 'संविधान बनाउनेभन्दा पनि कुर्सीको लागि लुछाचुडीमै लागेकाले हामीले संविधान बनाउन दबाब दिन यस्तो प्रतिबद्धता जनाएका थियौं तर राजनीती कुर्सीकै वरिपरि घुमिरह्योे ।'

माग्नेबूढाका अनुसार यो ६ सय १ सभासद्को किरिया हो । यसअघि पशुपतिमा गएर ६ सय १ सभासदलाई कुशको पुतला बनाएर दाहसंस्कार गर्ने भनिए पनि परिवर्तित अवस्थालाई विचार गरी त्यसो नगरिएको उनले बताए । जनताले नयाँ स्ंविधान बनाएर देशलाई  शान्ति र विकासको बाटोमा डोर्‍याउन जनादेश दिए पनि सत्ताकै खेलमा नेताहरू केन्दि्रत रहेकाले जिम्मेवारी बोध गराउन कपाल मुन्डन गरेर शोक मनाउनु परेको धुर्मुसले  बताए । यता श्रीमान्कै  अगाडि सेतो बस्त्र लगाएकी कुन्जनाले भनिन्- 'मेरा लागि मेरो श्रीमान्भन्दा देश ठूलो हो नि, यस्तै बाँदरे प्रवृत्तिका कारण भोलि मातृभूमि नै नहरे पतिको के काम ?'  कलाकारहरूले मनोरन्जनमात्र दिने नभएर राष्ट्र, समाज र जनताप्रति पनि उनीहरूको उत्तिकै उत्तरदायित्व हुने भएकाले यसप्रति आवाज बुलन्द पार्न यसो गरिएको उनीहरूको भनाइ छ ।

साभारः कान्तिपुर


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box