Air Ticketing in Nepal Contact to Merosindhu.com

साहित्यकार

केदारमान व्यथित

2010-05-28 01:46:54 | राजन न्यौपाने

वि.स.१९७१ कार्तिकमा सिन्धुपाल्चोक जिल्लाको बाँसबारी गाविस स्थित बाहुनीपाटीमा जन्मिएका केदारमान श्रेष्ठ नेपाली साहित्यका क्षेत्रमा सुप्रसिद्ध नाम हो। साहित्यका अलवा उनको राजनीतिमा पनि रुचि थियो। त्यसैले उनी विसं २०१९ को मन्त्रिमण्डलमा निर्माण संचार तथा यातायात सहायक मन्त्रि भएका थिए।

 नेपाली साहित्यीक आकाशमा केदारमान व्थथितका नामले चिनिएका श्रेष्ठले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति समेत भएर काम गरेका थिए। नेपाल साहित्यकार संसदका सदस्य, नेपाली साहित्य संस्थानका सचिव, साहित्य परिषद्का अध्यक्ष, काव्य प्रतिष्ठानका सदस्य समेत रहेका उनले साहित्यिक भ्रमणका अवसरमा भारत, रुस, बेलायन, जर्मनी लगायतका देशहरुको भ्रमण गरेका थिए।

उनका प्रकाशित कृतिहरुमा

मौलीक कृति

१) संगम-कविता संग्रह-वि.स.२००३

२) प्रणव-कविता संग्रह-वि.स.२००३

३) २००९ सालको कविता-कवितासंग्रह -वि.स.२००९

४) एक दिन-कविता संग्रह-वि.स.२०११

५) त्रिवेणी-कविता संग्रह-वि.सं २०१५

६) संचयिता-कविता संग्रह

७) जुनेली-कविता संग्रह-वि.स.२०१९

८) सप्तर्ण कविता संग्रह-वि.स.२०२८

९) नारी-रस माधुर्य आलोक-कविता संग्रह-वि.स.२०२५

१०) आवाज कविता संग्रह-वि.स.२०३१

११) बदलिरहने बादलका आकृति-कविता संग्रह-वि.स.२०३३

१२) मेरो सपनामा हाम्रो देश र हामी-कविता संग्रह -वि.स.२०३४

१३) मेरी प्रियसी-प्रजातान्त्रिक स्वतन्त्तता-काव्य-वि.स.२०३६

१४) रस त्रिफला-कविता संग्रह-वि.स.२०३८

१५) अग्नि श्रृङ्गार-मुक्तक संग्रह-वि.स. २०३९

१६) फेरि अर्को एउटा कुरुक्षेत्र-कविता संग्रह

१७) प्रतिक्षा-नेवारी कविता स्रंग्रह

१८) दिवस चित्र-नेवारी कविता संग्रह

१९) स्वविं प्याः गुम्ये-नेवारी कविता संग्रह

२०) छ्वास-नेवारी कविता संग्रह

२१) हमारा देश - हमारा स्वप्न-हिन्दी कविता संग्रह

२२) त्रयी-हिन्दी कविता संग्रह

२३) अग्नि श्रृंगार-हिन्दी कविता संग्रह

२४) सेलेक्टेड पोयम्स्-अंग्रेजी कविता संग्रह

सम्पादित, अनूदित र फुटकर कविता

१) हिमानी-प्रधान सम्पादक

२) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख, निबन्ध प्रकाशित

व्यथित वि.स.२०४६ को वेदनिधि पुरस्कार बाट सम्मानित भएका थिए। ज्योर्तिमय त्रिशक्ति पट्ट प्रथमबाट सम्मानित उनलाई नेपाल एवं भारतमा अभिनन्दन गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box