Air Ticketing in Nepal Contact to Merosindhu.com

सिने संसार

अब लभ इन चाइना बोर्डर

2010-05-26 00:41:44 | मेरो सिन्धु

काठमाडौं
आठ वर्षअघि भारतीय निर्देशक रजत मुखर्जीले लभ इन नेेपाल नामक फिल्म छायांकन गरेका थिए । भारतीय गायक सोनु निगम र नेपाली नायिका झरना बज्राचार्यले अभिनय गरेको सो फिल्म सुपर फ्लप भएको थियो । सोभित बस्नेतले सिक्किम पुगेर मिसन लभ इन सिक्किम नामक फिल्म निर्माण गरेका थिए । त्यो फिल्मले पनि उल्लेखनीय व्यापार गरेन ।

अब चीनको बोर्डर (तातोपानी आसपास पनि) पुगेर यस्तै नामको अर्का फिल्म सुटिङ गरिने भएको छ । उदय सुब्बाको निर्देशनमा बन्ने सो फिल्मको नाम रहेको छ- लभ इन चाइना बोर्डर । 'मेरो फिल्मचाहिँ कन्र्फम हिट हुन्छ,' निर्देशक उदयको दाबी छ, 'कथा नै अजीव खालको छ । अहिलेसम्म यस्तो लभस्टोरी कुनै पनि नेपाली फिल्ममा छैन । मेकिङ पनि बबाल हुनेछ । केही सिन हङकङमा पनि सुटिङ हुन्छ ।'

लभ इन चाइना बोर्डरको असार पहिलो साताबाट सुटिङ सुरु गर्ने चक्करमा छन्, उनी । अहिले गीत रेकर्डिङ भइरहेको छ रे ! दीपक रमणको संगीत रहेको यो फिल्ममा राजेश हमाल, सुवास मेचे, सुनील थापालगायताक कलाकारले खेल्ने पक्का भइसकेको बताउँछन् उनी । 'साउनदेखि अर्का फिल्म कर्मदाता बनाउँदै छु,' उदय भन्छन्, 'अहिले यसको पनि गीत रेकर्डिङ भइरहेको छ ।' कर्मदाताका गीतमा चेतन सापकोटाले संगीत दिएका छन् ।

प्रतिक्रियाहरु

नेपाली सुपरस्टार राजेश हमाल जय जय जय जय जय .....बेस्ट ओफ लक्

- kamal : thamel-29 kathmandu

राजेश हमाल मलाइ मन पर्ने नायक हो उदय जी कर्मदाता मा राजेश हमाल /रेखा थापा र उदय जी रहनुहोला नमस्कार ऑल द बेस्ट नेपाली जय हो राजेश हमाल को नया चलचित्र गंगस्टर

- surya shrestha : balajumachapokhari

उदय जी कानुन चलचित्र कस्तो छ खबर ? हाम्रा नेपाली का प्रिय नायक राजेश हमाल छन् यस चलचित्र मा हामी नेपाली हरु एक जुट हौ र नेपाली फिल्म लाइ माया गरौ राजेश हमाल को अनेवाला फिल्म :- किसान /माटो / प्रहार/ बादशाह/ बधाई छ तिमीलाई/ शपथ/ जय होस्/ स्वभिमान/लभ इन चाइना बोर्डर/ किन किन/

- surya shrestha : balaju machapokhari

बधाई छ तिमिलाइ उदय जी को नेपाली फिल्म हो जसमा राजेश हमाल, रन्जना घिमिरे छ ऑल द बेस्ट उदय जी

- surya shrestha : balaju machapokhari

कर्म दाता मा राजेश हमाल नेपाल का एक मात्र नायक हुन् राजेश हमाल राजेश हमाल राजेश हमाल

- surya shrestha : balaju machapokhari

उदय जी कर्म दाता मा राजेश हमाल राख्नुहोला ! म राजेश हमाल को फ्यान हु र नेपाली फिल्म को पनि फ्यान हु . उदय जी लाई धन्यवाद राजेश हमाल नेपाली चलचित्र का महानायक हुनुहुन्छ हाम्रो चलचित्र नायक राजेश हमाल सचिक्कै बहु प्रतिभाशाली हुनुहुन्छ. अरु नायक जस्तै निखिल र बिराज हरु भनेका एक्शन का नायक मात्र हुन् .वास्तवमा रेअल अभिनयका नायक भनेका त राजेश नै हुन् उदय जी तपाईले बनाऊनलागेको नेपाली चलचित्र कर्मदतामा राजेश हमाल राख्नु भयमा आभारी हुने थिय अनि उदय जी यी शब्दहरु मा केहि गल्ति भयमा मलाई माफ गर्नुहोला 1

- surya shrestha : balaju machapokhari

nepali movies love in chiena border all the best nepali super star rajesh hamal all the best

- surya shrestha : balaju machapokhari


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box