सकेन र सायदै सक्ला भनेर विश्वास पनि म गर्न सक्दिनँ । मात्र यो बाटो पहिल्याउने एउटा स्रोत या बहानाबाजी हो, मेरो । सधैं दिनभरिको गन्थनले वाक्क भएर कहिले त यसो बाहिर जान मन लाग्छ, साथीहरू बनाउन मन लाग्छ, नयाा ठाउा हेर्न मन लाग्छÙ के गर्ने यो मन न हो । भाषाको ज्ञानबिना यो सबै कुरा कोरा कल्पना मात्र हो । नजिकै कुनै गाडिको सुविधा छैन । फेरि मनलाई गााठो पारेर आधुनिक अरबी भाषा प्रशिक्षण समात्छु । मेरो सामान्यजस्तो लाग्ने दैनिक नित्यकर्म जस्तै हो, कुराकानीको । म कहाा छु सबै बिर्सिएर भागेर आउने दिदीबहिनीसागै नेपालका कुनाकुनामा हराउाछु । यी साना झिनामसिना कुराको पोको बिसाउने, दुःख, पीडा, साटासाट गर्ने काममा म सरिक हुन्छु । संवाद यसरी सुरु हुन्छ-
पहिलो पीडित
प्रश्नः घर कहाँ हो दिदी या बहिनी ?
प्रतिप्रश्नः कहाँ नेपालमा कि कुवेतमा ?
प्रश्नः नेपालमा भन्नुहोस् न ?
उत्तरः सिन्धुपाल्चोक, रसुवा, झापा, दाङ, नवलपरासी यस्तै कुनै एक ।
प्रश्नः कुवेत आएको कति समय भयो ?
उत्तरः त्यस्तै १ महिना जति, ४ महिना १५ दिन, ६ महिना यस्तै यस्तै ।
प्रश्नः किन भाग्नुभएको त ?
उत्तरः मलाई साहुनीले कुटपिट गर्छ, खाना खान दिँदैन । आज १ हप्ता भयो मैले खबुज -गहुँ/मैदाको रोटी) खाएको । त्यसमा पनि एकपल्ट मात्र दिन्छ । हिजोदेखि त त्यही पनि दिन छोड्यो अनि भागेर आएको ।
प्रश्नः तपाईंको कुवेतमा अफिस छैन, त्यहाँ फोन गर्नु भएन, किन त्यहाँ नजानु भएको त ?
उत्तरः त्यहाँ त फिलिपिनी आइमाई छे बंगालीसँग विवाह गरेर बसेकी । त्यसले पहिलोपल्ट जाँदा पनि अस्याध्यै पिटेर फेरि त्यही घरको साहुनीलाई बोलाएर पठाई । अब फेरि भागेर आइस् भने तँलाई मैले जानेको छु भन्छे । त्यो त राक्षसनी हो दाइ/भाइ मलाई त्यहाँ नपठाउनुहोस् बरु म यहीँ मर्छु बिन्ती छ मलाई त्यहाँचाहिँ नपठाउनुहोस् । त्यसपछि आँखाबाट बलिन्द्र आँसुका धारा निकालेर डाको छोडेर रुवाइ सुरु हुन्छ ।
प्रश्नः अफिसले अर्को राम्रो घरमा काम लगाइदियो भने काम गर्ने कि नेपाल जाने त ?
उत्तरः म अब घर नै जान्छु दाइ म काम गर्न सक्दिन मेरो शरीर कुटाइले गर्दा काम गर्न नसक्ने भइसक्यो । बिन्ती दाइ मलाई काममा नपठाउनुहोस् म घर जान चाहन्छु ।
दोस्रो पीडित
प्रश्नः नाम, नेपालको ठेगाना र आएको समय भन्नुहोस् त ?
उत्तरः मेरो नाम कान्छी या कुमारी -प्रायः घरमा काम गर्ने सबैलाई बोलाउने नाम यिनै हुन्) भनेर बोलाउँछन् । मेरो नागरिकतामा चाहिँ हुर्वु छुमु लामाङ छ । घर रसुवा हो । आएको चार वर्ष भयो ।
प्रश्नः अफिसको नाम र टेलिफोन नं. थाहा छ त ?
उत्तरः थाहा छैन त ।
प्रश्नः तिमीले काम गरेको घरको बाबाको नाम र टेलिफोन नं. थाहा छ त ?
उत्तरः त्यो पनि थाहा छैन । साहुनीले सबै मसँग भएको कागजहरू च्यातेर फालिदियो । मेरो लाउने लुगा पनि छैन । म यही लुगामा आएको ।
प्रश्नः तिमीलाई आफूले काम गरेको घरको ठेगाना थाहा छ त ?
उत्तरः त्यतिचाहिँ थाहा रहेछ । त्यही पनि अरविक भाषामा सरर भन्न थाली मैले नबुझेर साथीलाई सहयोग मागेर टिपेर राखेँ ।
प्रश्नः तिमी कति वर्षको भयौ ?
उत्तरः थाहा छैन । मेरो नागरिकतामा वा पासपोर्टमा छ । त्यहीँ हेर न ल ।
प्रश्नः पासपोर्ट कसले बनाइदिएको ?
उत्तरः त्यो नेपालको एजेन्टले
बनाइदिएको ?
प्रश्नः कति पैसा तिरेर आएको ?
उत्तरः पैसा त लागेन दाइ । कुवेतमा काम गरेर तीन महिनाको पैसा दिनु भनेर पठाएको छ । हामीलाई त पैसा नै दिएन कसरी तिर्ने होला । नेपालमा बुबालाई एजेन्टले पैसा माग्दै छ रे
प्रश्नः कति वर्षको भइयो थाहा छ ?
उत्तरः थाहा छैन ।
प्रश्नः पासपोर्टमा कति वर्षको बनाएर आएको त ?
उत्तरः खोइ २० हो कि २१ वर्ष बनाइदियो त्यो नेपालको एजेन्टले मलाई
थाहा छैन ।
प्रश्नः कतिमा पढ्दै थियो नेपालमा बैनी ?
उत्तरः मैले पढेन दाइ ?
तेस्रो पीडित
प्रश्नः नाम के हो बहिनी ?
उत्तरः कान्छी हो ।
प्रश्नः तपाईंको पासपोर्टमा पनि कान्छी नै छ त ?
उत्तरः होइन, पासपोर्टमा त लालमाया दमाई छ ।
प्रश्नः तपाईंको आफ्नै पासपोर्ट हो कि अर्कैको मा आएको त ?
उत्तरः म गाउँको अर्कै साथीको पासपोर्टमा आएको ।
प्रश्नः नेपालमा घर कहाँ हो ?
उत्तरः सिन्धुपाल्चोक ।
प्रश्नः कुवेत आएको कति समय भयो ?
उत्तरः ४ वर्ष भयो ।
प्रश्नः घरमा फोन गर्दै छौ त ?
उत्तरः छैन, अहिलेसम्म एकपल्ट पनि गरेको छैन । साहुनीलाई नेपालमा फोन गर्न जान्छु भनेको जानै दिँदैन
प्रश्नः कतिवटा घरमा काम गर्यौ त ?
उत्तरः दुईटा घरमा काम गरेँ । पहिलो घरमा १ वर्ष गरेँ । त्यो घरको साहुले १ वर्षको पैसा पनि दिएन । दोस्रो साहुलाई बेचिदियो । अहिले दोस्रो घरमा बेचिदिएको पनि ३ वर्ष भयो । पैसा दिएन अनि भागेर आएको । मलाई साहुको घर यहाँ हो भनेर ठेगाना मात्र थाहा छ अरू केही थाहा छैन । टेलिफोन नम्बर पनि थाहा छैन । मेरो अफिस पनि कहाँ हो नम्बर कति थाहा छैन ।
प्रश्नः कति वर्षको भयो त ?
उत्तरः म अहिले १८ वर्षको भएँ । म कुवेत आउँदा १४ वर्षको थिएँ ।
प्रश्नः पासपोर्ट कसले बनाइदिएको तिम्रो ?
उत्तरः मेरो त पासपोर्ट बनाएको छैन । म त अर्कै दिदीको पासपोर्टमा आएको
यी सबै गुनासाहरू भागेर आउने प्रायःजसो सबैमा लागू हुन्छ । कोही कोही चलाखीपूर्ण तवरले भागेर बाहिर बस्नेको
पनि जगजगी छ । कोही कसैको मायाजालमा परेर भाग्नेको कथा छुट्टै छ । कति बुझ्नै नसकिने कुरा छन् । समस्या एकातिरको सुनाउँछन् तर उनीहरूको काम गराई दोस्रो खालको हुन्छ ।
एजेन्सीले कुटेर आएका मान्छेको पनि कमी छैन । जबकि दुईजना कुटिएका दिदीहरू शरीरमा लागेका घाउका दागहरू लिएर दूतावासमा आएका थिए । कति क्रुर र निर्दयी मान्छे होलान् ती दुःख गरेर केही पैसा कमाउन आएका मानिसलाई मरणासन्न पारेर काममा पठाउने । विशेष गरेर श्रीलंकन र बंगालीदेशी एजेन्टबाट नेपाली दिदीबहिनीले पाएका दुःखका गुनासा धेरै नै बढ्दै गएका छन् । आउने दिनमा कुवेतबाट फर्केका दिदीबहिनीले भोगेका समस्याको बारेमा जेजति देखेको छ, भोगेको छ, नेपालमा गएर विदेश जान चाहने -महिला) गाउँले दिदीबहिनीलाई जानकारी गराइदिए भने पक्कै पनि मान्छे आँखा चिम्लेर हाल्फाल्ने थिएनन होला । समस्या एक खालको मात्र होइन धेरै खालका छन् । जुन तत्कालै निराकरण गर्न मुस्किल छ तै पनि झुटा विवरणले अल्झाएर सत्य कुरा भन्ने मान्छेलाई अप्ठायारोमा पारेका छन् ।
- बालकृष्ण
हालःअल
जहरा
स्रोतः इकान्तिपुर
---------------------------------------------------------