Air Ticketing in Nepal Contact to Merosindhu.com

जीवन भोगाई

कुटाइ खाने र भाग्नेको गनगन

2010-05-25 08:19:49 | मेरो सिन्धु

सकेन र सायदै सक्ला भनेर विश्वास पनि म गर्न सक्दिनँ । मात्र यो बाटो पहिल्याउने एउटा स्रोत या बहानाबाजी हो, मेरो । सधैं दिनभरिको गन्थनले वाक्क भएर कहिले त यसो बाहिर जान मन लाग्छ, साथीहरू बनाउन मन लाग्छ, नयाा ठाउा हेर्न मन लाग्छÙ के गर्ने यो मन न हो । भाषाको ज्ञानबिना यो सबै कुरा कोरा कल्पना मात्र हो । नजिकै कुनै गाडिको सुविधा छैन । फेरि मनलाई गााठो पारेर आधुनिक अरबी भाषा प्रशिक्षण समात्छु । मेरो सामान्यजस्तो लाग्ने दैनिक नित्यकर्म जस्तै हो, कुराकानीको । म कहाा छु सबै बिर्सिएर भागेर आउने दिदीबहिनीसागै नेपालका कुनाकुनामा हराउाछु । यी साना झिनामसिना कुराको पोको बिसाउने, दुःख, पीडा, साटासाट गर्ने काममा म सरिक हुन्छु । संवाद यसरी सुरु हुन्छ-

पहिलो पीडित

प्रश्नः     घर कहाँ हो दिदी या बहिनी ?

प्रतिप्रश्नः    कहाँ नेपालमा कि कुवेतमा ?

प्रश्नः     नेपालमा भन्नुहोस् न ?

उत्तरः     सिन्धुपाल्चोक, रसुवा, झापा, दाङ, नवलपरासी यस्तै कुनै एक ।

प्रश्नः     कुवेत आएको कति समय भयो ?

उत्तरः     त्यस्तै १ महिना जति, ४ महिना १५ दिन, ६ महिना यस्तै यस्तै ।

प्रश्नः     किन भाग्नुभएको त ?

उत्तरः     मलाई साहुनीले कुटपिट गर्छ, खाना खान दिँदैन । आज १ हप्ता भयो मैले खबुज -गहुँ/मैदाको रोटी) खाएको । त्यसमा पनि एकपल्ट मात्र दिन्छ । हिजोदेखि त त्यही पनि दिन छोड्यो अनि भागेर आएको ।

प्रश्नः     तपाईंको कुवेतमा अफिस छैन, त्यहाँ फोन गर्नु भएन, किन त्यहाँ नजानु भएको त ?

उत्तरः     त्यहाँ त फिलिपिनी आइमाई छे बंगालीसँग विवाह गरेर बसेकी । त्यसले पहिलोपल्ट जाँदा पनि अस्याध्यै पिटेर फेरि त्यही घरको साहुनीलाई बोलाएर पठाई । अब फेरि भागेर आइस् भने तँलाई मैले जानेको छु भन्छे । त्यो त राक्षसनी हो दाइ/भाइ मलाई त्यहाँ नपठाउनुहोस् बरु म यहीँ मर्छु बिन्ती छ मलाई त्यहाँचाहिँ नपठाउनुहोस् । त्यसपछि आँखाबाट बलिन्द्र आँसुका धारा निकालेर डाको छोडेर रुवाइ सुरु हुन्छ ।

प्रश्नः     अफिसले अर्को राम्रो घरमा काम लगाइदियो भने काम गर्ने कि नेपाल जाने त ?

उत्तरः     म अब घर नै जान्छु दाइ म काम गर्न सक्दिन मेरो शरीर कुटाइले गर्दा काम गर्न नसक्ने भइसक्यो । बिन्ती दाइ मलाई काममा नपठाउनुहोस् म घर जान चाहन्छु ।

दोस्रो पीडित

प्रश्नः     नाम, नेपालको ठेगाना र आएको समय भन्नुहोस् त ?

उत्तरः     मेरो नाम कान्छी या कुमारी -प्रायः घरमा काम गर्ने सबैलाई बोलाउने नाम यिनै हुन्) भनेर बोलाउँछन् । मेरो नागरिकतामा चाहिँ हुर्वु छुमु लामाङ छ । घर रसुवा हो । आएको चार वर्ष भयो ।

प्रश्नः     अफिसको नाम र टेलिफोन नं. थाहा छ त ?

उत्तरः     थाहा छैन त ।

प्रश्नः     तिमीले काम गरेको घरको बाबाको नाम र टेलिफोन नं. थाहा छ त ?

उत्तरः     त्यो पनि थाहा छैन । साहुनीले सबै मसँग भएको कागजहरू च्यातेर फालिदियो । मेरो लाउने लुगा पनि छैन । म यही लुगामा आएको ।

प्रश्नः     तिमीलाई आफूले काम गरेको घरको ठेगाना थाहा छ त ?

उत्तरः     त्यतिचाहिँ थाहा रहेछ । त्यही पनि अरविक भाषामा सरर भन्न थाली मैले नबुझेर साथीलाई सहयोग मागेर टिपेर राखेँ ।

प्रश्नः     तिमी कति वर्षको भयौ ?

उत्तरः     थाहा छैन । मेरो नागरिकतामा वा पासपोर्टमा छ । त्यहीँ हेर न ल ।

प्रश्नः     पासपोर्ट कसले बनाइदिएको ?

उत्तरः     त्यो नेपालको एजेन्टले

बनाइदिएको ?

प्रश्नः     कति पैसा तिरेर आएको ?

उत्तरः    पैसा त लागेन दाइ । कुवेतमा काम गरेर तीन महिनाको पैसा दिनु भनेर पठाएको छ । हामीलाई त पैसा नै दिएन कसरी तिर्ने होला । नेपालमा बुबालाई एजेन्टले पैसा माग्दै छ रे

प्रश्नः     कति वर्षको भइयो थाहा छ ?

उत्तरः    थाहा छैन ।

प्रश्नः     पासपोर्टमा कति वर्षको बनाएर आएको त ?

उत्तरः     खोइ २० हो कि २१ वर्ष बनाइदियो त्यो नेपालको एजेन्टले मलाई

थाहा छैन ।

प्रश्नः     कतिमा पढ्दै थियो नेपालमा बैनी ?

उत्तरः     मैले पढेन दाइ ?

तेस्रो पीडित

प्रश्नः     नाम के हो बहिनी ?

उत्तरः     कान्छी हो ।

प्रश्नः     तपाईंको पासपोर्टमा पनि कान्छी नै छ त ?

उत्तरः     होइन, पासपोर्टमा त लालमाया दमाई छ ।

प्रश्नः     तपाईंको आफ्नै पासपोर्ट हो कि अर्कैको मा आएको त ?

उत्तरः     म गाउँको अर्कै साथीको पासपोर्टमा आएको ।

प्रश्नः     नेपालमा घर कहाँ हो ?

उत्तरः     सिन्धुपाल्चोक ।

प्रश्नः     कुवेत आएको कति समय भयो ?

उत्तरः     ४ वर्ष भयो । 

प्रश्नः     घरमा फोन गर्दै छौ त ?

उत्तरः     छैन, अहिलेसम्म एकपल्ट पनि गरेको छैन । साहुनीलाई नेपालमा फोन गर्न जान्छु भनेको जानै दिँदैन

प्रश्नः     कतिवटा घरमा काम गर्यौ त ?

उत्तरः     दुईटा घरमा काम गरेँ । पहिलो घरमा १ वर्ष गरेँ । त्यो घरको साहुले १ वर्षको पैसा पनि दिएन । दोस्रो साहुलाई बेचिदियो । अहिले दोस्रो घरमा बेचिदिएको पनि ३ वर्ष भयो । पैसा दिएन अनि भागेर आएको । मलाई साहुको घर यहाँ हो भनेर ठेगाना मात्र थाहा छ अरू केही थाहा छैन । टेलिफोन नम्बर पनि थाहा छैन । मेरो अफिस पनि कहाँ हो नम्बर कति थाहा छैन ।

प्रश्नः     कति वर्षको भयो त ?

उत्तरः     म अहिले १८ वर्षको भएँ । म कुवेत आउँदा १४ वर्षको थिएँ ।

प्रश्नः     पासपोर्ट कसले बनाइदिएको तिम्रो ?

उत्तरः     मेरो त पासपोर्ट बनाएको छैन । म त अर्कै दिदीको पासपोर्टमा आएको

यी सबै गुनासाहरू भागेर आउने  प्रायःजसो सबैमा लागू हुन्छ । कोही कोही चलाखीपूर्ण तवरले भागेर बाहिर बस्नेको

पनि जगजगी छ । कोही कसैको मायाजालमा परेर भाग्नेको कथा छुट्टै छ । कति बुझ्नै नसकिने कुरा छन् । समस्या एकातिरको सुनाउँछन् तर उनीहरूको काम गराई दोस्रो खालको हुन्छ ।

एजेन्सीले कुटेर आएका मान्छेको पनि कमी छैन । जबकि दुईजना कुटिएका दिदीहरू शरीरमा लागेका घाउका दागहरू लिएर दूतावासमा आएका थिए । कति क्रुर र निर्दयी मान्छे होलान् ती दुःख गरेर केही पैसा कमाउन आएका मानिसलाई मरणासन्न पारेर काममा पठाउने । विशेष गरेर श्रीलंकन र बंगालीदेशी एजेन्टबाट नेपाली दिदीबहिनीले पाएका दुःखका गुनासा धेरै नै बढ्दै गएका छन् । आउने दिनमा कुवेतबाट फर्केका दिदीबहिनीले भोगेका समस्याको बारेमा जेजति देखेको छ, भोगेको छ, नेपालमा गएर विदेश जान चाहने -महिला) गाउँले दिदीबहिनीलाई जानकारी गराइदिए भने पक्कै पनि मान्छे आँखा चिम्लेर हाल्फाल्ने थिएनन होला । समस्या एक खालको मात्र होइन धेरै खालका छन् । जुन तत्कालै निराकरण गर्न मुस्किल छ तै पनि झुटा विवरणले अल्झाएर सत्य कुरा भन्ने मान्छेलाई अप्ठायारोमा पारेका छन् ।

- बालकृष्ण
हालःअल जहरा

स्रोतः इकान्तिपुर

---------------------------------------------------------

 

माथिको संवाद पढ्दा यहाँहरुलाई कस्तो लाग्यो। सिन्धुपाल्चोक जिल्लाबासीलाई मेरोसिन्धुको तर्फबाट विनम्र अनुरोध, कहिलेसम्म सिन्धुपाल्चोकको स्थिति यस्तै दयनिय रुपमा पढ्ने लेख्ने हामीले, यो स्थितिबाट हामी कसरी मुक्त हुने? जिल्लाको बारेमा शासकहरुले त केही सोचेनन् फगत सिन्धु आमाको रगत चुस्ने बाहेक अर्को केही माखो मारेनन्। चेलिबेचविखनको असाध्यै पीडादायी कलंकित समस्याबाट पिडित हामी अब फेरी नयाँ नयाँ ढंगले पिडित बनिरहेका छौं। सकिन्छ भने यस्ता थुप्रै समस्याहरुबाट कसरी मुक्त हुन सकिन्छ? तपाइको रायको अपेक्षा राख्दै ..................


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box