Air Ticketing in Nepal Contact to Merosindhu.com

व्यक्ति व्यक्तित्व

सर्वहारा जनवादी गायक जीवन शर्मा

2010-05-25 03:01:56 | मेरो सिन्धु

Jeevan sharma, raktim aabhiyan सर्वहारा मुक्तिको गीत गाउँदागाउँदै आफैँ सर्वहारा कित्तामा पुगेका छन्, जीवन शर्मा । उनको नाममा विशाल आकाशमुनि एक इञ्च जमिन छैन, कतै एक हजार रुपियाँ जगेडा छैन । तीन दशक लामो सांस्कृतिक यात्राभर जेनतेन जीवन धान्दैछन् । तर, आफ़्नो समर्पणमा कुनै असन्तुष्टि छैन । भन्छन्, राजीखुसी निम्त्याइएका दुःखहरू सामना गर्नुमा रमाइलो छ, दुःखहरूविरुद्ध लड्नुमा झन् आनन्द छ ।

जीवन शर्मा जन्मजात सर्वहारा होइनन् । तर, सर्वहाराका गीत गाउँदागाउँदै सर्वहारा बन्न पुगेका छन् । स्वीकार्छन्, पहिले म सर्वहारा थिइनँ, अरूका लागि गाउँथे, अहिले म सर्वहारा भएँ, आफ़्नै लागि गाउँदैछु ।सर्वहारा वर्गका निम्ति गाएर त्यसै वर्गमा समाहित हुन पाउनुमा उनले गौरव नै गरेका छन् । सम्पत्तिका रूपमा अब उनीसित जनताको माया मात्र छ । पारिवारिक अंशका रूपमा पाएको चितवनको घडेरी जनताको गीतको सङ्ग्रहालय बनाउने क्रममा बेचे उनले । तर, मुलुकमा लागेको सङ्कटकालले नेपाल सांस्कृतिक प्रतिष्ठान नामक संस्थाका साथै जीवन शर्माको पुख्र्यौली झिटी पनि रहेन । चित्त बुझाउँछन्, नेपालमा राम्रो काम के पो फस्टाएको छ र ?

त्यसो त कागजी प्रमाणपत्रहरू नभएर जीवन शर्मा सर्वहारा हुन पुगेका होइनन् । दर्शन र राजनीतिशास्त्रमा स्नातक गरेपछि उनले अङ्ग्रेजी र मानवशास्त्रमा डबल एमए पनि पढेकै हुन् । तर, अङ्ग्रेजीलाई आफ़्नो कपको कफी बनाउन सकेनन् उनले । बडो भावुक मुद्रामा भन्छन्, म पूरै गीततिर लागेँ, अब मसित गीतबाहेक केही छैन । हो, अब जीवन शर्माले खाने, बस्ने, पढ्ने अनि हिँड्ने जनताकै गीत मात्र हुन् ।

जीवन शर्माले जानेर साइँली-माइलीका गीतु गाएनन् । उनको रोजाइमा रह्यो सार्थक गीत । भन्छन्, मुलुकको जिम्मेवार कलाकारले अर्थहीन गीत किन गाउने रु नाङ्गा र अङ्गप्रदर्शन गरिने खालका नाच चाहिने गीत म गाउँदिनँ । जीवन शर्मा फेरि पनि दुःखी जनता र अखण्ड नेपाललाई नै गीति मेनुमा राख्न चाहन्छन् । उनको जिद्दी छ, गीतले दिमाग छिटो बदल्न सक्छ ।

अविराम जनता-जिन्दावाद भन्दै आएका छन् जीवन शर्मा ।बिहानीले दिनभरिको सङकेत गरिदिन्छ रे ! जीवनवादी जीवन भन्छन्, एकाबिहानै कामुक गीत सुन्नेले दिनभर ठिटीतिर ध्यान दिन्छ, भजनकीर्तन सुन्नेले मन्दिर धाउँछ अनि जागृतिका गीत सुन्नेले देश र जनतालाई केन्द्रमा राख्छ । तर, उनी प्रेम होस् वा राजा विषयलाई गीतै होइन चाहिँ भन्दैनन् । यत्ति हो, जनतालाई सम्पूर्ण रूपमा राजनीतिक चेतनाले झरझिट्टै नपारेसम्म उनले उज्यालो भविष्यको गीत सुनाइरहने छन् ।

जीवन शर्माको छुट्टै जीवनदर्शन छैन । सर्वहारा वर्ग र उनको जीवनदर्शन एउटै हो । तीन छोरा र एक छोरीका पिता जीवनले जीवनमा दुईपटक विवाह गर्नुपर्यो । एउटा मागी विवाह, अर्को भागी विवाह । प्रथम पत्नीसित त उनले सम्बन्धविच्छेद नै गरसिकेका छन् । अहिले उनी काठमाडौँ घट्टेकुलोमा पत्नी नीलिमा, छवर्षे छोरीसहित रुखासुखा दिनगन्ती गर्दैछन् उनी ।

करोडपति बन्ने, सुनका बिस्कुट ढुकुटीमा राख्ने, आलिसान महलमा बस्ने, बेन्ज कारमा हुइँकिने वा नाम र इज्जतसाथ बाँच्ने कुनै पनि महत्त्वाकाङक्षा छैनन् जीवनमा । बरु अहिले पनि कि जेल परिने वा मारिने खतराहरू देखिरहन्छन् । खतराहरू सामना गर्नुमा पनि अज्ञात आनन्द छ । भन्छन्, म जे छु, ठीकै छु ।

त्यसो त यी मुक्तिका गायक जिउने र मारिने विषयमा डराउने खालका छैनन् । रेडियो वा टेलिभिजनले गीत बजाओस्, नबजाओस्, सारङ्गीप्रेमी जीवनलाई फिकर छैन । जनमनमा, जनजिब्रोमा र जनताको घरघरमा सुरक्षित हुन पाए पुग्छ । सामान्य अवस्थामा सजिलो मञ्चमा जाने अनि असामान्य अवस्थामा प्यारो ठाउँ गरबिका रामझुपडी छँदैछन् ।

जीवन शर्माको खास नाम रामकृष्ण आचार्य रहेछ । त्यसो त चिनामा टीकानिधि उपाध्यायका रूपमा टिपोट गरिएको छ उनलाई । कतिपय मौसमी नामहरू त जीवनले बिर्सिसकेका छन् । तर, जीवन शर्मालाई घिसारेर नियमित हिँडेको २५ हिउँद बितिसक्यो । जीवनको जन्मथलो बाग्लुङको राङखानी-पाही, धर्मराज थापाका शब्दमा गीतको खानी हो । मगर बस्तीमा हरेक साँझ मादल घन्कने नै भयो । मेलापात, झारापर्म जताततै नाचगान । त्यहाँ झ्यायाउरे, भजन गाउँदागाउँदै रामकृष्ण आचार्यको अन्तःप्रज्ञा खुल्यो । काठमाडौँ पसेपछि मात्र उनी जनताको गीत गाउने तहमा पुगेका हुन् । सङ्कल्प, वेदनालगायतका सांस्कृतिक समूहको उत्प्रेरणा त छँदैछ ।

कम्युनिस्ट-भाइरसु पसेपछि मायापिरतीका गीतहरू भूपू हुनु अस्वाभाविक होइन । रामकृष्णलाई थाहा भयो, देशदुनियाँ बदल्ने सजिलो बाटो गीतसङगीत हो । सम्झन्छन्, जनताका दुःख, वेदना, पीरमर्का, पञ्चायती व्यवस्थाका दमन, अत्याचार अनि जागृतिका गीत गाएर देशाटन गरेँ, भारतका हिमाञ्चलदेखि कन्याकुमारी, कोलाकातादेखि मुम्बई, चेन्नईदेखि दिल्लीसम्म डुलेँ ।

काठमाडौँको कलेज जीवनमा प्यूठानका मणि थापासित जीवन शर्माको जोडी खूबै जम्यो । गाउने जीवन र नाच्ने मणि । कलेजहरू डुल्दै आधा दर्जन वर्ष मणिसँग गरेको सहयात्रा उनले बिर्सन सकेका छैनन् । राजेश विकसँग गाउँतिर गितार बोकेर घरका आँटी, पिँढी अनि आँगनका धूलो उडाएको पनि ताजै छ ।

पहाडी सामन्ती पृष्ठभूमिका पितासित विद्रोह गरेर ननिस्केको भए जीवन शर्मा यतिखेर ढाक्रे जीवनशैलीमा रहने थिएनन् । तर, गीताङे बन्ने धुनमा इन्जिनियरिंग क्याम्पस पुल्चोकमा ओभरसियरको पढाइ अपूरै छाड्नुमा कुनै खेद छैन । कुनैबेला मुस्ताङ र सोलुखुम्बुमा मास्टरी गरेको झझल्को पनि मेटिएको छैन । बनारसमा कामचलाउ गितार सिकेका जीवनको बाटो तिनै तारहरूमा अल्झिरह्यो ।

जीवन शर्मा गाउँदैनन् मात्र, गीत पनि आफैँ लेख्छन् । कहिलेकाहीँ कविहरूका रचनालाई पनि गीति सरगममा ढाल्छन् । आफ़्ना गीतलाई सर्वहारा वर्गको मान्छन् जीवन । भन्छन्, मेरा गीत कुनै पार्टीको भजन होइन । गरिबीका व्यथा अनि मुक्तिका आवाज कुनै पार्टीविशेषको हुन सक्दैन ।झरनाको मीठो पानी…. सिमली छायाँमा बसी….लगायत लोकप्रिय गीतका स्रष्टा जीवनका ३३ थान एल्बम जनताका नाममा आइसकेका छन् । फोकल्यान्डको टापुबाट….चाहिँ मणि थापाले लेखेका रहेछन् । पक्कै पनि जीवन शर्माको स्वरसङगीनीका रूपमा नीलिमा पुन र लक्ष्मी गुरुङजति अरू सुहाएनन् । स्वर संसारकै गरमिका निम्ति नीलिमासित उनले प्रेमविवाह गरेका हुन् ।

जीवन शर्माको पार्टीगत सम्बन्ध मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसित छ । त्यसो त उनी एकताका एमालेको साङ्गीतिक मञ्चमा पनि गाउँदै नहिँडेका होइनन् । भन्छन्, एमाले कम्युनिस्ट पार्टीचाहिँ होइन, देशभक्त र जनतान्त्रिक चरत्रिको पार्टी हो भन्ने लागेको थियो । तर, महाकाली सन्धिमा बदमासी गरेपछि म त्यहाँ रहिरहन सकिनँ ।

रक्तिम सांस्कृतिक परिवाका संस्थापक हुन् जीवन । अहिले त्यसको अध्यक्ष छन् । घन्टाघरको फेदीमा बसेर नौ जनाले खोलेको रक्तिममा अझै पनि सयौँ कलाकार सङ्गठित रहेछन् । ज्यान जाला, जीवनले रक्तिम छाड्दैनन् । भन्छन्, अहिले राष्ट्रका निम्ति बोल्ने संस्थाहरू धमाधम समाप्त हुँदैछन् । सबै कम्युनिस्टहरू देशभक्त हुन्छन् भन्ने परिभाषा फेरिएका बेला सर्वहाराको मुक्तिका साथै राष्ट्र मुक्तिका निम्ति आन्दोलित हुनुपरेको छ ।त्यसैले घन्काउँदैछन्

छेकेर छेकिन्न इतिहासको पाङ्ग्रा

बढ्छ अघि चल्छ निरन्तर

रोकेर रोकिन्न, जनताको आँधी

चल्छ हुरी आउँछ वसन्त ।

कवि हृदयका मनुवा जीवन शर्मा कहिले छन्दमा हुन्छन्, कहिले छन्द न बन्दमा । उनको संसारभर साम्यवाद स्थापनाको स्वैर कल्पना हो वा क्रान्तिकारी रोमान्स उनमा बाँकी छ । नेताकै हिसाबमा दोहोर्याइरहन्छन्, मेरो इच्छाले मात्र संसार बदलिँदैन, मैले त परविर्तनको गतिलाई तीव्र पारििदने मात्र हो, मेरो जिन्दगीमा भएन भने कुनै दिन होला । तर, सागर भेट्न जाँदैछ नदी… कित्ताका गीतले श्रोताको मन नजितेको गुनासो छ उनमा । भन्छन्, मलाई मनपर्यो एकथरी, दुनियाँलाई मनपर्यो अर्काथरी ।

जीवन शर्मा आफैँमा एउटा तथाकथित आदर्श बोकेर हिँडेका छन् । उनका आदर्श नेता रहेछन्, कमरेड मोहनविक्रम सिंह । भन्छन्, मोहनविक्रम मुलुककै एक मात्र सत्याग्रही नेता हुन्, लोभलालच, इज्जतबेइज्जत नहेरी साँचो कुरा बोल्ने, सर्वहाराजस्तै बनेर हिँडेका मोहनविक्रम स्तरको नेता मैले भेटेको छैन । प्रचण्डपूजाको फोटोकपी किन त ? जवाफमा जीवन शर्मा, म त एक समय मसाल पनि छाडेर हिँडेको हुँ, मलाई यहाँ बस्न कसैले बाध्य बनाएको पनि छैन । मोहनविक्रम कुनामा घचेटिएलान्, छेउमा फालिएलान् वा पुरिएर मर्न पनि सक्लान् तर उनले यथार्थ बोल्न छाड्दैनन् ।

मूलधारको गीतमा विद्रोही गायक जीवन शर्माको आकर्षण छैन । मैले जनताको गीत गाउनु के नराम्रो हो ? राष्ट्र बचाउने गीत गाउनु मेरो अपराध हो उनी भन्छन्, अरू पैसाका लागि गाउँछन्, म चेतनाका लागि गाउँछु । जनताको गीत गाउँदै बझाङ, हुम्ला, ताप्लेजुङबाहेक सबै जिल्ला परिक्रमा गरेका जीवन शर्मा आफूलाई सोचेभन्दा हजारौँ गुणा बढी सफल ठान्छन् । भन्छन्, ४८ वर्षे जोवन अर्थपूर्ण रह्यो । म किन जन्मेछु जस्तो लागेको छैन ।

सर्वहारा मुक्तिको गीत गाउँदागाउँदै आफैँ सर्वहारा कित्तामा पुगेका छन्, जीवन शर्मा । उनको नाममा विशाल आकाशमुनि एक इञ्च जमिन छैन, कतै एक हजार रुपियाँ जगेडा छैन । तीन दशक लामो सांस्कृतिक यात्राभर जेनतेन जीवन धान्दैछन् । तर, आफ़्नो समर्पणमा कुनै असन्तुष्टि छैन । भन्छन्, राजीखुसी निम्त्याइएका दुःखहरू सामना गर्नुमा रमाइलो छ, दुःखहरूविरुद्ध लड्नुमा झन् आनन्द छ ।

आजीवन कम्युनिस्ट भएकोमा जीवन शर्मालाई कुनै दुःखमनाउ छैन । जति व्यथित छन्, नक्कली कम्युनिस्टबाट । कम्युनिस्टको साइनबोर्डमा मनपरी गर्दै आएका नेतालाई धिक्कार्छन् पनि । तर, जनताका गीत गाउने सबै उनका श्रद्धाका पात्र छन् । भन्छन्, कम्युनिस्ट भनेको विचार हो, हतियार बोक्दैमा कम्युनिस्ट हुने भए ज्वालासिंह वा तमिललाई लाल सलाम गर्नुपर्यो ।

कम्युनिस्ट नै किन नहुन्, असलमा जीवन शर्मा कलाकार हुन् । उनी आफूलाई देशभक्त नेपालीको दर्जामा राख्न चाहन्छन् । अब एउटा काँधमा गणतन्त्र र अर्को काँधमा राष्ट्रलाई राखेर हिँड्ने दिन आएका छन्, उनी भन्छन्, गणतन्त्र ल्याउने नेपालमा हो, नेपाल नै नरहे गणतन्त्र के काम ?

प्रतिक्रियाहरु

I am always with you jeevan dada....you are the strength of sovereignty and equity........so lets be togather to nil down brokers and capitalist

- sandeep karki : butwal, shankarnagar

कल्पनाको सम्झना मायालुलाई हजारौ हजार तिता मिठा शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी जिवन विताउने चेस्टा गरिरहेको छु । शायद श्वास प्रश्वासको प्रक्रियामा बम र बारुदको धुलो र धुवाँलाई अग्रस्थान दिदै धनाड्य बन्ने चाहानामा यो उराठ लाग्दो मरुभुमिमा १२ घण्टा काममा जोतिएर पनि आत्मीय मायालुलाई नजिक बनाउन नसके पनि भौतिक रुपमा मायाको शब्दजाललाई टाडा बनाएर दिन प्रतिदिन सँगमको परिकल्पना बोकेर जिवनको यात्रालाई छोटयाउदैछु । आखीर भगवान बलिदेबको लिला भनु या जे भने पनि सृष्टि कर्ताको चक्रव्युह न हो भनेर भन्नु बाहेक अरु के नै सोच्न सकिन्छ र ? हृदयमा पिडा भएर पनि देखावटिपनको सन्सारमा सदा खुशि रहि रहने यो स्वार्थी संसारमा मिठा मिठा सम्झनाका कोसेलीहरुलाई पलपलमा उब्जिएका तरेलीहरु यो सेता कोरा कागतको मैदानमा निर्जीव तर संन्सारलाई चमत्कार गर्न सक्ने र विनास पनी गर्न सक्ने शक्तिवान कलमको सहारा लिएर भावपूर्ण जिन्दगीको सुनौला रुपी यात्रालाई सुखदसमुन्नती समृद्धिको लागी सृष्टिकर्तासँग दिनहु कामना गरिरहेको छु । बाचा त हामीले जोडि ढुकुरको भएर जिउने खाएका थियौ तर के भनौ आखिर अदृश्य भए पनि जिन्दगीको हरेक पल हरेक कोणबाट माया र ममतामा सजाएको नै थिए जस्तो लागेको थियो । दैवको लिला भनौ या त समयको खेल भनौ विधिको विडम्बनाले गर्दा यस्तो हुन गयो । तिम्रा ति कोमल मनको सारथि भएर अदृश्य माया दिए कै थिए । आफना मनमा गुम्सिएका तरङ्गहरु खुलस्त रुपमा तिमीले फुकाउन किन हिचकिचावट गरेका थियौ आखिर सम्पूर्ण सजिव प्राणिको मन मस्तिष्क र हृदयको कुना कन्दरामा बास बसि रहने र दुख र सुखको सामना गर्नु पर्ने यो नै भगवानको कर्तव्य भएकोले मानिसले चाहेर पनि जिन्दगीमा सबै चिज पाउँदो रहेनछ भन्ने कुरा तिम्रा ति अन्तरयामी शब्दहरुको भावबाट प्रष्ट बनाई दियौ । कल्पनाको संन्सारमा वालुवाको महल बनाए झै तिम्रो मन मस्तिकलाई मेरो हृदयको कुना कन्दरामा सजाएको थिए । आखिर मैले तिमीलाई हृदय देखि नै माया गरेकै थिए । तिम्रो हरेक लक्षमा मेरो साथ रहि रहने छ भने कै थिए । तर पनि तिमीले आफुलाई स्वार्गको अप्सरा जस्तै सर्वकृस्ट ठान्यौ । मेरो पवित्र मायालाई कसिङ्गर सम्झेर हावामा उडाई अरुको संसारमा रमाउन चाहन्थ्यौ भने किन मायाको फोस्रो जाल बुन्नु थियो छर्लङ्ग हुने गरि मेरा सामु भनेको भए पनि अविर जात्रा गरेर बिदाई दिने थिए । माया र प्रेम भनेको पाउन मात्र गरिदैन गुमाउनु पनि हो । विश्वास दिनेलाई माया भनेको जिवनको अभिन्न अङ्ग हो खेल सम्झने हो भने मायालु एउटा अस्तिपंजरको हाड र मासुको थुप्त्रो नै त हो जिन्दगी । अरुको खुशिलाई आफनो खुशी हो भनेर आफुमा भएको दुख पिडा र बेदनालाई मलम लगाउन उराठ लाग्दो मरुभुमिको एकान्तमा बम र बारुदको प्रबाह नगरि अतितका पलहरुलाई सम्झेर बस्दै गहभरि आशु बगाउदै वर्तमानसँग रमाउन बाध्य भएको थिए । आखिर जति नै धनाढ्य शिक्षित सुन्दर भएपनि एकदिन यो स्वार्थी संसारबाट खाली हात यमराजको घरमा अवश्य पनि जानै पर्ने दिन आउनेछ । यो सृष्टिको सुनिश्चित नियम नै हो । त्यसैले यो लामो दुई दिनको जिन्दगीको मुल्यवान समयलाई सही ठाउँमा सदुपयोग गरि हासि खुशी रमाउने बाचा त दिएको थिए । शायद मेरो औकात थिएन सुन चाँदि र हिरामोतिले झकि झकाउ बनाउन सक्ने तापनि पवित्र माया दिएर सदा खुशी राख्ने प्रयत्न गरेकै थिए चौरासि परिकारको भोजन र महलमा राख्न नसकेपनि साग र सिस्नो खुवाएर भए पनि खरको झुपडिमा पवित्र माया दिएर ओठ भरि मुस्कान दिई रहने थिए । शायद मेरो यो जिन्दगी यो युगमा यस्तै भई हाल्यो । तिम्रा ति अब आउने दिनहरुमा कहिले दुख र संकट भन्ने कुरा नआओस सदा सर्वदा खुशी रही तिम्रो त्यो सुन्दर रुपी मुहार मृग नयनी आँखा बाघको जस्तो कम्मर कोइलीको जस्तो सुवास पुर्ण बोली एक धनाढ्य शिक्षित र सम्पन्न व्यक्तिलाई सुम्पनु र सदा सदाको लागी खुशि रहिरहनु यहि छ मेरो हृदय देखिको नै शुभ कामना उहि अभागी

- niroj khatiwada : nijgadh

kalama lagera desh ra janatako chetana badhaune kalakarlai netaharule upayog matra hoina samman pani garnu parchha. Jivan sharmako hakma unlai aajivan talab dinu parchha

- madhab chaudhary : bardiya

जीबन शर्मा नेपाल को गाएक मधे मा १ नम्बर गाएक जस्तो लाग्छ मलाई. उहा लाई सरकार ले र हामि जनता ले सहयोग गर्नु पर्छ.तपाइको गीत मा सत्य छ मन छुन्छ भित्रि मन बाट नै देस र गरिबी जनता को लागि केहि गरु भने लगछ.तर गरिब ले गरिबलाई के सहयोग गर्न सकितन्हह्यो र . धनि हरुले केहि गर्न पर्ने हरु आफु कसरि धनि हुने तिर मात्र सोछ्हन.आफ्नै भकारी भर६अन्. नेता हरु

- pradip karki : kavre

ठंक्स मेरोसिन्धु .काम तो क्नोव अबौत जीवें शर्मा.मा वांह को फन हून.

- suresh pahari : baidam -6, pokhara

प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।

नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box