Air Ticketing in Nepal Contact to Merosindhu.com

स्वास्थ्य

दिसा गर्दा किन पीडा हुन्छ

2010-05-25 01:51:17 | मेरो सिन्धु

समस्याः पायल्स भनेको के हो ? कृपया यसको बारेमा बिस्तृत रुपमा बताईदिनु हुन्छ कि? मलाइ दिसा गर्दा एकदम पीडा हुन्छ । -पदम सुन्दर राना

समाधानः पायल्सको बारेमा जानकारी लिन चाहनु भएको रहेछ । तपाईले दिसा गर्दा पीडा हुने कुरा मात्र उल्लेख गर्नुभएको रहेछ तर कहिले देखि तपाईमा यो किसिमको समस्या देखा परेको हो साथै तपाइले आफ्नो उमेर आदि कुराहरु पनि उल्लेख गर्नु भएको भए अझ जानकारी दिन सजिलो हुने थियो ।

तपाइलाई दिसा गर्दा हुने पीडा पायल्स मात्र नभइ अन्य रोग जस्तै भेरिकोस भेन वा अन्य कारणहरुवाट प्नि हुन सक्छ । त्यसको निक्यौल गर्न भने जाँचपडताल नै गर्नु आवश्यक देखिन्छ ।

मानिसको पाचन प्रणाली मुखबाट शुरु भई आमाशय सानो आन्द्रा त्यसपछि ठुलो आन्द्रा हुदै मलद्धारसम्म आइ पुग्छ । त्यसैले पाचन प्रणलीको अन्तिम भाग भनेर मलद्धारलाई चिनिन्छ । यसको बनावटको कुरा गर्दा यो भाग ठुलो आन्द्रमा हुदै मलद्धार सम्म आइ पुग्दा बिशेष प्रकारको फम जस्तो रक्तनलि युक्त तन्तुहरुको बाक्लो तह पनि मलद्धारसंगै मिलेर बसेको हुन्छ ।

यदि लगातार रुपमा दिसा कब्जियत भइ रहेमा वा धेरै नै चाप परेमा वा अन्य शारिरिक मानसिक चिन्ता वा समस्याका कारणहरुले त्यो रक्तनली यूक्त भाग झोल्लिने फोका जस्तो बन्ने तथा खुकुलो हुने गर्दछ । यसरि झोल्लिएको भाग सजिलै फुट्ने र च्यातिन सक्छ र यो सजिलै बाहिर झुन्डिएको अवस्थामा पनि रहन सक्छ ।

यहि अवस्थालाई नै पायल्स वा हेमोरोइड्स भन्न सकिन्छ । यो रोगको लक्षण अवस्था हेरेर उपचार गर्न सजिलो होस भन्ने हेतुले यसलाई ४ तहमा बिभाजन गरिएको पाइन्छ ।

पायल्स समस्याको शुरुको अवस्थामा भएमा यो बन्ने भागमा त्यति चेतनशिल तन्तुहरु नहुने भएकोले साधारणतया दुखाइ हुदैन । तर जटिल अवस्थामा पुगेपछि भने यसले मलद्धारका अन्य भागहरुलाई पनि अबरोध पुर्याउने हुदाँ पछि पिडा पनि हुन सक्छ ।

पायल्स हुनुका कारणहरु

- लामो समयसम्म कब्जियत भई रहनु
- पेल्भिक ट्युमर
- गर्भाअवस्था
- मुटुको रोग
- दम

पायल्स रोगका लक्षणहरु

- दिसागर्दा ताजा रातो रगत आउनु
- दिसा गर्दा रगतको थोपा चुहिनु
- पिडाका साथ रक्त अल्पता हुनु

यी माथिका कुनै लक्षणहरु देखा परेमा तुरुन्तै डाक्टरको मा जचाँउन जानु पर्छ । जाँचेर हेरेर मात्र यो रोगको जटिलता थाहा पाउन सकिन्छ र सोहि अनुसार रोगको उपचार पनि फरक फरक हुन्छ । यस्तो समस्या हुन बाट जोगिनु नै सबैभन्दा उत्तम उपाय हो यसको लागि निम्न कुराहरुमा बिशेष ध्यान पुराउनु पर्छ ।

- खानपिनमा बिशेष गरेर रेशादार, हरियो सागपातको मात्रा बढाउनु पर्छ ।
- प्रशस्त मात्रामा झोल पदार्थ सेवन गर्ने ।
- दिसा सधै एउटै समयमा गर्ने बानि बसाल्नु पर्छ र नियमित दिसा गर्नु पर्छ ।
- दिशा गर्न बस्दा हतार गर्ने वा जोडले कनेर गर्नु हुदैन ।
- अत्यधिक चिन्ताको कारणले पनि दिशा कब्जियत गराउन सक्छ । त्यसैले चिन्ताको छिटै नै समाधान निकाल्न प्रयास गर्ने ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box