Air Ticketing in Nepal Contact to Merosindhu.com

स्वास्थ्य

मुख मैथुन कत्तिको सुरक्षित

2010-05-25 01:45:28 | मेरो सिन्धु

समस्याः म ३३ बर्षको विवाहित पुरुष हुँ । हामी श्रीमान् श्रीमती खुलेर यौन सम्पर्क राख्ने गर्छौ । श्रीमतीसंग यौन सम्पर्क राख्नु अगाडी मलाई मुख मैथुन गर्न मन लाग्छ र मेरी श्रीमती पनि योनी मुख मैथुन गराएर यौन सम्पर्क राख्दा बढी आनन्दित हुन्छिन् । तर पनि उनी मुख मैथुनमा अग्रसरता देखाउछिनन् । उनी यसलाई फोहोरी काम भन्छिन् र उनलाई राजी गराउन निकै गाह्रो हुने गरेको छ । उनलाई कसरी संझाइ मुख मैथुनमा अग्रसर गराउने होला ? - संजय

समाधानः मानिस स्वभावले अन्य प्राणिको तुलनामा बढी यौनकार्यमा सक्रिय हुने गरेको पाईन्छ र मानिसहरु यौन क्रिडामा अरुको तुलनामा बढी नै रमाउने स्वभावका पनि हुन्छन् ।

मानिसहरुको यौन चाहना प्रतिको बढी लगावलाई लिएर प्राचीन समय देखिनै बिभिन्न यौन शास्त्रहरु प्रकाशनमा आइरहेका छन् भने यौनक्रिडालाई आनन्दित तुल्याउने बिभिन्न पुस्तकहरुको पनि प्रकाशन भइरहेको छ ।

यौनक्रिडाको समयमा पाईने बिभिन्न प्रचलित यौन क्रियाकलाप मध्ये लिङ्ग-मुख मैथुन वा योनी- मुख मैथुन पनि लोकपि्रय कार्यको रुपमा रहेको छ । लिङ्ग वा योनीको मुखसंग सम्सर्ग गरी यौन क्रिडा गर्नुलाई साधारण अर्थमा मुख मैथुन भन्ने बुझिन्छ ।

यसलाई यौनक्रिडाको पूर्व तयारीको रुपमा लिने चलन पनि रहेको छ । अझ पश्चिमी मुलुकहरुमा यो क्रिडाको प्रयोग बढी नै हुने गरेको छ भने पूर्वि मुलुकमा पनि मुख मैथुनले विस्तारै लोकपि्रयता पाइरहेको छ ।

खाना खाने लुगा लगाउने कुरामा प्रत्येक ब्याक्ति अनुसार आ-आफ्नै रुचि र चाहना भए जस्तै यौन क्रिडामा पनि मानिसहरुको अलग अलग किसिमको रुची र चाहना वा आसन हुने गर्छ । साथै आपसी समझदारीमा यौन आनन्द लिने तरिका पनि फरक हुन सक्छ । तर श्रीमान् श्रीमती वा प्रेमी प्रेमीका विच समझदारी कायम भयो भने कुनै पनि किसिमको यौनक्रिडा अझ बढी आनन्दित हुने गर्छ ।

मुख मैथुन विपरित लिङ्गी विच मात्र नभएर समान लिङ्ग भएकाहरु विच पनि हुने गर्छ । समलिङ्गीहरु विच यौनक्रिडा नहुने हुनाले मुख मैथुन अझ बढी हुने गर्छ ।

यसरी मुख मैथुन गर्दा यौन आनन्द पाउनुको साथै गर्भ रहने सम्भावना पनि रहदैंन । जसको कारण यो पनि लोकपि्रय यौनक्रिडा नै हो ।

यदि श्रीमान्-श्रीमती वा प्रेमी-प्रेमीका विच पूर्ण रुपमा यौन आनन्द प्राप्त गर्ने चाहना छ भने मुख मैथुनलाई घिनमान्ने वा फोहोरी कार्य मान्नु हुदैन । अन्य यौन सम्पर्कमा यौन रोगहरु सर्ने सम्भाबना भए जस्तै मुख मैथुनबाट पनि यौनरोगहरु सर्न सक्छ ।

तर स्वस्थ्य वा एकै पुरुष वा महिलासंग यौन सम्पर्क राख्ने ब्यक्तिसंग मुख मैथुन गर्नु सुरक्षित पनि मानिन्छ ।

मुख मैथुनका बारे समाजमा धेरै नकरात्मक अवधारणा भएको कारण तपाईको श्रीमतीले यसलाई धिन मान्नु भएको होला । त्यस्तो असहजता आउनुका कारणहरु मध्ये यौनाङ्गबाट निस्कने यौन रस र कडा गन्ध वा यौन अंगको सरसफाइ जस्ता कुराहरुमा पनि भर पर्न सक्छन् ।

सायद यहि कारणले मुख मैथुन फोहर लागेको होला । तर मुखमैथुन गर्दा यौन अंगको सरसफाइलाई ध्यान दिने र यौन सम्पर्क अगाडि यौन अंगलाई सफा पानीले राम्रो संग सफा गर्ने र मुख मैथुन क्रिडा सकिए पछि मुख राम्रोसंग कुल्ला गर्ने, दाँत माझ्ने हो भने पनि कति मुख मैथुनबाट हुन सक्ने स्वास्थ्य समस्याहरु जस्तै ओरल थ्रस, गिजा पाक्ने जस्ता समस्याहरुलाई कम गर्न सकिन्छ ।

तपाइले यी सबै कुराको साथमा आफनो यौन चाहनाको बारेमा पनि आफनो श्रीमतीसँग खुलेर कुरा गरी यौन सम्बन्धलाई समझ्दारीमा ल्याउन सक्नु हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box