अध्यक्ष सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ तथा
अध्यक्ष महायज्ञको मुल समारोह समिति सुनकोशी बहुमुखी क्याम्पस लामोसाँघु
महायज्ञको मुल समारोह समितिको अध्यक्षमा किन तपाई छानिनुभयो?
म कुनै पनि दलसंग आबद्व नभई स्वतन्त्र रहेको व्यक्ति हुँ । मेरो समाजसेवाको भावना र उद्योग वाणिज्य संघको अध्यक्ष भएको कारणले मलाई छनौट गरियो भन्ने लाग्छ ।
-महायज्ञमा कस्ता व्यवसायी दातालाई उपस्थीत गराउनु हुन्छ?
व्यवसायीहरुको प्रतिनिधित्व गरे पनि म व्यापारी मात्र नभएर त्यहाँको स्थानिय बासिन्दा पनि हुँ । हामीले दाता पहिचान कमिटी बनाएका छौं । उक्त कमिटीले क्याटगोरी छुट्एर दाता पहिचान गर्दैछ । धामिक कार्यमा उपस्थीत सम्पुर्णले आपुनो क्षमता अनुसार सक्दो दान सहयो गर्नु हुनेछ भन्ने आशा राखेका छौं । यस कार्यमा व्यवसायी साथीहरुको पनि उल्लेख्य उपस्थीती रहनेछ ।
-महायज्ञको तयारी कसरी हुँदैछ?
महायज्ञको तयारी भईरहेको छ । देशको वर्तमान परिस्थीतीले विभिन्न कठिनाईहरु उत्पन्न भएको छ । यसका बाबजुद पनि तयारी गरिरहेका छौं । महायज्ञको प्रचार प्रसार तिव्र बनाउने प्रयासमा लागेका छौं । यसका लागी विभिन्न कार्यक्रमहरु गिरंदैछ । महायज्ञको प्रचारका लागी बैशाख ३१ गते काठमाडौं देखी तातोपानी सम्म मोटरसाईकल र् याली गरिदैं छ जेठ १ गते नेपालको चर्चित दुई राटिय टोलि बिच मैत्रीपूर्ण भलिबल प्रतियोगीता हुदैछ । त्यस्तै ७ गते नेपालका ख्यतिप्राप्त कलाकारहरु द्वारा लोक दोहोरी तथा हाँस्य व्यंग्यात्मक कार्यक्रम हुदैछ । उक्त कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका ख्यति प्राप्त कलाकारहरु पनि उपस्थीत हुदैछन् । महायज्ञको तयारीका लागी २१ वटा उपसमितिहरु कनाइएको छ । ती उपसमितिहरुमा कार्य विभाजन गरी कार्य सुम्पिएको छ । समारोह आसपासका प्रयेक गाविसका टोलहरुमा घरदलो कार्यक्रम साचालन हुंदैछ । जेठ १० गते पन्ध्र सय महिलाहरुले कलसयात्रा गने तयारी पुरा भईसकेकोछ ।सप्ताह अबधिभर भक्तजनहरुको लागी निशुल्क यातयातको व्यवस्था गरिएको छ । आपुनो कार्य सम्पादन गर्न सबै उपसमितिहरु सकि्रय रुपले लागीरहेका छन ।
-कति मानिस उपस्थीत होलान?
हामीले तातोपानी नाकामा व्यवसाय गर्ने व्यापारी साथीहरुलाई उपस्थीत गराउनॆछौं । त्यस नाका भन्दा बाहिरका व्यापारी साथीहरु पनि सकेसम्म धेरैको संख्यामा उपस्थीत गराउने प्रयास गछौं । साथसाथै त्यहुका धेरैभन्दा धेरै स्थनिय बासिन्दालाई उपस्थीत गराउने प्रयासमा छौं । जम्माजम्मी तीस देखी पचास हजार जना भक्तजनहरुको उपस्थीती गराउने अपेक्षा गरिएको छ ।
क्याम्पसको स्तरोन्नतिको लागी कति कोष तयार होला?
क्याम्पसको स्तरोनतीको लागी ठुलो कोष तयार पार्ने लक्ष छ । मुख्य त धर्म नै हो । सबैले साथ दिएको खण्डमा लक्ष पनि हासिलहोला भन्ने आशामा छौं । म एक्लै होईन सहयोग गर्ने धेरै साथीहरु छन क्याम्पसको व्यवस्थापन समिति लामोसांघु भ्याली समाज लगायतको ठुलो सहयोग प्राप्त भईरहेको छ । त्यसमा मैले पनि केहि गर्नु पर्छ । तीन करोभन्दा बढीको कोष संकलन हुने अपेक्षा गरिएको छ ।
तपाईं आर्थिक हैसियत भएको स्थानिय बासिन्दास्थापनाकालदेखी क्याम्पसमा आर्थिक संकट परिरहेको छतपाईले के-कस्तो सहयोग गर्नुभयो?
गतवर्ष देखी क्याम्पस साचालक समितिको सदस्यमा मनोनयन भएको छु । ब्यक्तिगत रुपमा दुई-चार लाख सहयोग गर्ने कार्य भन्दा सबैको सहयोगमा ठुलोकोष खडा गर्नकोलागी स्थानिय शिक्षाप्रेमीहरुको सरसल्लाहमा यस किसिमको कार्यक्रम ल्याईएको छ । क्याम्पसको आबश्यक्ता अनुसार यसपुर्व पनि अन्य किसिमका सहयोगहरु उपलब्ध गराउँबदै आएको छु । महायज्ञमा व्यक्तिगत रुपमा पनि केहि गर्ने सोच बनाएको छु ।
महायज्ञमा मुल समारोह समितिको अध्यक्ष नभएको भए कस्तो सहयोग गर्नुहुन्थ्यो?
म अहिले पनि क्याम्पस संचालक सामितिको सदस्य छु । म आफु बच्चादेखी त्यही पढेको हुर्केको हुँ । लामोसांघु ड्याम भनेको एउटै हो । त्यहाँको स्थानिय बासिन्दाको हैसियतले केहि गर्नु पर्ने दायित्व मलाई छ । लामोसाघुं र समग्र सिन्धुपाल्चोकको समग्र शैक्षिक विकासको लागि केहि गरुं भन्ने सोच छ ।