Air Ticketing in Nepal Contact to Merosindhu.com

राजनितिक व्यक्तित्व

सरेश नेपाल

2010-04-19 04:09:26 | मेरो सिन्धु

Saresh Nepal, Sindhupalchokसिन्धुपाल्चोक जिल्ला पाङ्ग्रेटार गाविस वडा नं. ६ मा बुबा भक्तबहादुर र आमा मानकुमारी नेपालका पहिलो सन्तानको रूपमा २०१७ माघ १ गते जन्मिएका सरेश नेपाल मध्यम वर्गीय किसान परिवारका सदस्य हुन्।

व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थका लागि लाग्नुपर्छ भन्ने उनले जनताको मुक्तिका लागि सुनकोशी जलविद्युत् केन्द्रको स्थायी जागिरसमेत छोडेर पार्टी काममा काभ्रेका डाँडापाखा, वन–पर्वत, उकाली ओराली र भन्ज्याङ–चौतारी चहारेका छन्।

स्थानीय शारदा माविमा पढ्दा ३२ सालदेखि अनेरास्ववियूमार्फत् राजनीतिमा लागेका सरेशले ३६ सालको आन्दोलनका प्रचार सामाग्री जिल्लामा पुगेपछि सक्रिय राजनीति गरेको बताउँछन्। शारदा माविबाट ३६ सालमा एसएलसी उत्तीर्ण गरेपछि विद्युत प्राधिकरणमा जागिर सुरु गरेका नेपालले काभ्रे कलेजमा पढेर स्ववियूको प्रारम्भिक कमिटी सचिव भई काम गर्दा गर्दै काठमाडौंमा जागिर सरेपछि ४० सालमा ताहाचल क्याम्पसमा अध्ययन गरी स्ववियू सभापतिमा जितेका थिए। शंकरदेव क्याम्पसमा पढ्दै गरेका नेपालले पार्टीको निर्देशनमा पञ्चायती शासकले गरेको पाशविक पिस्कर हत्याकाण्डको समाचार विभिन्न पत्रपत्रिका छपाउने काम गर्दा गर्दै  छलफल र चित्रण साप्ताहिकमा रहेर पत्रकारितासमेत गरेको छन्।

 अमृतकुमार बोहोरासँगको सम्पर्कपछि पार्टीको काम गर्न थालेका नेपाल निरङ्कुश पञ्चायती शासक विरुद्धको आन्दोलनमा विद्युत् प्राधिकरणको हेड अफिसबाटै ४० सालमा पक्राउ परेर १४ महिना जेल बसेको सुनाउँछन्। पञ्चायती शासकविरुद्ध लड्दा सेन्टर जेल ब्रेक गर्न भूमिका निर्वाह गरेको भनेर आरोप लगाई पञ्चायती शासकले अरुण नेपाल र आफूलाई जेल राखेको बताउँछन् उनी। राजबन्दी रिहाईको माग राखेर १६ दिन जेलभित्रै अनसन बसेको बताउने नेपालले सेन्टर जेल र विरगञ्जलगायतका जेलमा तीन वर्षको जेल जीवन बिताएका छन्। जेल छुटेकै दिन पक्राउ गर्ने व्यक्तिमा पर्ने सरेश नेपाल कमरेड केशव बडालको निर्देशनमा पढाइ छाडेर पार्टीको काम गर्न जिल्ला गएको सुनाउँछन्।

 जिल्ला कमिटीको सदस्य र ०४६ सालको जनआन्दोलनमा सिन्धुपाल्चोक जिल्लाको कमाण्डर भएर काम गरेका नेपाल पार्टी खुल्ला भएपछि पूर्णकालीन बनेका हुन्। जिल्ला कमिटीको सदस्य, सचिव, वाग्मती अञ्चल समन्वय कमिटीको सदस्य, भूमिसुधार आयोगको सदस्य, जिविस उपसभापति, सभापति, राष्ट्रिय भूमि अधिकार सरोकार समूहको संयोजक हुँदै ग्रामीण विकास र महिलासँग सम्बन्धित धेरै सङ्घ संस्थामा रहेर काम गरेका नेपाल आठौं महाधिवेशनपछि पार्टीको केन्द्रीय लेखा आयोगको सदस्यसमेत भएका छन्।

सरेशले तिब्बत, भारत, श्रीलङ्का, थाइल्यान्ड, फिलिपिन्स, सिङ्गापुर जस्ता देशमा विपन्न जनताका हितमा त्यहाँको ग्रामीण विकास कसरी हुन्छ भन्ने विषयमा गहिरो अध्ययन गरेका छन्। धर्मपत्नी शिक्षिका कल्याणी नेपाल, मीनभवन क्याम्पसमा स्नातक पढ्ने छोरा विश्वास र शुभश्री कलेजमा पढ्ने कान्छो छोरा विवेक नेपालसहितको पारिवारिक दायित्व बोकेका उनी श्रमजीवी जनतालाई समृद्ध बनाउन र गणतन्त्र नेपाललाई संस्थागत गर्न शान्ति स्थापना गर्दै नयाँ संविधान निर्माण गर्न सक्ने राजनीतिक नेतृत्व भएमा राष्ट्रको विकास चाँडै हुने तर्क गर्छन्। आफ्नो मेहेनत, परिवारको सहयोग, पार्टीका नेता र न्यायपूर्ण जिल्लावासीहरूको सहयोग र सद्भावले आफू यहाँसम्म आउन सकेको बताउँछन्। नियमित र पुरानो पाठकको नाताले छलफल साप्ताहिकले श्रमजीवी जनताको विचार र चेतनालाई उजिल्याउँदै लोकतन्त्र बलियो बनाउने दिशामा राष्ट्रलाई मद्दत पुर्या उन सकोस् भन्ने कामना गर्ने सरेश नेपाल जस्तोसुकै अप्ठ्यारो बेलामा समेत धैर्यका साथ निरन्तर जनताको हितमा काम गर्न सक्ने अविश्रान्त योद्धाका रूपमा देखिन्छन्।

 

प्रतिक्रियाहरु

नमस्कार ! सरेशजी खुसी लाग्यो । तपाइको मनको कुरा पढेर ।आफ्नो कर्ममा लगनसिल हुनु नै असम्भबमा सम्भाबना को खोजी गर्नु हो ! तपाइले गरेको मिहिनेत पक्कै खेर जादैन भन्ने आशा गर्दछु। जिल्लाले तपाइँको सम्मान गनर् सकोस्र त्यही नै तपाइँको विजय हो ! धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नु तपाँईको यो उल्लेखनिय प्रयाशको लागी स्हृदयदेखीको धन्यावाद छ तपाईलाई । तपाईंको यो महान प्रयासको ! लागि मेरो सलाम !

- bhimsar adhikari : Thangpaldhap-6, sindhupal Now: Grand Hyatt Hotel Dubai UAE Email:bhimsar_adhikari@yahoo.com

सरेशजी, खुसी लाग्यो । तपाइँको जीवनीसँगै जिललाको जीवनी पिन छ । जिल्लाले तपाइँको सम्मान गनर् सकोस्र त्यही नै तपाइँको विजय हो । जिल्लाले सम्मान गनर्का लागि तपाइँको सम्मान जिल्लाले पाउनु पनि आवश्यक छ ।

- चन्दप्रसाद नेउपाने : िसन्धुपाल्चाेक पुफल

Saresh jee, You still look young and handsome! One of your old friend!

- ABC : europe

mero post garidiyeko ma dhanyabadh. yesma kehi truti haru bhayeka le sachyauna ko lagi aagraha gardachhu... 1) mero jail basai 3 barsako ho, 14 mahina ko haina 2) maile 2035 saal dekhi rajnitik samparka payeko hu, 2032 saal dekhi hoina 3)central jail break garne sadyantra ko aarop ma jail saruwa gareko ho, jail break garna bhumika nirbhaha gareko hoina. 4)kavre college hoina, banepa campus ho. yeti sachyai dinu bhayema aavari hune thiye..

- saresh nepal : sindupalchok


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box