अन्तर्वार्ता

महायज्ञबाट तीन करोड उठाउने।

2010-04-13 04:40:51 | मेरो सिन्धु

जेठ १०-१७ गतेसम्म सुनकोशी बहुमुखी क्याम्पसको स्तर उन्नति, विषय विस्तार र सेतीदेवी शारदा उमाविमा प्राविधिक शिक्षाको सुरुवातका लागि महायज्ञ गरिने भएको छ। यसै विषयको सेरोफेरोमा क्याम्पस प्रमुख तथा महायज्ञ प्रचारप्रसार संयोजक रामकृष्ण पराजुलीसँग मेरोसिन्धुका लेखनाथ नेपालले गरेको कुराकानी।

आगामी जेठ १०-१७ गतेसम्म हुन लागेको सप्ताह महायज्ञको उद्देश्य के छ ?

आगामी जेठ १०-१७ गतेसम्म हुन लागेको महायज्ञको उद्देश्य सुनकोशी बहुमुखी क्याम्पसको स्तर उन्नति विषय विस्तार र सेतीदेवी शारदा उमाविमा प्राविधिक शिक्षाको सुरुवात गर्ने हो ।

महायज्ञको तयारी कति भएको छ ?

महायज्ञको लागि २५०१ सदस्यीय मूल समारोह समिति गठन गरेका छौं । १४ वटा उपसमितिहरु गठन गरेका छौं । चैत १७ गते सम्पन्न भेलाले सप्ताह स्थल छनौट गरिसकेको छ । सप्ताह स्थल निर्माणको लागि विद्यालय व्यवस्थापन समिति र युवा स्पोर्टस् क्लब लामोसाँघुलाई जिम्मा दिइएको छ । उक्त भेलाले प्रचारप्रसारलाई व्यापक बनाउने निर्णय गरेको छ । जसमा सिन्धुपाल्चोकका सबै पत्रकारहरुलाई मूल समारोह समितिमा राखिएको छ । सिन्धुपाल्चोकबाट प्रकाशित हुने सबै पत्रिकाहरुमा वैशाख सुरुदेखि सप्ताह नसकिएसम्म प्रचार गर्नेछौं । राष्ट्रियस्तरमा टेलिभिजन स्थानीय एफएम रेडियो र केबुल नेटवर्कहरुमार्फत पनि प्रचारप्रसारलाई तीब्र बनाउनेछौं । यसका साथै पर्चा पोष्टर र माइकिङमार्फत पनि प्रचारप्रसारलाई तीब्र बनाइनेछ । सिन्धुपाल्चोक क्षेत्र नं। १ का सबै मानिसलाई यो सप्ताह कार्यक्रम हाम्रो हो भन्ने अनुभूति दिलाउने प्रयासमा हामी छौं ।

अर्थ संकलन गर्न महायज्ञ गर्ने चलन फेसनको रुपमा आएको छ अरु विकल्प छोडेर किन यसैलाई रोजिएको हो ?

नेपालीहरुको स्वभाव धार्मिक छ । उनीहरु धर्मकर्ममा बढी चासो राख्दछन् । नाम र पुण्य प्रापितका लागि सामाजिक संघसंस्थालाई दान दिने प्रवृत्तिको पनि विकास भएको छ । व्यक्तिगत रुपमा संघसंस्थालाई पैसा माग्नु भन्दा सप्ताह लगाउने र त्यसैलाई माध्यम बनाउने प्रचलनको विकास भएको छ । अहिले अर्थ संकलन गर्ने उपयुक्त उपाय नै यही देखिएको छ । पं दीनबन्धु पोखरेललाई संस्थाको हितको निमित्त ल्याउन खोजिएको हो ।

सप्ताह लगाउन सेतीदेवी शारदा उमाविलाई संलग्न गराइएको छ क्याम्पस र उमावि त फरक हो नि ?

सुनकोशी बहुमुखी क्याम्पस स्थापना गर्न सेतीदेवी शारदा उमाविको व्यवस्थापन समितिले निर्णय गरेको हो । यहाँको क्याम्पस र उमावि सँगसँगै हिँडिरहेको छ । यहाँको जनशक्ति पनि बाँडफाँड भएर प्रयोग भइरहेको छ । क्याम्पस र उमावि छुट्टाछुट्टै संगठन भए पनि आसपासका मानिसले यी दुईलाई एउटै हो भन्ने बुझेका छन् । क्याम्पसको हितमा उमावि लाग्ने र उमाविको हितमा क्याम्पस लाग्ने गरेको छ । क्याम्पस र उमावि एकअर्काका परिपुरक बनेका छन् । त्यसै भएर पनि अहिले हुन लागेको सप्ताह संयुक्त रुपमा गर्न लागिएको हो ।

सप्ताहमा विशिष्ट व्यक्तिलाई आकर्षण दिलाउने के योजना छ ?

विशिष्ट व्यक्तिलाई आकर्षण गर्न चैत १७ गते सम्पन्न भेलाले सचिवालय समिति गठन गरेको छ । उक्त सचिवालय दानवीरहरुको उचित सम्मान गर्नको लागि कार्यक्रमहरुको तय गर्नेछ । उनीहरुलाई आकर्षित गर्न विद्यालय र क्याम्पसले सम्मान गर्ने कार्यक्रम राख्नेछौं ।

सप्ताहबाट अनुमानित कति रकम संकलन गर्ने उद्देश्य छ ?

यस सप्ताहबाट तीन करोड उठाउने उद्देश्य राखेका छौं । व्यापारी समाजसेवी उच्च आर्थिक हैसियत भएका सबैलाई फुटाएर त्यस उद्देश्यलाई पूरा गर्नेछौं । यस क्षेत्र आसपासका सामान्य आर्थिक हैयित भएका प्रत्येक व्यक्तिको केही लगानी होस् भन्ने अभिप्रायले सानो रकमलाई पनि प्राथमिकता दिन्छौं । आर्थिक दानमा धेरै व्यक्तिलाई सहभागी गराउने हाम्रो उद्देश्य छ ।

सप्ताहको बारेमा थप कुरा ।

हामीले विशुद्ध सामाजिक उद्देश्यले यो सप्ताहको आयोजना गरेका छौं । यसमा सबै राजनीतिक दलको समर्थन रहेको छ । सबै राजनीतिक दलसँग सकि्रयताका साथ सहकार्यको प्रयास गर्छौं । कतिपय राजनीतिक दलका साथीहरुसँग भेट हुन बाँकी छ । उनीहरुसँग पनि सहकार्य गर्न र कसैलाई पनि छायाँमा नपार्ने हाम्रो प्रयत्न हुन्छ ।

प्रतिक्रियाहरु

SAFALTA KO SUVAKAMANA.

- Bhupendra Bikram Thapa : Ramche-1, SIndhupalchok

School & collage ko sahayogartha Lamosangu ma hunalageko *SAPTAHA GYAN MAHAYAGYA*(067 jestha 10 to 17) Safal Paraun. So ko support ko lagi MOTERCYCLE Ralley (067 Baisakh 31)new Baneswor to Tatopani samma sahabhagi kolagi hardic nimantrana cha. Other program VOLLEYBALL Tournament- APF Club vs nepal Army club friendship match(067 jestha 1) SANSKRITIC Karyakram - Jetu Nepal, Gopal Fiste,Bhoklagyo Etc. Bata prastuti hune (067jestha7) Sampurna program ma sahabhagi banaun & aru lai pani sahabhagi ko lagi anurod garau. Afno village & District lai Maya garau. यस्ताे पुिनत काममा सबैकाे साथ र सहयाेगकाे आशा गद॔छाै । साथै परचार काे लािग मेराे िसन्धु काे याे कदम स्वागत याेग्य छ । *Lamosangu Valley Samaj*

- Rabindra Pradhan : Lamosangu

निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!! सुनकोसी बहुमुखी क्याम्पसको स्तर उन्नती तथा श्री सेतीदेवी सारदा उ।मा।वि। मा प्राविधिक शिक्षा सुरु गर्ने महान उदेश्यका साथ सुरु हुन लागेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुदैछ । उक्त महायज्ञको प्रचार प्रसारका लागि काठमाडंौं देखि तातोपानी सम्म मोटरसाइकल र् याली हुदैछ । उक्त र् यालीमा सहभागी भईदिनु हुन सम्पुर्ण महानुभावहरुमा हार्दिक निमन्त्रणा गर्दछौं । आयोजक ः लामोसांघु भ्याली समाज मिति ः २०६७ बैशाख ३१ गते समय ः बिहान ८ बजे स्थान ः नयां वानेश्वर वि।आई।सि।सि पश्चिम गेट

- Lekhnath Nepal : Sindhupalchok

महायज्ञ लगाएर क्याम्पसको भउतीक पुर्वाधार निर्माण र समग्र शैक्षीक उन्नयन गर्न अर्थ स‌कलन गर्ने कार्य आफैमा महान छ । दान गरी पुण्य कमाउने अवसर दातालाइ प्राप्त अवसर हो भने स‌कलन हुने रकमको सदुपयोग गर्ने चूनउती व्यवस्थापनलाइ छ ।narayanbasnet@hotmail.com

- Narayan Basnet : Dhuskun -2, Bete, Sindhupalchok

sabai mili yo progamme safal banaunae aeja dekhi nai lagau bhanne anurodh gardachau .............

- Jay shrestha : Lamosangu

Dherai khusi lagyo saptaha suru gare ko ma . Safal hos bhannay kamana garchu

- Basudev : London


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box