Air Ticketing in Nepal Contact to Merosindhu.com

चाहे म जहाँ बसे पनि!!

- जसु पुन चाहे म जहाँ बसे पनि, जता रहे पनि तिम्रो याद हरदम-हरपल मेरो साथ छ, चाहे म अहिले तिम्रो नजरमा, नरहे पनि तिम्रो हर धड्न मेरो साथ छ। {१} जिन्दगीको यो सुनौलो यात्रामा हरबखत तिम्रो माया, मेरो साथ छ, तिमीलाई भनुँ या नभनु,यो मेरो भाबनामा तिम्रो न्यानो माया मात्रै मेरो साथ छ । {२} लाग्छ जिन्दगि कस्तो यात्रा रहेछ..? कहिल्यै पनि नटुंगिने, लाग्छ माया कस्तो खानी रहेछ..? जो कहिले नरित्तिने। {३} चाहे म जहाँ बसे पनि,जता रहे पनि तिम्रो याद हरदम-हरपल मेरो साथ छ, चाहे म अहिले तिम्रो नजरमा, नरहे पनि तिम्रो हर धड्न मेरो साथ छ। जसु पुन jasu_pun@yahoo.com दाङ नेपाल हाल इजरायल बाट

बिचरा हजुर आमा बितिछन

पुरुशोत्तम सुबेदी -बेल्जियम सोलुको नाम्चेबजारमा सगरमाथाको चिसो सिरेठो संगै बिदेसी पाहुनाको सत्कार गर्दै पारिबारिक् जोहो गर्दै गरेकी बिशाल मनकी एक बिरामी सेर्पिनी आमै डक्टरको अभावमा बितिछन । मेचीको हरियाली चिया बगानमा चिया टिप्दा टिप्दै आजीवन ज्याला मजदुरिको भरमा जीवन यापन गरेकी कुनै दिन नेपाल बन्दले भोको पेटमा पटुका कसी संब्रिद्धीको सपनामा डुब्दा डुब्दै एउटी लिम्बुनी आमै अकालमै दोन्दको भुमरिमा सडकछेउमै ढलिछन ।

छापामार

- पुरुषोत्तम सुबेदी क्रान्तिको चर्का कुराले , तरकारिमा नुनै चाहिएन मलाइ । जनबादका चिप्ला मलमले ढिडो निल्न , गुन्द्धुक चाहिएन मलाइ ।। हंसिया हतौडाले सज्जित रातो झण्डा , मेरै आङको बस्त्र सम्झे । जर्ज बुशको अगाडि आफ्नै उपज , प्रचण्डपथलाई छेप्यास्त्र सम्झे ।। भाई गुमायं दाइ गुमाएँ , गुमायंँ सबै श्री सम्पत्ति पनि । छोरा-छोरी पनि बिषिर् दिएं समाते बन्दुक , गर्छु केहि परिर्बतन भनि ।। उधारो जनबादको लागि नगद ढिडो र गुन्द्धुक पनि दिएँ । मन गणन्ते क्रान्ति कथामा छारो भैरेको बलि चढायँ ।। अब त के रह्यो र म संग ? मै रिक्तिए पछि थन्किए हतियार । लोक तन्त्रको नयाँ थरले पोतिएको गणतन्त्र अगाडि आई भयो लम्पसार ।। आशा थियो पेट भरि खाने अनि एक सरो आँङभरि लगाउने । अनि हरेक बर्षआउने परम्परागत दशै तिहार लोसार इद रमादानमा रमाउने ।। खै के भनुँ अब म त लुटिय छैन मेरो कोही कतै पनि । परिर्बतन बलिदानीको घुमाउरो बाटो त रुम्जाटार पो रहीछ जाने ।। मलाई के थाहा मेरो पर्खाइमा कोही पनि आउँदैन भैरेको बलिदानी पनि आउँदैन तर पर्खि बसे मेरो भाई मेरो दाई अनि मेरो भैरे समयले मलाइ बिर्षदैन ।। प्रतिक्षा निकै गरे बषन्तको तर देखिन्छन रुखा फाँटहरु चारैतिर । कहिले होला हरियाली नयाँ बषन्तको आगमन हुन्छकि कि चाउरे मुहार रसिला आखिर ।। लौन म त बिच बाटैमा परे गणतन्त्रलाई भाइ दाइ र भैरे सापट दिय । आखिर म घर पनि पुग्न सकिन मेरो जनबाद पनि आएन लोकतन्त्र पनि आएन गणतन्त्र पनिसुनिस्चित भयन ।। मेरो भाइपनि आएन मेरो दाइपनि आएन छोरो भैरे पनि फर्केन आखिर बषन्त पनि आएन, कर्याङ कुरुङ पनि आएनन , काँक्रा फर्सि पनि रोप्न पाइएन ..

गणतन्त्र कि कुर्सीतन्त्र?

गणतन्त्र कि कुर्सी तन्त्र चिन्नलाई गार्हो भो राजकाल भन्दा पनि आजकाल सार्हो भो! नेता जति सबै ब्यस्त सबै जेशा-जेशमा सबै आज लागेका छन कुर्सी खोसा-खोसमा!! चुनाब पहिले गरिबको टाउँको गन्दै जान्थे हाम्लाई भोट दियौं भने बिकाश गर्छौँ भन्थे! तर आज सबै नेता लागे कुर्सी तिर त्यसैले त जनतालाई पर्यो सारो पिर!! अझै काटमार बन्द भैन अपहरण दिन्-दिन अझै शान्त छैन नेपाल बन्द हड्ताल छिन्-छिन! महंगिले नेटो-काट्यो पेट्रोल डिजेल छैन सरकार पनि छैन जस्तो जिम्बेवारि भैन!! मन्त्रि,सांसद सभासद ब्यस्त भेट-घाटले एकै मन्चमा बस्छन सङै बोल्छन छेड-छेडले!

स्वदेशको माया ....

हरि कृष्ण न्यौपाने स्वदेशको माया कति परदेशमा थाहा भयो आफन्तको माया कति पराइ भेट्दा याद आयो ! मन तिर्खाउदा धित मार्ने दौंतरी नि भेटिएन थकाई लाग्दा तन बिसौने चौतारी नि देखिएन !! झिलिमिली शहर पनि बनमाराको पाखा जस्तो

मेरो प्यारो सिन्धु

जुगल हिमालको काँखमा झलमलाई रहेको सुनकोशी,भोटेकोशी र ईन्द्रवती सङै सलबलाई रहेको ! उच्च हिमाली अनि पहाडी क्षेत्रमा बिस्तारित भएको हरियाँ फाँट,बनजंगल र डाँडाकाडाँले सजिएको !! "मेरो प्यारो सिन्धु" राजधानिबाट नजिकै तर बिकासले नभेटेको

कविता तिम्रो प्रतिक्षामा

अधेरी रातमा जुन हेर्ने इच्छा मनभरी बोकेर मैले निस्पट अध्यारो रातमा एक्लो शरिर बाहिर हुत्याय त्यो पल श्रीप केहि मौनता पर्खाइको घडा देँखे केवल डर त्रास र बियोग देँखे

गजल

- केदार न्यौपाने, नेपाल कमर्श क्याम्पस, मीनभवन ज्योतिषीले भने पनि हुने कुरा टर्दैन रे भन्थ्यौ अरे त्यो लफूङ्गो मलाई मन पर्दैन रे आज आकाश जताततै अन्धकारले ढाकी राछ विना बादल कहिले पनि असीना त पर्दैन रे । आँखा तिम्रो सुन्निएछ रातैभरी रोइरहन्छ्यौ कि? विना पीरताप कसैको नि व्यर्थै आँशु झर्दैन रे आँखातरी टाढाटाढा तर्किएर जान्छौ किन? मन पराउने मान्छेलाई कोहिले आँखा तरदैन रे । जति हात लम्क्याएनि तर्सीएर जान्छौ किन र? लछार पछार गरेपनि चोखो माया मर्दैन रे मेरो मनको स्पर्शले काउकुति लाग्यो कि त दुर्से गाई झैं कोही पनि बुर्लुक बुर्लुक गर्दैन रे ।

कविता

- श्याम घिमिरे चाइयो भने मुटु नै लेऊ तिम्रो खुशी मेरो लागि बाँच्ने बाटो बनिरहोस् तिम्रो हाँसो भावनाले सधै सधै साटिरहोस् तिमी सधै हाँसी रहु, आँशु जति म नै साँच्छु नजरमा सधै रहु, तिमीलाइ नै हेरी बाँच्छु पराइ त भयौ तर, भेट हुँदा मुस्काइ देउ अझै पनि तिम्रो हुँ म, चाइयो भने मुटु नै लेउ